समाचार Archives - Page 45 of 77 - साझाकुरा
आइतवार, माघ ५, २०८२

समाचार

एक हजारका ५१४ नक्कली नोटसहित दुईजना पक्राउ
अपराध, अर्थ/व्यापार, समाचार

एक हजारका ५१४ नक्कली नोटसहित दुईजना पक्राउ

एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । कलंकीस्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्टबाट आइतबार प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । अनलाईन खबरमा समचार प्रकाशित छ । ...
कर्णालीकाे झाेलुङ्गे पुलकाे लट्ठा चुँडिदा पुलमै फसेका खच्चरकाे उद्धार गरिँदै
समाचार

कर्णालीकाे झाेलुङ्गे पुलकाे लट्ठा चुँडिदा पुलमै फसेका खच्चरकाे उद्धार गरिँदै

दैलेख र अछाम जिल्ला जाेड्ने कर्णाली नदीमाथिकाे झाेलुङ्गे पिङकाे लट्ठा चुँडिदा १३ वटा खच्चर पुलमै फसेका छन् । आज बिहान अछामको पञ्चदेवलबाट दैनिक उपभाेग्य सामग्री लिन दैलेखको राकम बजार आउँदै गरेका खच्चर झाेलुङ्गे पिङकाे एकतर्फकाे लट्ठा चुँडिदा पुलमै फसेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले जानकारी दिनुभयो । पुलकाे लट्ठा चुँडिदा अहिले दुई जिल्लाकाे आउजाउ पनि बन्द भएकाे छ । अहिले दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरीलगायतकाे टाेलीले खच्चर उद्धार गर्न थालेकाे छ । पुलबाट उद्धार सम्भव नभएपछि तार काटेर खच्चरलाई नदीमा खसाल्न थालिएकाे प्रहरीले जनाएकाे छ । याे पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ र दैलेखको आठबीस नगरपालिका वडा नम्बर ४ लाई जोड्छ । श्राेत: उज्यालाे ...
आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जित्यो
खेलकुद, समाचार

आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जित्यो

जेष्ठ २६ आठौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुष तर्फको उपाधि हेल्प नेपालले जितेको छ । फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपालले उपाधी रक्षा गरेको हो । हेल्प नेपालले २५–२२, २५–२०, २०–२५ र २५–२० गरी चौथो सेटमा खेल जितेको हो । जितसँगै हेल्प नेपालले सातौं प्रधानमन्त्री कपको उपाधी रक्षा गरेको छ । गण्डकी प्रदेश भने उपाविजेतामा नै सीमित बनेको छ । लिग चरणमा अपराजित हुँदै आएको गण्डकीले फाइनलमा भने हार बेहोरेको हो । महिलातर्फ भने नेपाल पुलिस क्लबले उपाधि जितेको छ । पुलिसले लिगमा अपराजित हुँदै फाइनल आएको एभरेष्ट भलिबल क्लब बुटवललाई ३–२ ले पराजित गरेको हो । पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए । श्राेत:अनलाईन खबर ...
मनसुनबाट कोशी र मधेस बढी प्रभावित हुने
समाचार

मनसुनबाट कोशी र मधेस बढी प्रभावित हुने

यसवर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबैभन्दा बढी कोशी र त्यसपछि मधेस प्रदेश प्रभावित हुने अनुमान गरेको हो । तेस्रोमा लुम्बिनी पनि प्रभावित हुने प्राधिकरणको अनुमान छ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मनसुन अवधिमा कोशीमा एक लाख १३ हजार परिवारका झण्डै पाँच लाख मानिस जाेखिममा रहने अनुमान गरिएको जानकारी दिए । बढी पानी पनि सोही क्षेत्रमा पर्ने र बाढीपहिरो तथा डुबानका घटना हुन सक्ने अनुमान गरिएको उनले बताए । कोशीमा २२ हजार घर प्रत्यक्ष प्रभावित हुने तथा पाँच हजार परिवारलाई राहत र उद्धार गर्नुपर्ने अवस्था आउनसक्ने अनुमान गरिएको छ ।...
समाचार, स्वास्थ्य

१५ दिनभित्र बी एन्ड सीलाई सम्बन्धन दिन आदेश 

झापास्थित बी एन्ड सी मेडिकल कलेजले अन्ततः सम्बन्धन पाउने भएको छ । सर्वोच्च अदालतले बिहीबार चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयको नाममा परमादेश जारी गरेसँगै सम्बन्धन पाउने भएको हो । न्यायाधीशद्वय डा. कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेका हुन् । सर्वोच्चले यसअघि १२ चैत, २०८० मा भएको फैसलाको पूर्ण पाठसमेत सर्वोच्चले सार्वजनिक गरेकोे छ । ‘यस वर्षको शैक्षिक सत्र सुरु हुनुअघि एमबिबिएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू,’ सर्वोच्च अदालतले फैसलामा भनेको छ । आदेशसँगै अब आयोग र काठमाडौं विश्वविद्यालयले १५ दिनभित्र सोको कार्यान्वयन गर्नुपर्नेछ । श्राेत: नयाँ पत्रिका ...
आज यी चार प्रदेशमा मेघगर्जन-चट्याङ्ग सहित पानी पर्ने सम्भावना 
समाचार

आज यी चार प्रदेशमा मेघगर्जन-चट्याङ्ग सहित पानी पर्ने सम्भावना 

मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । जसकारण आज बिहानैबाट हाल मौसमको कोशी र बागमती प्रदेशका थोरै स्थानहरु र  बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बीनी र कोशी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका...
प्रधानमन्त्रि दाहालद्वारा अरुण तेश्राे मुख्य सुरुङ्गकाे ब्रेक थ्रु
अर्थ/व्यापार, समाचार

प्रधानमन्त्रि दाहालद्वारा अरुण तेश्राे मुख्य सुरुङ्गकाे ब्रेक थ्रु

जेष्ठ २२ संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गरिएकाे छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु गरेका हुन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका–३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको ब्रेक थ्रु गरिएकाे प्रमुख जिल्ला अधिकारी ध्रुब बहादुर खड्काले जानकारी दिए । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको हालसम्म ७० प्रतिशत बढी काम सकिएको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण गरिरहेको भारतीय सतलज कम्पनी (एसजेबिएन)ले जनाएको छ ।  अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी हेलिकोप्टर मार्फत पावरहाउस स्थल चिचिलाको पुखुवाको कार्यक्रममा सहभागी हुने ...
एक अर्बभन्दा बढी बिगाे दाबी गर्दै गाेदावरीका मेयरसहित १४ विरुद्ध मुद्दा 
समाचार

एक अर्बभन्दा बढी बिगाे दाबी गर्दै गाेदावरीका मेयरसहित १४ विरुद्ध मुद्दा 

जेष्ठ २१ ललितपुरकाे गाेदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले साेमबार विशेष अदालतमा मुद्दा दर्ता गरेकाे छ। अख्तियारले एकै कसुरमा पाँचवटा मुद्दा दायर गरेकाे छ। त्यसकाे कुल बिगाे एक अर्बमाथि छ। श्राेत:नयाँ पत्रिका
गर्मीले भारतमा ३२० को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

गर्मीले भारतमा ३२० को मृत्यु

नयाँ दिल्ली (एजेन्सी) : तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। एजेन्सीका अनुसार पछिल्लो ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो। बिहीबारदेखि शनिबारसम्म उत्तर प्रदेशमा मात्र सबैभन्दा बढी १ सय जनाको ज्यान गएको हो। बुधबारदेखि शनिबारसम्ममा राजस्थानमा चलेको तातो लहरका कारण ६० जनाको ज्यान गएको छ। यसैगरी झारखण्डमा ३७, ओडिसामा १८, मध्येप्रदेशमा २ र दिल्लीमा एक जनाको ज्यान गएको हो। अत्यधिक गर्मी भएपछि झारखण्डमा १ हजार ३ सय २६ जना अस्पताल भर्ना भएका छन्। पछिल्लो ३ दिनमा गर्मीकै कारण बिहारमा ६९ जनाको मृत्यु भएको तथ्यांक छ। जसमा यूपी–बिहारमा शुक्रबार मात्र ४० जनाभन्दा बढीको मृत्यु भएको छ। तीमध्ये लोकसभा चुनावी काममा खटिएका २५ कर्मचारी र अधिकारी छन्। त्यहाँ ४८.०२ डिग्रि तापक्रम मापन गरिएकाे थियाे ।...
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु
समाचार

मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु

मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको मृत्यु भएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार छायानाथ रारा नगरपालिका तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेका .छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर रावतको पनि मृत्यु भएको थियो । शनिबार मानबहादुर, शोभान र राजबहादुरलाई मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकाम गमगढी ल्याइएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको थियो । अर्का बिरामी देवराज बुढालाई पनि स्वास्थ्य चौकीबाट गमगढी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । अनलाईन खबरमा याे समचार छ ।...