समाचार Archives - Page 40 of 77 - साझाकुरा
सोमवार, माघ ६, २०८२

समाचार

गैडाकाेटमा भेटियाे गणपति डिलक्सका अर्का यात्रुकाे शव
समाचार

गैडाकाेटमा भेटियाे गणपति डिलक्सका अर्का यात्रुकाे शव

असार २९ पूर्वीनवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा भेटिएको दुईमध्ये एक पुरुषको शव चितवनको नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता पारेको गणपति डिलक्सका यात्रु पुष्टि भएको छ। चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले एउटा शव सर्लाही बरहथवा नगरपालिका ३ बस्ने वर्ष १९ का रमित कुशर माझीको भएको थाहाखबरलाई जानकारी दिए। उनका बुवा रविन्द्र कुशर माझीले छोराको पहिचान गरेका हुन्। उनी काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्समा सवार यात्रु हुन्। गैँडाकोटमै फेला परेको अर्को शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। आज दिउँसो माछा मार्ने बोटेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। गैँडाकोटमा प्रकृति मुचुल्का उठाइ शव पहिचानका लागि चितवन ल्याइएको थियो। यसअघि आज विहान जिल्लाको भरतपुर महानगरपालिका–२८ गोल...
त्रिशूलीमा हराएका मध्ये  एक यात्रुकाे  शव भेटियाे
समाचार

त्रिशूलीमा हराएका मध्ये  एक यात्रुकाे  शव भेटियाे

असार २९ शुक्रबार त्रिशूलीमा खसेकाे बसमा सवार एक जना यात्रुको शव फेला परेकाे छ । चितवनको भरतपुर महानगरपालिका– २८ गोलाघाटको नारायणी नदी किनारमा भारतीय नागरिक ऋषिपाल साहको शव भेटिएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जनाए । त्रिशुलीमा बस खसेको ठाउँबाट करिब ५० किलोमिटर तल आधा शरीर बालुवामा पुरिएको अवस्थामा उनकाे शव भेटिएका रिजालले बताए । मृतक शाह अस्ति रौतहटको गौर जानको लागि काठमाण्डौको जोरपाटीबाट गणपति डिलक्सको बस चढेका थिए । भेटिएको शवलाई उनकै भाइ लगायतका आफन्तले आजै सनाखत गरिसकेका छन् । मुग्लिन–नारायणघाट सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा हिजो बिहान भएकाे दुर्घटनामा कम्तिमा ४८ जना यात्रु बेपत्ता भएका छन् । उनिहरुकाे खाेजि कार्य भैरहेकाे छ ।...
११ महिनामा वाणिज्य बैंकहरुको नाफा झण्डै साढे ५६ अर्ब अुसार २९
अर्थ/व्यापार, समाचार

११ महिनामा वाणिज्य बैंकहरुको नाफा झण्डै साढे ५६ अर्ब अुसार २९

चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको नाफा झण्डै साढे ५६ अर्ब रुपैयाँ पुगेकाे छ । २० वटा वाणिज्य बैंकहरुले यो ११ महिनामा कुल ५६ अर्ब ४८ करोड ४ लाख रुपैयाँ नाफा कमाएकाे हाे। सबैभन्दा बढी नबिल बैंकले ६ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ नाफा गरेकाे छ । ग्लोबल आइएमई बैंकले ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकले ४ अर्ब ३८ करोड १३ लाख , प्राइम बैंकले ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ र एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ नाफा गरेका छन् । चालु आर्थिक वर्षको जेठसम्म सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल बैंक रहेको छ । यो बैंकले ११ महिनामा १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको नेपाल राष्ट्र बैकले जनाएकाे छ । ...
राष्ट्रिय परिचय पत्र तत्काल लागू नगरिने
समाचार

राष्ट्रिय परिचय पत्र तत्काल लागू नगरिने

असार २७ सरकार राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट तत्कालका लागि पछि हटेको छ।मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हटेको हो। बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय प्ररिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताइन्।...
भोलि शुक्रबार नै प्रधानमन्त्री बन्लान् त ओली ? यस्तो छ संभावना
राजनीति, समाचार

भोलि शुक्रबार नै प्रधानमन्त्री बन्लान् त ओली ? यस्तो छ संभावना

असार २७ नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनले भोलि ९शुक्रबार० नै नेकपा माओबादीका अध्यक्ष प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई बिदाई दिँदै नयाँ सरकार गठनको तयारी शुरु गरेका छन्। भोली असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिने तैयारी गरेपनि बिश्वासको मत नपाउने सुनिश्चित रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओली भोलि नै प्रधानमन्त्रीमा नियुक्त हुनेमा काँग्रेस एमाले गठबन्धन ढुक्क रहेको छ । शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक डाकि प्रधानमन्त्री दाहालले आफुले विश्वासको मत लिने कार्यक्रम तय भएको श्रोतको बुझाई छ । प्रधानमन्त्री दाहालको पक्षमा अहिले माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० जनाबाहेक अन्य सांसदको समर्थन रहने देखिँदैन । किन कि कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समा...
संखुवासभामा ६ महिनाको अवधिमा २४ मानव अधिकार उल्लंघन
समाचार

संखुवासभामा ६ महिनाको अवधिमा २४ मानव अधिकार उल्लंघन

संखुवासभा, असार २६ संखुवासभामा ६ महिनाको अवधिमा २४ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । सन् २०२४ को जनवरीयता भएका मानव अधिकार उल्लंघनका २४ घटनामा २४ जना पीडित रहेका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि संकलन गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रमका क्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो । गत पुस (जनवरी) देखि जेठ (जुन) महिनासम्म जिल्लामा भएका मानवअधिकारको अवस्थालाई प्रतिवेदनमा समावेश गरिएको इन्सेक जिल्ला प्रतिनिधि भविन कार्कीले बताए । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा ४ बालिका सहित ६ जना बलात्कृत, ४ जनाको हत्या, कुटपिट गैर राज्य पक्ष १, घरेलु हिंसाका १०, हातपात १ जना,१ जना मृत्यु र १ जना आत्महत्या द...
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
समाचार

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

असार २६ ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ। मंगलबार राति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महशुस गरिएको बताईएकाे छ।
रास्वपाका महामन्त्री मुकुल ढकाल अव सााधरण सदस्य मात्रै
राजनीति, समाचार

रास्वपाका महामन्त्री मुकुल ढकाल अव सााधरण सदस्य मात्रै

असार २५ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकाल साधारण सदस्य मात्रै रहने भएका छन् । रास्वपाको मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री तथा प्रवक्ताबाट हटाउँदै साधारण सदस्य मात्रै कायम राख्ने निर्णय गरेको हो । बैठकको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनीष झाले ढकाललाई साधारण सदस्य मात्रै कायम रहने गरी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको जानकारी दिए । यता रास्वपा नेता ढकालले भने आफु रवी लामिछानेको क्लवबाट मात्रै निश्कासित भएको प्रतिकृया दिएका छन् ।...
नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने
समाचार

नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने

असार २५ नेपाल टेलिकमका सेवामा आज राति रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ । राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ । तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ । श्राेत:उज्यालाे अनलाईन...
२५ दिनमा विपदबाट ७४ जनाको मृत्यु
समाचार

२५ दिनमा विपदबाट ७४ जनाको मृत्यु

गएको जेठ २८ गते मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङलगायत मनसुनजन्य विपदका कारण मृत्यु हुनेकाे संख्या ७४ जना पुगेको छ । विपदका कारण काठमाण्डौमा एक , कोशीमा १८ , मधेसमा तीन जना, बागमतीमा चार , गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णाली र सुदूरपश्चिममा चार चार जना गरी ७४ जनाको मृत्यु भएकाे प्रहरीले जनाएको छ । यस्तै दर्जन बढि बेपत्ता र एक सयकाे हाराहारिमा घाइते भएकाे गृह मन्त्रालयले जनाएको छ ।...