समाचार Archives - Page 52 of 77 - साझाकुरा
आइतवार, माघ ५, २०८२

समाचार

प्रसूति गृहबाट शिशु चोरी गर्ने महिला पक्राउ
अपराध, समाचार

प्रसूति गृहबाट शिशु चोरी गर्ने महिला पक्राउ

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरीमा संलग्न महिलालाई प्रहरीले आज पक्राउ गरेकाे छ । विवाह गरेको तीन वर्ष भएपनि सन्तान नभएपछि ती महिलाबाट शिशु चोरी भएकाे पाइएको प्रारम्भीक अनुशन्धानबाट देखिएकाे प्रहरीकाे भनाई छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट शिशुलाई उद्दार गरेको छ भने बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई नियन्त्रणमा लिएको जनाएकाे छ । शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर मनकुमारी सम्पर्कविहीन भएकी थिइन् । लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले उनलाई काँडाघारीमा फेला पारेको हो । नेपाली सेनामा कार्यरत् उनका श्रीमान्लाई पनि अनुशन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।...
खाँदबारीमा विश्व मातृभाषा दिवश मनाइयो
समाचार

खाँदबारीमा विश्व मातृभाषा दिवश मनाइयो

खाँदबारीमा पहिलाे पटक विश्व मातृभाषा दिवश मनाईएकाे छ । जिल्लाको सदरमुकाम खाँदबारी स्थित हिमालय माध्यमिक विद्यालयको सेमिनार हलमा विश्व मातृभाषा दिवश विशेष कार्यक्रमको आयोजना गरि मनाइएको ह । दक्षिण एशियाली साहित्यिक सांस्कृतिक संगठन (एफ्साकल) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम संगठनका अध्यक्ष ताराबहादुर बुढाथोकीले संचालन गरेका थिए । हिमालय माध्यमिक विद्यालयका अध्यक्ष शेरबहादुर पराजुलीको अध्यक्षता तथा शिक्षक अभिभावक संघ अध्यक्ष तथा संस्कृतिकर्मी सुनिता गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली मातृभाषीको तर्फबाट अध्यक्ष बुढाथोकीले कविता बाचन गरेर कार्यक्रम उदघाटन भएको घोषणा गरे । कवि कृष्णबहादुर चापागाई र कवि सुलोचना शर्माले नेपालीमा कविता बाचन गरेका थिए । तामाङ भाषामा डिकमाया तामाङ, कुलुङ भाषाको कविता संगम कुलुङ, लोहोरुङ भाषाको कविता...
अख्तियारद्धारा चंखेलीका तत्कालीन अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
समाचार

अख्तियारद्धारा चंखेलीका तत्कालीन अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत, इन्जिनियर, वडाध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सो गाउँपालिकाको वडा नं.३ स्थित मिमी वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको पाइएपछि आयोगले आज उनिहरु बिरुद्ध मुद्दा दायर गरेको बताएको हो। आयोगले तत्कालीन निमित्त प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढा, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी, कोषाध्यक्ष डिल्ली बुढाविरुद्ध ११ लाख ९४ हजार चार सय २६ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको जनाईएको छ । यस्तै आयोगले वडा नं ३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले बताए । ...
प्रधानमन्त्री र मन्त्रीहरुलाई राजीनामा दिएर घरमै बस्न साँसद ज्ञानेन्द्र शाहीको सुझाव
समाचार

प्रधानमन्त्री र मन्त्रीहरुलाई राजीनामा दिएर घरमै बस्न साँसद ज्ञानेन्द्र शाहीको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक साँसद ज्ञानबहादुर शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिनु नहुने बताएका छन् । आज बिहिबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा आफ्नो भनाई राख्दै उनले ललिता निवास सरकारी जग्गालाई मन्त्रिपरिषद्को निर्णयमा नै निजि बनाइएको बताउँदै अपराधीलाई कुनै हालतमा छाड्न नहुने बताएका हुन् । प्रमुख सचेतक शाहीले सरकारी जग्गा ब्यक्तिलाई दिलाउन निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिने उदेश्यले ब्ल्याकमेलिङका लागि व्यापारीलाई पक्राउ गरिएको उनको आरोप थियो । यस्तो निर्णय कानुनी राज्यमा हुन नसक्ने बताउँदै सचेतक शाहीले प्रधानमन्त्रीले फागुन ६ गते संसदमा बोल्ने क्रममा बालकुमारी घटनालाई हत्याको घटना भनेर बोलेको भन्दै हत्या भएको भए गृहमन्त्री ...
प्रतिपक्षका कुरा नसुनिए संसद र सडक अवरुद्ध गर्ने रास्वपाको चेतावनी
राजनीति, समाचार

प्रतिपक्षका कुरा नसुनिए संसद र सडक अवरुद्ध गर्ने रास्वपाको चेतावनी

प्रतिपक्षका कुरा नसुनिए संसद र सडक अवरुद्ध गर्ने राष्ट्रिय स्वतन्त्र पार्टिले सरकारलाई चेतावनी दिएको छ । आज बिहिबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकार संसदप्रति अलिकति पनि जवाफदेहि नदेखिएको भन्दै प्रतिपक्षको कुरा नसुनिए सडक र सदन अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । उनले बालकुमारी घटनाको आवश्यक अनुशन्धान अघि बढाई कारबाही थाल्न सरकारलाई आग्रह गरेका थिए । सदनमा जोडदार माग राख्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीलाई प्रतिवेदनको अध्ययन कहाँ पुग्यो भनेर प्रश्न गरेका थिए । तर उनको प्रश्नका बारेमा कुनै सुनुवाई नभएको गुनासो राख्दै यसरी प्रतिपक्षको कुरालाई वेवास्था गरिए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने ‘प्रधानमन्त्रीले प्रतिवेदन पढ्नुहुन्छ र केही कारवाही गर्नुहुन्छ भन्ने अपेक्षा गरेको तर अहिलेसम्म केही ...
दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा मृत भेटिए
अपराध, समाचार, समाज

दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा मृत भेटिए

राजधानीको सितापाइला घटनामा थप एक जनाको शव फेला परेको छ । श्रीमती र दुई छोरी कोठामै मृत फेला परेकामा श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।  उनका अनुसार सीतापाइला (नागार्जुन) जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक रहेका छन् । उनी ईश्वरीको श्रीमान् भएको खुलेको छ ।  उनले श्रीमती  ईश्वरी श्रेष्ठ दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेकाे समचार राताेपाटीमा प्रकाशित छ ।...
ललिता निवासकाे सरकारी जग्गाबाट हट्न काठमाण्डौ महानगरको सात दिने अल्टिमेटम
समाचार

ललिता निवासकाे सरकारी जग्गाबाट हट्न काठमाण्डौ महानगरको सात दिने अल्टिमेटम

काठमाण्डौ महानगरपालिकाले बालुवाटारमा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट हट्न सात दिने अल्टिमेटम सार्वजनिक गरेकाे छ । महानगरले ुुचना जारि गर्दै आफैँ हट्न व्यक्ति, कम्पनी र सङ्घसंस्थाहरुलाई आग्रह गरेको छ । बुधबार एक सार्वजनिक सूचना सार्वजनिक गर्दै महानगरपालिकाले ७ दिनको अवधि दिएर सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सहयोगका लागि आग्रह गरिएकाे जनाएकाे हो । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको फैसला गर्दै विशेष अदालतले काठमाण्डाै महानगरपालिका क्षेत्रभित्रका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व महानगरपालिकालाई तोकेको थियो । महानगरपालिकाले तोकेको समयभित्र नहटेमा प्रचलित कानुन बमोजिम हटाइ सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने जनाएको उल्लेख गरेकाे छ ।  ...
मिटरव्याज पीडितहरू काठमाडौं पुगे
समाचार

मिटरव्याज पीडितहरू काठमाडौं पुगे

देशभरका मिटरव्याजी पीडितहरू आजबाट काठमाडौंमा भेलाहुन थालेका छन् । मिटरब्याजीबाट प्रताडित पिडितहरुले न्याय मार्च नाम पूर्वपश्चिम पैदल यात्रा गरी काठमाडौं प्रवेश गरेका जनाईएको छ। पिडितहरुले पटक पटक सरकारले आफुहरुलाई अल्मल्याएको भन्दै भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौं प्रवेश गरेको बताएका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको अवसर जुराएर झापा र कञ्चनपुरबाट एकै एकै समयमा पैदलयात्राको प्रारम्भ गरेका थिए । १७ दिनको पैदल यात्रा गर्दै उनिहरु फागुन ३ गते चितवनको नारायणगढमा एकिकृत भएका थिए । मधेशका २० जिल्ला र अरु ८ जिल्लाका मिटरब्याज पीडितहरु अहिले न्याय मार्चमा सहभागि छन् । पिडितहरुले फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत मागहरु राखेका छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहर...
कोरियन भाषा परीक्षा आजदेखि, धेरैको आवेदन परेकाले पाँच सिफ्टमा परीक्षा हुँदै
समाचार

कोरियन भाषा परीक्षा आजदेखि, धेरैको आवेदन परेकाले पाँच सिफ्टमा परीक्षा हुँदै

रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा आजदेखि शुरुभएकाे छ । परीक्षामा आवेदन दिनेको सङ्ख्या धेरै परेकाले पाँच सिफ्टमा परीक्षा सञ्चालन हुने बताईएकाे छ । दक्षिण कोरिया (उत्पादन) का लागि सन् २०२४ मा  ईपीएस शाखा र कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेकोमा अनुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ । ईपीएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा १ लाख ६४ हजार बढीकाे आवेदन परेकाे उल्लेख छ । ...
प्रजातन्त्र दिवसमा पत्रकारलाई टुँडिखेलमा निषेध, गरे ‘क्यामेरा डाउन’
समाचार

प्रजातन्त्र दिवसमा पत्रकारलाई टुँडिखेलमा निषेध, गरे ‘क्यामेरा डाउन’

प्रजातन्त्र दिवसको रिपोर्टिङ गर्न टुँडिखेल पुगेका पत्रकारहरूलाई प्रवेशमा निषेध गरिएको छ ।  फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पुगेका पत्रकारहरूलाई प्रहरीले प्रवेश नदिएको हो ।  गृह मन्त्रालयले आयोजना गरेको  दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रवेश नदिएपछि पत्रकारहरूले 'क्यामेरा डाउन' गरेका छन् । पत्रकारहरूले विरोध गर्दै क्यामेरा डाउन गरेका हुन् । श्राेत: हाम्राकुरा डट कम...