समाचार Archives - Page 55 of 77 - साझाकुरा
आइतवार, माघ ५, २०८२

समाचार

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड रुपैयाँ जरिबाना
समाचार

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड रुपैयाँ जरिबाना

विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ जरिबाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो ।  अदालतले हिजाे सजाय निर्धारण गर्दा पूर्वसांसद तामाङलाई तीन वर्ष कैद, बिगोबमोजिम एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिबाना हुने फैसला गरेको हो । सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई यही माघ ७ गते अदालतले दोषी ठहर गर्दै हिजाे सजाय निर्धारणका लागि पेशी तोकेको थियो । उनकी श्रीमती सृृजना शाक्य तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड ५४ लाख ४३ हजार चार सय ८७ रुपैयाँ जरिबाना हुने फैसला गरेको छ । त्यही मुद्दाका केशवलाल श्रेष्ठको एक वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार एक सय २४ ...
सामाजिक संस्थाहरुद्वारा संयुक्त रुपमा विश्व क्यान्सर दिवस मनाईयाे
समाचार, स्वास्थ्य

सामाजिक संस्थाहरुद्वारा संयुक्त रुपमा विश्व क्यान्सर दिवस मनाईयाे

हेरचाहमा हुने असमानताकाे अन्त्य गराैं भन्ने नाराका साथ आज बिश्वभर विभिन्न चेतनामुलक कार्यक्रमका साथ विश्व क्यान्सर दिवस मनाईएकाे छ । दिवसका अवसरमा नेपाल अर्बुद राेग निवारण सस्था संखुवासभाले आज सदरमुकाम खाँदबारिमा दिप प्रज्वलन कार्यक्रमकाे आयाेजना गरेकाे छ । संखुवासभा उद्योग बाणिज्य संघ र खाँदबारी युथ क्लबसंगकाे सहकार्यमा खाँदबारिकाे पाेखरि पार्कमा आयाेजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख सुमन शाक्य प्रमुख अतिथी रहनुभएकाे थियाे । बिशिष्ठ अतिथिका रुपमा नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष ईन्द्र गिरी, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान, नेपाल भलिबल संघका केन्द्रीय सदस्य प्रबिण श्रेष्ठ रहनुभएकाे थियाे । अर्बुदका जिल्ला सचिब निरञ्जन श्रेष्ठले संचालन गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी समन्वय प्रमुख सुमन शाक्यले क्यान्सर राेगलाई प्राण घातक राे...
रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फर्काउन परिवारको माग
समाचार

रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फर्काउन परिवारको माग

रुसी सेनामा भर्ती गरिएका नेपालीलाई स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्न परिवारले सरकारसँग आग्रह गरेका छन् । हिजो काठमाण्डौमा पत्रकार सम्मेलन गरेर परिवारका सदस्यहरूले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका हुन् । कार्यक्रममा टिना घिमिरेले आफ्ना पति पदम घिमिरे केही महिनादेखि सम्पर्कविहीन पारिएकाले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गर्नुभयो । उदयपुरका स्थायी बासिन्दा उहाँ नेपाली सेनाबाट अवकाश भएपछि करिब नौ लाख रुपैयाँ खर्चेर रुस जानुभएको परिवारले जनाएको छ । केही आफन्तहरू बेपत्ता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै इलामकी सुमी चाम्लिङले भाइ राजकुमार मुखियाको खोजी गर्न सरकारसमक्ष आग्रह गर्नुभयो । उहाँले आफ्नो गाउँका विक्रम भुजेल र राजेन्द्र तामाङ पनि रुसी सेनामा भर्ती भएको र अहिले सम्पर्कमा नरहेकामा चिन्ता...
पर्यटन मन्त्रालयका तत्कालीन उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर
समाचार

पर्यटन मन्त्रालयका तत्कालीन उपसचिव नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

घुस रकमसहित पक्राउ परेका सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको हिजोको इजलासले नेपाललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो । इजलासले नेपाललाई एक वर्ष कैद सजाय र छ लाख रुपैयाँ जरिबाना हुने फैसला सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुुभयो । नेपालसँगै प्रतिवादी बनाइएका बीबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन् । बीबी एयरवेजको इजाजतपत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धानको ठहर थियो । बीबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस नभइ सापटी दिएको बयान दिएका थिए । उपसचिव नेपाल २०७९ साउन १७ गते नागपोखरीको...
पाकिस्तानी पूर्व प्रधानमन्त्री ईमरान खानलाई १० वर्षको जेल सजाय घोषणा
अन्तर्राष्ट्रिय, समाचार

पाकिस्तानी पूर्व प्रधानमन्त्री ईमरान खानलाई १० वर्षको जेल सजाय घोषणा

पाकिस्तानी पूर्व–प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ। इस्लामावादको विशेष अदालतले मङ्गलवार उनलाई सिफर मुद्दामा १० वर्षको जेल सजाय सुनाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्री खानसँगै उनका सहयोगी पूर्व मन्त्री शाह महमुद कुरैशीलाई पनि खान सरहै १० वर्षको जेल सजाय सुनाइएको त्यहाँको अदालतले फैसला गरेको छ । पुर्व प्रम खान र मन्त्री कुरैशीमाथि पाकिस्तानको अति गोप्य सूचना निजी प्रयोजनका लागि प्रयोग गरेको आरोप लगाइएको थियो। ...
विज्ञापनमा विदेशी कलाकारको प्रयोग गर्न नपाइने
समाचार

विज्ञापनमा विदेशी कलाकारको प्रयोग गर्न नपाइने

विज्ञापन बोर्डले सार्वजनिक स्थानमा राखिने होर्डिङ बोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ। बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन ९नियमन गर्ने० ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताए। उनले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन त्यस्तो प्रबन्ध गरिएको भन्दै सार्वजनिक स्थानमा राखिने होर्डिङ तथा सञ्चारमाध्यममा प्रकाशन, प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जानकारी दिए। ऐनको कार्यान्वयनका क्रममा विज्ञापन नियमन गर्ने नियमावली ९पहिलो संशोधन, २०८०० र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ जारी भई कार्यान्वयन ल्याइएको भन्दै अध्यक्ष हुमागाईँले सोको पालनामा सहयो...
गहना लुट्न वृद्धाको हत्या अभियाेगमा पक्राउ ( भिडियाे सहित )
अपराध, समाचार

गहना लुट्न वृद्धाको हत्या अभियाेगमा पक्राउ ( भिडियाे सहित )

संखुवासभा माघ १५ संखुवासभामा कानमा लगाएको सुनको रिङ लुट्न वृद्धाको हत्या गरेको रहस्य खुलेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले वृद्धाको हत्या आरोपमा धरान जिरोप्वाइन्टका ३० वर्षीय दिपेन भन्ने आकाश राईलाई पक्राउ गरेकाे छ । आज उनलाई जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएकाे हाे । हत्या आराेपी राईले गते माघ ६ गते खाँदबारी नगरपालिका– ९ तुम्लिङटारका ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरि फरार रहेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। हत्या अभियाेगि राईलाई सुनसरिकाे धरानबाट पक्राउ गरिएकाे डिएसपि श्रेष्ठको भनाई छ । प्रहरीले हत्या अभियाेग लागेका राईसंङ्ग मृतकबाट लुटिएकाे सुन खरिद गर्ने दुई जनालाई समेत पक्राउ गरि अनुशन्धान गरिरहेकाे जनाएकाे छ । यश अघि हत्या अभियाेगि राईले तुम्लिङटारमा ज्याला मजदुरिकाे काम गर्दै...
बर्षाैं देखि रोकिएको छुट जग्गा दर्ता खुला
समाचार

बर्षाैं देखि रोकिएको छुट जग्गा दर्ता खुला

जग्गाको नापजाँच भएको, दुई तीन पुस्ता देखि भोग चलन गर्दै आएको तर विभिन्न कारणले दर्ता नभएको छुट जग्गा दर्ता गर्न सरकारले खुला गरेको छ। विगत ८ वर्ष देखि छुट जग्गा दर्ता गर्न रोक लगाइएको थियो। भूमि व्यवस्था मन्त्रालयले बिहीबार राजपत्रमा सूचना निकाली छुट दर्ता गर्न खुला गरेको औपचारिक जानकारी गराएको छ। यसअघि पनि सरकारले पटक पटक सूचना निकाली छुट जग्गा दर्ता खुला गर्ने र बन्द गर्ने गरेको थियो। तर पछिल्लो पटक विगत ८ वर्ष देखि छुट जग्गा दर्ता गर्न बन्द गरिएको थियो। यसबाट जग्गाको नापजाँच भएको र भोगचलन गर्दै आएका जग्गाधनीहरू मर्कामा परेका थिए। उनीहरूले जग्गाको बेचबिखन गर्न, बैंकमा धितो राखी धरौटी लिन तथा नामसारी गर्न लगायतका सेवा पाउन सकेका थिएनन्। २०१९ सालमा जग्गा नापँजाच ऐन आए पछि २०२१ साल देखि २०५५ सालसम्म देशभरी जग्गा नापँजाच गरिएको थियो। यस अवधिमा जग्गा नाप जाँच गर्दा नाँपजाच भएको तर दर्ता ह...
३ हजारलाई शहीद घोषणा गर्ने प्रधानमन्त्री दाहालको उद्घोष
समाचार

३ हजारलाई शहीद घोषणा गर्ने प्रधानमन्त्री दाहालको उद्घोष

नेपाल सरकारले करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने तैयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घोष गरेका छन्। शनिबार शहीद प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धको क्रममा सरकारले सहित घोषणा गर्न छुटाएका करिब ३ हजारलाई सरकारले सहित घोषणा गर्न लागेको बताए । उनले उक्त प्रस्ताव मन्त्रीपरिषद्बाट निर्णय भएर राजपत्रका प्रकाशित गर्ने काम अन्तिम चरणमा पुगेको खुलासा गरे । उनले आफु प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरु कोहि नछुटोस भनेर बिषेस ध्यान पुर्याईरहेको समेत खुलाए । प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरुको ऐतिहाँसिक त्याग तपश्या र बलिदानीलाई कदर गर्न सरकारले ३ हजार बढिलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका थिए । ...
राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै : आजै नतिजा
राजनीति, समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदै : आजै नतिजा

आज राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ । मतदान बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यक्रम छ । राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि सात प्रदेशबाट आठ राजनीतिक दलका ५१ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । एमालेबाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, माओवादी केन्द्रका ६, एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टीका ७ र नेपाल मजदुर किसान पार्टीका ४ जना उम्मेदवार छन् । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता हुने व्यवस्था छ । निर्वाचन आयोगका अनुसार कुल हजार ४७ मतदाता छन् । यीनै मतदाताहरुले १९ सदस्य चुन्नेछन् । निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र राखिएको छ । मतगणना आ...