बलियो प्रतिद्धन्दी कतारलाई हराउँदै नेपाल आइसीसी महिला टि(२० को सेमिफाइनलमा प्रवेश गरेको छ ।
मलेसियाको बांगीमा आज सम्पन्न आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । यो जित नेपालको लगातार चौथो जित हो ।
यस अघि सम्पन्न प्रतियोगितामा नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरिसकेको छ । यो जितसंगै नेपालले समूह ए बाट एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
जितको लागि ७५ रनको सामान्य विजयी लक्ष्य पछाएको नेपालले १० दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्दै जित हात पारेको थियो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिएकि थिईन् । २८ बलमा ४ चौकासहित उनले ३२ रन योगदान दिएकि हुन् । त्यस्तै इन्दु बर्मा १२ बलमा ३ चौकासहित २० रनमा अविजित रहिन् भने स...