समाचार Archives - Page 57 of 77 - साझाकुरा
आइतवार, माघ ५, २०८२

समाचार

पेट्रोलियम पदार्थको मुल्य घट्यो
अर्थ/व्यापार, समाचार

पेट्रोलियम पदार्थको मुल्य घट्यो

नेपाल आयल निगमले सोमबार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट सोमबार मूल्य घटेर आएपछि निगमले नेपाली बजारमा पनि मूल्य घटाएको आयल निगमले बिज्ञप्ती मार्फत जनाएको हो । जस अनुशार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३।५० र डिजेलको मूल्य १५३।५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम गरिएको जनाईएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको उल्लेख गरिएको छ । ...
कार्यक्रमस्थलको भिडमा च्यापिएर सोह्र घाईते
समाचार

कार्यक्रमस्थलको भिडमा च्यापिएर सोह्र घाईते

माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको कार्यक्रम हेर्न आएकाहरुको भिडमा च्यापिएर १६ जना घाईते भएका छन् । काठमाडौंको टुँडिखेलमा हिजो आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न आएका को भिडमा च्यापिएर १६ जना घाईते भएको र अहिले उनिहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए । उनका अनुशार भब्य साँस्कृतिक कार्यक्रम भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा जाम बढेकाले भिडमा चेपिएर उनिहरु घाईते भएका थिए । ...
न्यायाधीशकि पत्नीले गरिन् सर्वोच्च परिसरमा आत्मदाहकाे प्रयास
समाचार, समाज

न्यायाधीशकि पत्नीले गरिन् सर्वोच्च परिसरमा आत्मदाहकाे प्रयास

वैवाहिक बलत्कारको आराेप लगाउँदै न्यायाधीश भुवन गिरीकी श्रीमतीले आफुमाथी पेट्राेल खन्याएर सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन्। महिलाले आफ्ना श्रीमान गिरीलाई थुनामा राख्न माग राख्दै मुद्दा दर्ता गरेकि थिईन्। श्रीमान भुवन गिरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरि थुनामा राखेकाेमा अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा थुनामुक्त गरेपछि श्रीमती गिरीले बिराेध जनाउँदै आएकी थिईन् । आत्मदाह पछि घाईते उनकाे अहिले वीर अस्पतालमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ । संङ्केतिक तसबीर ...
राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने
समाचार

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

आगामी माघ ११ गते हुनगैरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने हद तोकेको छ । निर्वाचन आयोगले आइतबार एक बिज्ञप्ती जारी गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन ऐन,२०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली २०७६को नियम ४६ (१०) सँग सम्बन्धित अनुसूची १ ले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने प्रावधान गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । उनले उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधान,सवारी साधानको इन्धन,प्रचारप्रसार सामग्री, ढुवानी,गोष्ठी,अन्तरक्रिया,प्रचार प्रसार,कार्यालय सञ्चालन,प्रतिनिधि परिचालन र विविध शीर्षकमा खर्च गर्न सकिने आयोगले ब्यवस्था गरेको जनाए। उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी...
तीनपोखरी फुटबल कप : इटहरी, भंसाबारी र एपिएफ सेमिफाइनलमा
खेलकुद, समाचार

तीनपोखरी फुटबल कप : इटहरी, भंसाबारी र एपिएफ सेमिफाइनलमा

नवीन गुरुङ संखुवासभामा जारी प्रथम तीनपोखरी फुटबल कप प्रतियोगितामा इटहरी, भंसाबारी र एपिएफ गरी तीन टिम सेमिफाइनल प्रवेश गरेका छन्। शनिबार तीनवटा खेल भएका थिए। जसमा पहिलो खेल मकालु फ्रेन्ड्स र भंसाबारी मोरङबीच प्रतिस्पर्धा भएको थियो। दुवै टिमले निर्धारित समयमा बराबर खेले पनि टाइब्रेकरमा ३–१ गोल अन्तरले भंसाबारी मोरङ सेमिफाइनल प्रवेश गरेको हो। दोस्रो खेल खाँदबारी युथ क्लब र इटहरी फुटबल क्लबबीच भएको थियो। इटहरी क्लबले १–० गोलले विजयी हुँदै सेमिफाइनल पुगेको हो। त्यसैगरी, आजै एपिएफ पकली कोशी प्रदेश र तुम्लिङटार फुटबल क्लबबीच तेस्रो खेल भएको थियो। दुवै टिमले निर्धारित समयमा १–१ गोलको बराबर खेलेपछि खेल टाइब्रेकरमा गयो। टाइब्रेकरमा १०–९ गोल अन्तरले एपिएफ पकली कोशी प्रदेश सेमिफाइनल प्रवेश गरेको हो। आइतबार शीतलपाटी एफसी र इटहरी क्लबबीच तथा भंसाबारी र एपिएफ पकली कोशी प्रदेशबीच प्रतिस्पर्ध...
दाङ,चन्द्रागिरि र बाग्लुङमा भएकाे दुर्घटनामा परि १९ जनाको मृत्यु
समाचार

दाङ,चन्द्रागिरि र बाग्लुङमा भएकाे दुर्घटनामा परि १९ जनाको मृत्यु

काठमाण्डौको चन्द्रागिरि नगरपालिका–४ मा निजि कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकाे छ । दुर्घटनामा एक जना घाइते भएका छन् । काठमाण्डौबाट चित्लाङतर्फ जाँदैगरेकाे प्रदेश तीन ०१, २३ च ६९५८ नम्बरको कार सडकबाट करिब छ सय मिटर मुनि खस्दा पाँच जनाको मृत्यु भएकाे जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए । दुर्घटनामा काठमाण्डौको मैतिदेवी बस्ने वर्ष ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, लाजिम्पाट बस्दै आएका डाक्टर महेशकुमार गौतम, ६ वर्षीया स्मारिका गौतम र ४ वर्षका प्रियान्स गौतमको मृत्यु भएकाे प्रहरीकाे भनाई छ । कार दुुर्घटनामा परि ज्यान गुमाएकी ६ वर्षीया स्मारिका गौतमकी आमा डा सृष्टि तिवारी सामान्य घाइते हुनुभएको प्रहरीले जानकारी दिएकाे छ । यसैबिच ढोरपाटन बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान बुर्त...
दाङमा बस पल्टिँदा ज्यान गुमाएका १२ जनामध्ये ८ जनाको परिचय खुल्यो
समाचार

दाङमा बस पल्टिँदा ज्यान गुमाएका १२ जनामध्ये ८ जनाको परिचय खुल्यो

दाङको भालुवाङमा बस पल्टिँदा ज्यान गुमाएका १२ जनामध्ये ८ जनाको परिचय खुलेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार परिचय खुल्नेहरुमा मकवानपुर हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाण्डौको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेका छन् । अरु चार जनाको अहिलेसम्म परिचय खुलेको छैन । शवलाई लमहीको लमही अस्पतालमा राखिएको छ । नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रि बस गएराति भालुवाङको राप्ती पुलबाट खसेको थियो । बस पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको बाँकेको कोहलपुरमा रहेको शिक्षण अस्...
हिलेमा सडकपेटी ढाक्नेगरि राखिएका सामान धनकुटा नगरपालिकाद्वारा जफत
समाचार

हिलेमा सडकपेटी ढाक्नेगरि राखिएका सामान धनकुटा नगरपालिकाद्वारा जफत

धनकुटाको हिले बजारमा सडकपेटी ढाकेर राखिएका सामग्रीहरु धनकुटा नगरपालिकाले जफत गरेको छ । सडक पेटि ढाक्नेगरि राखिएका सामग्रीले आवत जावतमा समस्या गर्ने र कुनैपनि समयमा दुर्घटना निम्त्याउने भएकाले नगरप्रहरी परिचालन गरि त्यस्ता सामग्रीहरु जफत गरिएको नगरपालिकाले जनाएको छ । तोङ्बा चोकदेखि सिरान बजारसम्मको क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री लत्ता कपडा, सागसब्जी लगायतका तरकारी, सडक पेटिमा राखिएका पानी ट्याङ्की, म्याट, डसना, होडिङ बोर्ड लगायत सामग्रीहरु जफत गरिएको नगर प्रहरी प्रमुख रभी खत्रीले बताए । सडकपेटी मिचेर राखिएका सामान हटाउन पटक पटक सार्वजनिक सुचना जारी गर्दासमेत अटेर गरिएपछि बजार व्यवस्थापन समिति र वडा कार्यालयले उक्त सामग्रीहरु नियन्त्रणमा लिन पहल थालिएको धनकुटा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले जानकारी दिए । व्यवस्थित बनाउनु सबैको दायित्व भएको नगरप्रमुख तामाङ्गको भ...
नेपालगञ्जबाट काठमाण्डौ जाँदैगरेको बस  दाङमा दुर्घटना हुँदा १२ को मृत्यु, २३ घाईते
समाचार

नेपालगञ्जबाट काठमाण्डौ जाँदैगरेको बस दाङमा दुर्घटना हुँदा १२ को मृत्यु, २३ घाईते

नेपालगञ्जबाट काठमाण्डौ जाँदैगरेको रात्रिबस दाङको भालुवाङ्गमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने २३ बढि घाईते भएका छन् । भे १ ख ३९१२ नम्बरको रात्रिबस गएराति राप्ती पुलबाट खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङ्गले जनाएको छ । दुर्घटनामा परि अन्य २३ यात्रु घाइते भएका छन् । ज्यान गुमाउनेहरुको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताए मृतकको शव लमहीको अस्पतालमा राखिएको छ भने २३ जना घाइतेकमो बुटवल र नेपालगञ्जका अस्पतालहरुमा उपचार भैरहेको प्रहरीको भनाई छ । ...
कास्किकाे लुम्लेमा अर्बुदकाे ३३ औ केन्द्रीय सभा
समाचार, स्वास्थ्य

कास्किकाे लुम्लेमा अर्बुदकाे ३३ औ केन्द्रीय सभा

नेपाल अर्बुद राेग निवारण संस्थाकाे ३३ औ केन्द्रीय सभा कास्किकाे लुम्लेमा शनिवारबाट शुरु हुने भएकाे छ । केन्द्रीय सभा दुई दिन सम्म चल्नेछ । भाेलि हुने केन्द्रीय सभाकाे समुद्घाटन गण्डकी प्रदेस स्वास्थ्य मन्त्रि शुसिला सिंम्खडाबाट हुने नेपाल अर्बुद राेग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । केन्द्रीय महासचिब दीपेन्द्र बान्तवाले लुम्लेमा हुने केन्द्रीय सभा सम्पन्न गर्नका लागि ४४ जिल्लाबाट प्रतिनिधिहरु आउनेक्रम जारि रहेकाे जानकारि दिए । उनले भाेलिकाे केन्द्रीय सभामा संस्थाले गर्दै आएकाे गतिबिधी, बार्षिक आर्थिक प्रतिवेदन, भावि रणनिति र संस्थागत प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेकाे बताए । नेपाल अर्बुद राेग निवारण संस्थाले सुर्तिजन्य पदार्थकाे बिकृ बितरणमा राेक लगाई यसबाट उत्पन्न क्यान्सरजन्य जटिल राेग न्युनिकरणका लागि विभिन्न प्रवर्धनात्मक र परामर्शका कार्यक्र...