स्वास्थ्य Archives - Page 6 of 8 - साझाकुरा
बिहिबार, माघ २, २०८२

स्वास्थ्य

अर्बुदकाे २२ औं जिल्ला सभा सम्पन्न
समाचार, स्वास्थ्य

अर्बुदकाे २२ औं जिल्ला सभा सम्पन्न

नेपाल अर्बुद राेग निवारण संस्था जिल्ला साखा संखुवासभाकाे २२ औ जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएकाे छ । शाखा अध्यक्ष कृष्णराज शाक्यकाे सभापतित्व तथा नेपाल पत्रकार महासंघ शाखा संखुवासभाका अध्यक्ष ईन्द्र गिरीकाे प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएकाे हाे । जिल्ला सभालाई सम्बाेधन गर्दै नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रुद्रनाथ दाहालले पछिल्लाे समय नेपालमा क्यान्सर राेग तिब्र गतिमा फैलँदै गएकाले सुर्तिजन्य, पदार्थ सेवन, मध्यपान धुम्रपान लगायत बिषादी प्रयाेगकाे बिषयमा जनचेतना जगाउन आवश्यक भएकाे धारणा राखेका थिए । कार्यकममा मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष लाेकदर्शन शाक्यले धुम्रपान मध्यपान र शुर्तिजन्य पदार्थकाे प्रयाेगमा कमि ल्याउन जनचेतनामुलक कार्यक्रमकाे आवश्यकता रहेकाेमा जाेड दिए । यसैबिच अर्बुद राेग निवारणकाे क्षेत्रमा लामाे समय कृयाशिल मेनुका श्रेष्ठले क...
संबृद्ध सहकारीद्वारा सरसफाई अभियान संचालन
समाचार, समाज, स्वास्थ्य

संबृद्ध सहकारीद्वारा सरसफाई अभियान संचालन

साझाकुरा डट कम खाँदबारी सम्बाददाता संखुवासभा खाँदबारीमा रहेकाे समृद्ध बहुउद्देश्यीय सहकारी संस्थाले बजारको सडकहरु सरसफाई गर्ने अभियान संचालन गरेकाे छ । खाँदबारी नगरपालिकाको कार्यालयले संकल्प गरेको सुन्दर नगरकाे परिकल्पनालाई थप टेवा पुर्याउन संस्थाले बजारको सडकहरु नियमित रूपमा सरसफाइ गर्ने तैयारी गरेकाे संचालक मनिश श्रेष्ठले जानकारी दिए। संबृद्ध बहुउदेश्यीय सहकारी संस्थाले आ-आफ्ना घरको आगनकाे सरसफाई गर्न घरधनिहरुकाे सक्रिय सहभागिताकाे अपेक्षा गरेकाे श्रेष्ठले बताए । अहिले याे सरसफाई अभियान खाँदबारी ३ सुमन चाेकबाट बरुण क्याम्पस सम्म संचालन गरिने जनाईएकाे छ । संस्थाद्वारा घाेषित सरसफाई अभियान चाँडैनै खाँदबारी ९ तुम्लिङटारमा समेत संचालन गरिने संबृद्ध बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष बिजय तामाङ कालधनले बताए । सहकारिमा आबद्ध युवाहरुले ल्याएकाे सरसफाई अभियानकाे अहिले चाैतर्फ...
चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि
समाचार, स्वास्थ्य

चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि

दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन। बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोगन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ। चीनमा फैलिएको उक्त रोगप्रति विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ। संगठनले यो समस्याबाट पाका उमेरका मानिसभन्दा बालबालिका बढी प्रभावित भएको जानकारीमा आएको भन्दै सचेत हुन सबैलाई आग्रह गरेको छ। चीनमा आकस्मिक रूपमा निमोनिया जस्तै श...
(भिडियो सहित)डेंगीको रोकथाम र नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न
समाचार, स्वास्थ्य

(भिडियो सहित)डेंगीको रोकथाम र नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ कार्तिक २०८०, बिहीबार नवीन गुरुङ्ग संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा डेंगीको रोकथाम र नियन्त्रण सम्बन्धी जनप्रतिनिधी र सरोकारवालासँग अन्तरक्रिया सम्पन्न भएको छ ।बिहिबार सदरमुकाम खाँदबारीमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिकियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु काठमाडौ र स्वास्थ्य कार्यालय संखुवासभाको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालय, इपिडिकियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीले डेंगी नियन्त्रणका लागि स्थानीय तह आफै सक्रिय लाग्नुपर्ने बताएका छन् । उनले संघीय सरकारले स्थानीय तहलाई सशक्तिकरण गर्ने, तीन तहका सरकार बीच समन्वय गर्ने र स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्ने लगायतका काम गर्ने भएकाले स्थानीय तह आफैले डेंगीको रोकथाम र नियन्त्रण गर्न लाग्नुपर्ने बताए । ‘संघीय सरकारले सबै क...
हेलिकप्टर दुर्घटनामा घाईते भएका पाइलट सेढाईंको मृत्यु
समाचार, स्वास्थ्य

हेलिकप्टर दुर्घटनामा घाईते भएका पाइलट सेढाईंको मृत्यु

असोज २७ गते मनाङ्ग एयरकाे हेलिकप्टर दुर्घटना हुँदा शरिरकाे ५० प्रतिशत भाग जलेर गंभिर घाईते मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईंको निधनभएको छ। उनले उढाएकाे हेलिकोप्टर गत शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालमा उपचार हुन नसकेपछि भारतकाे मुम्बई लगिएको थियो। नेसनल बर्न सेन्टर, मुम्बईमा उपचारका क्रममा रहेका उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्ति प्रकाशित गरि जनाएकाे छ। ...
पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न
खेलकुद, मनोरन्जन, समाचार, स्वास्थ्य

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न

पर्यटन प्रवर्धन र सद्भावकाे सन्देश छाड्दै खाँदबारी रन सम्पन्न भएकाे छ । संखुवासभाकाे खाँदबारी युथ क्लबले नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वको अवसरमा“पर्यटन प्रवर्धन खाँदबारी रन भन्ने मुल नाराका साथ आयाेजना गरेकाे धावन प्रतियाेगिता दशै, तिहार र छट पर्वकाे शुभकामना आदानप्रदान सहित आईतबार भब्य रुपमा सम्पन्न भएकाे हाे । खाँदबारी स्थित टुडिखेलबाट विभिन्न बिधामा रन शुरु गरिएकाे थियाे । खाँदबारी रनमा तीन सय बढिकाे सहभागिता रहेकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए । प्रतियाेगितामा बिभागिय पुरुष टिम,खुल्ला पुरुष टिम र खुल्ला महिला टिम र भेट्रन गरि चार वटा बिधामा प्रतिश्पर्धा गराईएकाे क्लबले जनाएकाे छ । बिभागिय पुरुष टिमतर्फ नयाँ भैरबी दल गुल्मका सुर्य बहादुर राेकायले प्रथम स्थान हाँसिल गरे भने निान खड्का र सुजन बिश्वकर्माले क्रमश दितिय र तृतिय स्थान हाँसिल गरे त्यसैगरि खुल्...
“पर्यटन प्रवर्धन,खाँदबारी रन”काे सम्पुर्ण तैयारि पुरा
खेलकुद, मुख्य समाचार, स्वास्थ्य

“पर्यटन प्रवर्धन,खाँदबारी रन”काे सम्पुर्ण तैयारि पुरा

नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वको अवसरमा संखुवासभाकाे खाँदबारी युथ क्लबले आयाेजना गर्ने "खाँदबारी रन”काे सम्पुर्ण तैयारि पूरा भएकाे क्लबले जनाएकाे छ । भाेली आईतबार बिहान् ठिक ७:३० बजे खाँदबारी स्थित टुडिखेलबाट विशेष कार्यक्रमका साथ रन शुरुगरिने सम्पुर्ण तैयारि पुरा भएकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए खाँदबारी रनमा करिब पाँचसय बढिकाे सहभागिता रहने अपेक्षा रहेकाे शाक्यले जनाए । भाेलि हुने प्रतियाेगितामा बिभागिय पुरुष टिम,खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि तिन वटा बिधामा प्रतिश्पर्धा गराईने क्लबले जनाएकाे छ । बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी ३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल, खुल्ला पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी ३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुन खाँदबारी टुडि...
गोर्खा वेल्फेयर ट्रष्टले पाँचखपन नगरपालिकामा बालबालिकाको पोषण सम्बन्धी मास स्कृनिङ्ग कार्यक्रम गर्ने
समाचार, स्वास्थ्य

गोर्खा वेल्फेयर ट्रष्टले पाँचखपन नगरपालिकामा बालबालिकाको पोषण सम्बन्धी मास स्कृनिङ्ग कार्यक्रम गर्ने

गोर्खा वेल्फेयर ट्रष्टले संखुवासभाको पाँचखपन नगरपालिकामा बालबालिकाको पोषण सम्बन्धी मास स्कृनिङ्ग कार्यक्रम आयोजना गर्नेभएको छ । गोर्खा वेलफेयर ट्रष्टको आर्थिक सहयोग तथा पाँचखपन नगरपालिकाको संयोजनमा जन्मेदेखि २४ महिना सम्मको बालबालिकाको पोषण सुधार कार्यक्रम अन्तर्गत आगामी कार्तिक १५ देखि १८ गते सम्म मास स्कृनिङ्ग कार्यक्रम आयोजना गरिने वेलफेयर ट्रष्टका सोसियल सुपरभाईजर ज्ञानु भोटेले जानकारी दिए । यो कार्यक्रमबाट कुपोषित बालबालिकाको पहिचान र उनिहरुको स्वास्थ्य समस्याको निदान तथा उपचार शुरु गरिने उनले बताए । पाँचखपन नगरपालिकाको वडा नं. १ देखि ९ सम्म घरदैलो कार्यक्रम गरि कुपोषित बालबालिकाको घरघर सम्म महिला स्वास्थ्य स्वयंसेवीका र स्वास्थ्य कर्मिहरु परिचालन गरिने ज्ञानु भोटेको भनाई छ । कार्यक्रममा २७ जना महिला स्वास्थ्य स्वयंसेवीका तथा सम्वन्धीत वडाको स्वास्थ्यकर्मिहरु परिचालन गरि घरदैलो अ...
लेक लागेर मुस्ताङमा युक्रेन र भारतीय पर्यटकको मृत्यु
मुख्य समाचार, शिक्षा, स्वास्थ्य

लेक लागेर मुस्ताङमा युक्रेन र भारतीय पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर युक्रेनी र भारतीय नागरिकको मृत्यु भएको छ । गत असोज १९ गतेपोखराबाट १० जनाको समूहसहित मुस्ताङ भ्रमणका लागि पुगेकी युक्रेनी महिला ३५ वर्षीया अन्ना पानिनाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी दिनेश गौतमले जानकारी दिए । उनले कागबेनीमा बास बसेर असोज १९ गते पैदल हिँडेर झोङ हुँदै मुक्तिनाथ जाने क्रममा बीच बाटोमै उनलाई लेक लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश गौतमले बताए। युक्रेनी महिला पानिनालाई श्वासप्रश्वास र टाउको दुख्ने समस्या देखिएको थियो। लेक लागेका कारण बिरामी परेकी उनलाई जोमसोम अस्पतालमा उपचार लगिएको थियो। उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। लेक लागेर मृत्यु भएकी महिलाको शव हेलिकोप्टरमार्फत् काठमान्डौं लगिएको उनले जनाए । त्यसैगरी भारतको तामेलनाडुबाट मुक्त...
खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना
खेलकुद, समाचार, स्वास्थ्य

खाँदबारी युथक्लबद्वारा“पर्यटन प्रवर्धन,खाँदबारी रन” आयाेजना

“पर्यटन प्रवर्धन,खाँदबारी रन” मनाेरञ्जन संगै आफ्नाे स्वास्थ्यमा सुधार ल्याऔ, असाेज २८ गते “खाँदबारी रन” मा सहभागि बनाैं ।