बिश्व आदिबासी दिवसका अवसरमा लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाकाद्वारा बिचार गोष्ठीको आयोजना
श्रावण २५
३० औं बिश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाले आदिबासी जनजातिको हक अधिकारका सवालमा बिचार गोष्ठीको आयोजना गरेको छ । राष्ट्रियता, समावेशी लोकतन्त्र, समाजबाद, आदिबासी जनजाती एकता भन्ने मुल नाराका साथ दीवस मनाईएको हो ।
लोकतन्त्रबादी आदिबासी जनजाति महासंघ संखुवासभाका सभापति बरुण गुरुङ्गको सभापतित्वमा खाँदबारीमा भएको कार्यक्रमको प्रमुख अतिथीका रुपमा नेपाली काँग्रेसका कार्यबाहक सभापति अनन्त कुमार गौली नेपाली काँग्रेसका नेता बिभिन्न भात्री तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रममा नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग बस्नेतले आदिबासी जनजातिहरुको हक अधिकारका सवालमा स्थानीय सरकारहरु प्रतिवद्ध रहनुपर्ने बताउनुभएको थियो । स्थानीय आदिबासी जनजातिको भाषा संस्कार संस्कृति र पुस्तान्तरणको सवालमा स्था...









