स्वास्थ्य Archives - Page 5 of 8 - साझाकुरा
बिहिबार, माघ २, २०८२

स्वास्थ्य

५७ जिल्लामा फैलियो डेंगु, सचेतना अपनाउन आग्रह
समाचार, स्वास्थ्य

५७ जिल्लामा फैलियो डेंगु, सचेतना अपनाउन आग्रह

डेंगु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए । डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस...
जसपाका उपेन्द्र यादव सहित दुई मन्त्री र एक राज्यमन्त्रीले लिए सफत
राजनीति, समाचार, स्वास्थ्य

जसपाका उपेन्द्र यादव सहित दुई मन्त्री र एक राज्यमन्त्रीले लिए सफत

जनता समाजवादी पार्टी जसपा नेपालका दुई मन्त्री र एक राज्यमन्त्रीले आज शपथग्रहण लिए्का छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र नेता नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालयको शपथ लिएको जसपा श्रोतले जनाएको छ । यसैगरि स्वास्थ्य राज्यमन्त्रीमा जसपाकै दीपक कार्कीले पनि आजै स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएको जनाईएको छ । ...
संखुवासभाका १३ हजार बढि बालबालिकालाई दादुरा रुबेलाको खोप लगाईदै
समाचार, स्वास्थ्य

संखुवासभाका १३ हजार बढि बालबालिकालाई दादुरा रुबेलाको खोप लगाईदै

संखुवासभाका १३ हजार बढि पाँच बर्षमुनीका बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने भएको छ । आइतबार सदरमुकाम खाँदबारीमा स्वास्थ्य कार्यालय संखुवासभाको आयोजनामा दादुरा रुबेला खोप अभियान, जिल्ला खोप समन्वय समिति र संचारकर्मीहरुसँगको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।  संखुवासभाका १३ हजार १४८ जना नौ महिना देखि ५९ महिना अर्थात पाँच बर्षमुनीका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप अभियानकै रुपमा संचालन गर्न लागिएको हो । दादुरा रुबेला विरुद्धको खोप अभियान यहि फागुन २७ गते देखि चैत्र २ गते सम्म ६ दिन जिल्लाका १० वटै स्थानीय तहमा एकैपटक लागु हुने स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोशन श्रेष्ठले बताए । उनले अभियान सफल बनाउन सबैकाे हातेमालो आवश्यक भएकाेमा जाेड दिए । कार्यक्रममा दादुरा रुबेलाको बारेमा स्वास्थ्य कार्यालय संखुवासभाका जनस्वास्थ्य अधिकृत पशुपति खनालले प्रस्...
वनभोज गएका मेयरका स्वकीय सचिवको खाना सर्केर ज्यान गयो
समाचार, स्वास्थ्य

वनभोज गएका मेयरका स्वकीय सचिवको खाना सर्केर ज्यान गयो

रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एक जनाको ज्यान गएको छ । रामेछाप नगरपालिकाका मेयरका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको ज्यान गएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले बताउनुभयो । नगरपालिकाका कर्मचारीले वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि जिल्ला अस्पताल पुर्‍याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाण्डौ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा ज्यान गएको हो । ...
महिलाको पेटमा कपडा भेटिएको घटनामा युवा संघको बिज्ञप्ती
समाचार, स्वास्थ्य

महिलाको पेटमा कपडा भेटिएको घटनामा युवा संघको बिज्ञप्ती

गत माघ १३ गते जिल्ला अस्पताल खाँदबारी संखुवासभामा सुत्केरी गराईएको महिलाको शल्यक्रिया गर्ने क्रममा सुत्केरीको पेटभित्र कपडा भेटिएको घटनाका सन्दर्भमा राष्ट्रिय युवा संघ नेपालले बिज्ञप्ती मार्फत गंभीर ध्यानाकर्षण भएको जनाएको छ । गत माघ १३ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी गराईएकी पाँचखपन नगरपालिका ६ की तारा भण्डारीको पेटमा कपडा छाडिएको उल्लेख गरिएको छ । पौडेलले पेटमा छाडिएको कपडा कुहिँदै गएपछि पुन खाँदबारी अस्पतालमा उपचार गराउँने क्रममा उनको पेटमा कपडा भेटिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल संखुवासभाका अध्यक्ष हिल जोन्सन राईद्धारा हस्ताक्षरित बिज्ञप्तीमा स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा खेलबाड गरिएको उल्लेख गर्दै पिडितको निशुल्क उपचारको माग गरिएको छ । ...
सुत्केरीको पेटभित्रै कपडा
समाचार, स्वास्थ्य

सुत्केरीको पेटभित्रै कपडा

जिल्ला अस्पताल संखुवासभाको लापरबाहीले एक सुत्केरीको पेटभित्र गज (कपडा) भेटिएको छ । गत १३ माघमा जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएकी पाँचपखपन नगरपालिका–६ की सुत्केरी ३१ वर्षीया तारा भण्डारीको पेटभित्र गज भेटिएको हो । सुत्केरी भएको एक सातापछि उनको पेटभित्र एक पिस गज भेटिएको हो। शल्यक्रिया गरेर बच्चा जन्मेको चार(पाँच दिनपछि भण्डारीलाई औषधि दिएर अस्पतालले डिस्चार्ज गरेको थियो। तर, घर फर्केको दुई दिनमै सुत्केरी भण्डारीलाई पेट पोल्ने, ढाडिने समस्या भएपछि प्राथमिक स्वास्थ्य केन्द्र वाना भर्ना गरिएको थियो । भण्डारीको पेटबाट गज निकाएपछि उनी पुनः २० माघमा जिल्ला अस्पताल भर्ना भएकी छन् । चिकित्सकले शल्यक्रिया गर्दा पेटभित्रै कपडा छोडर सिलाई गरिदिएको पीडित भण्डारीले बताइन् । चिकित्सकको लापरबाहीले पुनः अस्पताल भर्ना हुँदासमेत आफैँले खर्च बेहोर्नुपरेको उनले गुनासो गरिन् । सुत्केरी भण्डा...
सामाजिक संस्थाहरुद्वारा संयुक्त रुपमा विश्व क्यान्सर दिवस मनाईयाे
समाचार, स्वास्थ्य

सामाजिक संस्थाहरुद्वारा संयुक्त रुपमा विश्व क्यान्सर दिवस मनाईयाे

हेरचाहमा हुने असमानताकाे अन्त्य गराैं भन्ने नाराका साथ आज बिश्वभर विभिन्न चेतनामुलक कार्यक्रमका साथ विश्व क्यान्सर दिवस मनाईएकाे छ । दिवसका अवसरमा नेपाल अर्बुद राेग निवारण सस्था संखुवासभाले आज सदरमुकाम खाँदबारिमा दिप प्रज्वलन कार्यक्रमकाे आयाेजना गरेकाे छ । संखुवासभा उद्योग बाणिज्य संघ र खाँदबारी युथ क्लबसंगकाे सहकार्यमा खाँदबारिकाे पाेखरि पार्कमा आयाेजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख सुमन शाक्य प्रमुख अतिथी रहनुभएकाे थियाे । बिशिष्ठ अतिथिका रुपमा नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष ईन्द्र गिरी, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान, नेपाल भलिबल संघका केन्द्रीय सदस्य प्रबिण श्रेष्ठ रहनुभएकाे थियाे । अर्बुदका जिल्ला सचिब निरञ्जन श्रेष्ठले संचालन गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी समन्वय प्रमुख सुमन शाक्यले क्यान्सर राेगलाई प्राण घातक राे...
विश्वभर दादुराको जोखिम बढ्दै गएकोले अनिवार्य खोप लगाउन विश्व स्वास्थ्य संगठनको आग्रह
स्वास्थ्य

विश्वभर दादुराको जोखिम बढ्दै गएकोले अनिवार्य खोप लगाउन विश्व स्वास्थ्य संगठनको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वभर बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएको छ । यमन, भारत र काजकस्तानमा सङ्क्रामक रुपमा देखिएको दादुरा विश्वका सबै भागमा देखा परिरहेको डब्ल्यूएचओले जनाएको छ । केही वर्षदेखि दादुराविरुद्ध खोप लगाउने क्रम घट्न थाल्नु र दादुरा सङ्क्रमण बढ्दै जानु जोखिमपूर्ण रहेको हो । डब्ल्यूएचओको प्रतिवेदन अनुसार सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा दादुराका बिरामी १८ प्रतिशतले बढेका छन् भने विश्वव्यापी रूपमा मृतकको सङ्ख्या ४३ प्रतिशतले बढेको छ । गएको वर्ष युरोपमा दादुराको सङ्क्रमण ३० गुनाले बढेको पाइएको छ । आँखा रसाउनु, रातो हुनु र दुख्नु, रुघा र खोकी लाग्नु, बिरामी भएको महसुस गर्नु, मुखभित्र ससाना फोका देखा पर्नु, छालामा रातो वा खैरो खटिरा देखिनु दादुराका लक्षण हुन् । शुरुमा अनुहार र कानको पछाडि देखिने डाबर त्यसपछि शरीरका अरू भागमा पनि फैलने गर्छ । दा...
कास्किकाे लुम्लेमा अर्बुदकाे ३३ औ केन्द्रीय सभा
समाचार, स्वास्थ्य

कास्किकाे लुम्लेमा अर्बुदकाे ३३ औ केन्द्रीय सभा

नेपाल अर्बुद राेग निवारण संस्थाकाे ३३ औ केन्द्रीय सभा कास्किकाे लुम्लेमा शनिवारबाट शुरु हुने भएकाे छ । केन्द्रीय सभा दुई दिन सम्म चल्नेछ । भाेलि हुने केन्द्रीय सभाकाे समुद्घाटन गण्डकी प्रदेस स्वास्थ्य मन्त्रि शुसिला सिंम्खडाबाट हुने नेपाल अर्बुद राेग निवारण संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए । केन्द्रीय महासचिब दीपेन्द्र बान्तवाले लुम्लेमा हुने केन्द्रीय सभा सम्पन्न गर्नका लागि ४४ जिल्लाबाट प्रतिनिधिहरु आउनेक्रम जारि रहेकाे जानकारि दिए । उनले भाेलिकाे केन्द्रीय सभामा संस्थाले गर्दै आएकाे गतिबिधी, बार्षिक आर्थिक प्रतिवेदन, भावि रणनिति र संस्थागत प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेकाे बताए । नेपाल अर्बुद राेग निवारण संस्थाले सुर्तिजन्य पदार्थकाे बिकृ बितरणमा राेक लगाई यसबाट उत्पन्न क्यान्सरजन्य जटिल राेग न्युनिकरणका लागि विभिन्न प्रवर्धनात्मक र परामर्शका कार्यक्र...
नेपाल औषधी व्यवसायी संघ संखुवासभा अध्यक्षमा डम्बरविक्रम प्रधान
समाचार, स्वास्थ्य

नेपाल औषधी व्यवसायी संघ संखुवासभा अध्यक्षमा डम्बरविक्रम प्रधान

नेपाल औषधी व्यवसायी संघ संखुवासभा दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा डम्बरविक्रम प्रधान र महासचिव सविर दर्जी निर्विरोध निर्वाचीत भएका छन् । मंगलबार खाँदबारीमा भएकाे संघको दोस्रो अधिबेसनले प्रधानकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे । अधिबेसनबाट उपाध्यक्षमा मनोज योञ्जन, कोषाध्यक्ष कुसुम रसाइली, सचिव इश्वर दाहाल, उपकोषाध्यक्ष रमेश शंकर र सदस्य प्रेमबहादुर तामाङ निर्वाचीत भएका छन् । ...