एमाले कोशी अधिवेशन आजदेखि, को-को छन् अध्यक्षका दाबेदार
नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन शुक्रबार (आज) विराटनगरमा सुरु हुँदैछ।
संघीयता कार्यान्वयनमा आएपछि पहिलोपटक अधिवेशनमा जुटेको एमालेले यो अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ।
हालसम्म पार्टी केन्द्रले तोकेको नेतृत्वले प्रदेश पार्टी सञ्चालन गरिरहेको एमालेमा अधिवेशनले उत्साह सञ्चार गरेको कार्यकर्ताहरु बताउँछन।
कोशी प्रदेशमा ९५ हजार १ सय ३९ जना पार्टी सदस्य रहेको एमालेमा अधिवेशनका लागि १३७ स्थानीय तह, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ।
हालसम्म ९९७ जना प्रतिनिधि चयन भइसकेका छन्। अब त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन बाँकी रहे पनि विवादका कारण चयन हुन सकेको छैन।
स्रोतका अनुसार अधिवेशनबाट अध्यक्षको पुनः दाबी गरिरहेका हालका अध्यक्ष तुलसी न्यौपाने पक्ष प्रतिनिधि मनोनयन गर...









