समाचार Archives - Page 33 of 77 - साझाकुरा
सोमवार, माघ ६, २०८२

समाचार

बिश्व आदिबासी दिवसका अवसरमा लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाकाद्वारा बिचार गोष्ठीको आयोजना
राजनीति, समाचार

बिश्व आदिबासी दिवसका अवसरमा लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाकाद्वारा बिचार गोष्ठीको आयोजना

श्रावण २५ ३० औं बिश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाले आदिबासी जनजातिको हक अधिकारका सवालमा बिचार गोष्ठीको आयोजना गरेको छ । राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजबाद, आदिबासी जनजाती एकता भन्ने मुल नाराका साथ दीवस मनाईएको हो । लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाका सभापति बरुण गुरुङ्गको सभापतित्वमा खाँदबारीमा भएको कार्यक्रमको प्रमुख अतिथीका रुपमा नेपाली काँग्रेसका कार्यबाहक सभापति अनन्त कुमार गौली नेपाली काँग्रेसका नेता बिभिन्न भात्री तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग बस्नेतले आदिबासी जनजातिहरुको हक अधिकारका सवालमा स्थानीय सरकारहरु प्रतिवद्ध रहनुपर्ने बताउनुभएको थियो । स्थानीय आदिबासी जनजातिको भाषा संस्कार संस्कृति र पुस्तान्तरणको सवालमा स्था...
भलिबल खेल राष्ट्रिय, खेलाडीको तलब ५ हजार
खेलकुद, समाचार

भलिबल खेल राष्ट्रिय, खेलाडीको तलब ५ हजार

श्रावण २५ भलिबल नेपालको राष्ट्रिय खेल हो, जितेको बेला वाहवाही गर्ने, अरु बेला पुरै बेवास्ता गर्ने राज्यको प्रवृत्तिबाट भने भलिबल निकै पीडित छ । भलिबललाई राष्ट्रिय खेल घोषणा (२०७४ जेठ) गरेको ७ वर्ष भइसक्दा समेत एउटा राम्रो कभर्डहल छैन । गत भदौबाट बल्ल भलिबल खेलाडीले मासिक तलब ५ हजार रुपैयाँ पाउन थालेका छन् । त्यो पनि सरकारले दिएको होइन, भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दका अनुसार अमेरिकामा बस्दै आएका पूर्व भलिबल खेलाडीहरुले चन्दा उठाएर पठाएको रकमबाट खेलाडीहरुलाई तलब दिन थालिएको हो ।...
आज नागपञ्चमी पर्व मनाइँदै
समाचार, समाज

आज नागपञ्चमी पर्व मनाइँदै

श्रावण २५ हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । काठमाण्डौका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस...
विद्युत् प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई नहटाउन सर्वाेच्चकाे अन्तरिम आदेश
राजनीति, समाचार

विद्युत् प्राधिकरणका सञ्चालक आचार्य र पुनलाई नहटाउन सर्वाेच्चकाे अन्तरिम आदेश

  साउन २४ सर्वोच्चले अदालतले विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाउने निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले आचार्य र पुनलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो । सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुई जना सञ्चालकलाई पदमुक्त गर्नुभएको थियो । पदबाट हटाइएपछि उहाँहरू सर्वोच्च पुग्नुभएको थियो । सरकारले गएको आइतवार आचार्य र पुनलाई हटाएर उहाँहरूको ठाउँमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको थियो । आचार्य र पुनले उद्योगमा लाइन जोड्ने विषयमा असहमति जनाउँदै आउनुभएको थियो । श्राेत:उज्यालाे अनलाईन...
नेपाल महिलासघं सङ्खुवासभाद्वारा स्थापना दीवसका अवसरमा बाल कल्याण गृहलाई सहयोग
समाचार, समाज

नेपाल महिलासघं सङ्खुवासभाद्वारा स्थापना दीवसका अवसरमा बाल कल्याण गृहलाई सहयोग

श्रावण २४ नेपाल महिला संघ  संखुवासभाले आफ्नो ७७ औं स्थापना दीवसका अवसरमा माट्स नेपालद्वारा सञ्चालित बाल कल्याण गृहलाई खाद्य सामग्री उपलब्ध गराएको छ । नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग बस्नेत सहितको महिला संघमा आवद्ध टोलीले बालबालिकाको क्षेत्रमा कृयाशिल माट्स नेपाललाई सहयाग गरेकोमा माट्स नेपालका अध्यक्ष नवीन दाहालले धन्यबाद प्रकट गरेका थिए । माट्स नेपालले सहारा बिहिन् बालबालीकाको शिक्षा र भरणपोषणका लागि लामो समयदेखि योगदान पुर्याउँदै आएको छ ।...
काठमाण्डौ महानगरद्वारा काभा महिला भलिबल खेलाडीलाई  जनहि एक लाख सहित सम्मान
खेलकुद, समाचार

काठमाण्डौ महानगरद्वारा काभा महिला भलिबल खेलाडीलाई जनहि एक लाख सहित सम्मान

श्रावण २४ काभा महिला भलिबल लिगको उपविजेता नेपाली टोलीका खेलाडीलाई काठमाण्डौ महानगरपालिकाले जनहि एक लाख सहित सम्मान गरेको छ । आज महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो । महानगरपालिकाले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन स्वरुप नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरेको हो । काभा महिला भलिवलमा नेपाली महिला खेलाडीले उच्च खेल कौसल प्रदर्शन गरेको र आगामी दिनमा खेल क्षेत्रको बिकासका लागि महानगरले खेलकुद क्षेत्रमा थप योजना अघि सार्ने महानगरका प्रमुख बालेन साहले बताए । महिला टोलिको खेल कौसल अत्यन्तै रोचक रहेको भन्दै महानगरका उपप्रमुख सुनीता डंगोलले पनि खेलाडीहरुको खेल कौसलको उच्च प्रशंसा गरेकी थिईन...
हेलिकप्टर दुर्घटना : क्याप्टेन अरुण मल्लसहित पाँच जनाको मृत्यु
समाचार

हेलिकप्टर दुर्घटना : क्याप्टेन अरुण मल्लसहित पाँच जनाको मृत्यु

श्रावण २३ एअर डाइनेष्टिको हेलिकप्टर बुधबार दिउँसो नुवाकोटको सूर्यचौरमा दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको नाइन एन एजेडी हेलिकप्टर दिउँसो नुवाकोटको सूर्यचौरमा खसेको हो । काठमाडौंबाट उडेको ३ मिनेटमै हेलिकप्टर खसेको थियो । हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन अरुण मल्लसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य मृतकहरुका चिनियाँ पर्यटकहरु तीन पुरुष र एक महिला रहेका छन् । दुर्घटनालगत्तै नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको छ भने नुवाकोटतर्फबाट पनि प्रहरी टोली घटनास्थल आईपुगेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष वीरबहादुर तामाङले शव बटुल्ने काम भईरहेको जानकारी दिनुभएको छ । ईमेज खबर ...
हसिना र उनकी बहिनीलाई पक्राउ गरी सुपुर्दगी गर्न भारतलाई बङ्गलादेशको आग्रह
अन्तर्राष्ट्रिय, समाचार

हसिना र उनकी बहिनीलाई पक्राउ गरी सुपुर्दगी गर्न भारतलाई बङ्गलादेशको आग्रह

श्रावण २३ बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले भारतलाई शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशसँग सुपुर्दगी गर्न आग्रह गरेका छन्। एससिबिए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोश जनतामाथि दमन गरी सयौँको मृत्युका लागि उनीहरू जिम्मेवार रहेको र दुबैजनालाई बङ्गलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए। बङ्लादेश नेशनलिस्ट पार्टी बिएनपी का संयुक्त महासचिवसमेत रहेका खोकनले बङ्गलादेशमा सङ्कटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गरे। साथै आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीहरूको रिहाइको माग पनि गरे। बङ्गलादेशमा आरक्षण कोटा प्रणालीको विरोध गर्दैै विद्यार्थीहरूको नेतृत्वमा सुरु...
बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा मोहम्मद युनुस नियुक्त
अन्तर्राष्ट्रिय, समाचार

बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा मोहम्मद युनुस नियुक्त

श्रावण २३ तस्बिरः एजेन्सी बंगलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुस नियुक्त भएका छन् । राष्ट्रपतिका सञ्चार सचिवले नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसलाई बङ्गलादेशको अन्तरिम सरकार प्रमुख बनाएको जनाएका हुन् । त्यहाँको राष्ट्रपति, सेना र विद्यार्थीबीचको संयुक्त बैठकपछि यो निर्णय गरिएको जनाईएको छ। मोहम्मद युनुसले यो कठिन समयमा आफूलाई नेतृत्व गर्न विद्यार्थीले गरेको आग्रहलाई ईन्कार गर्न नसकेको भन्दै हिजो नेतृत्वमा आउन सहमति जनाइ सकेका थिए । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना देस छाडेर भागेपछि त्यहाँका सेना प्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार गठनको घोषणा गरेका थिए । बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुस अहिले उपचारका क्रममा फ्रान्स पुग्नुभएको छ । सरकार प्रमुखमा नियुक्त भएपछि अहिले उनि स्वदेश फर्किने तयारीमा रहेको अन्तरा...
इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग खेल्ने
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश, उपाधिका लागि भारतसँग खेल्ने

श्रावण २२ इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दाेस्राे सेमिफाइनलमा नेपालले इरानलाई ३–० काे साेझाे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२१, दाेस्राे सेट २८–२६ र तेस्राे सेट २५–२० ले जित्याे । याेसँगै नेपालले लिग चरणमा इरानसँगकाे हारकाे बदला लिएकाे छ । लिग चरणमा नेपाल इरानसँग ३–२ काे सेटमा पराजित भएकाे थियाे । अब नेपालले उपाधिका लागि भाेलि भारतसँग खेल्नेछ । आज भएकाे पहिलाे सेमिफाइनलमा श्रीलङ्कालाई ३–० काे साेझाे सेटमा हराउँदै भारत फाइनलमा पुगेकाे थियाे । ...