स्वास्थ्य Archives - Page 7 of 8 - साझाकुरा
बिहिबार, माघ २, २०८२

स्वास्थ्य

अज्ञात समुहले दल्याे ब्यवसायि दुर्गा प्रसाईंलाई कालोमोसो
मुख्य समाचार, स्वास्थ्य

अज्ञात समुहले दल्याे ब्यवसायि दुर्गा प्रसाईंलाई कालोमोसो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्।  काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्। उक्त होटलमा पत्रकार सम्मेलन सकेर बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो किन र कसले दलेकाे हाे भन्नेबारेमा अनुसन्धानअघि बढाईएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारि दिए । ...
जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार, आकस्मिक बाहेकका सबै सेवा ठप्प
स्वास्थ्य

जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार, आकस्मिक बाहेकका सबै सेवा ठप्प

सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुका स्वास्थ्यकर्मी माथि अस्पतालमै दुर्व्यवहार भएको छ । अस्पतालमा उपचारका लागि आएका एक बिरामीले उपचारकै क्रममा सोमवार ड्युटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपातको प्रयास गरेका जनाइएको छ । अस्पताल प्रमुख डा प्रशान्त शाहका अनुसार सोमवार दिउँसो उपचारका लागि आएकाे भन्दै जाँडरक्सी खाएर गरेर अस्पताल प्रवेश गरेका एक व्यक्तिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हातपात गर्दै अस्पतालमा समेत तोडफोडको प्रयास गरेका थिए । जाँडरक्सी खाएर गरेर गाडी चलाएका कारण दुर्घटनामा परि  उपचारका लागि आएका ती व्यक्तिले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु माथि अपशब्द प्रयोग गर्दै जाइ लागेका अस्पतालले जनाएको छ । उनलाई अस्पतालले सामान्य उपचार पश्चात् प्रहरीको जिम्मा लगाएको अस्पताल प्रमुख डा. शाहले बताउनुभयो । घटनाको जिल्ला अस्पतालले भर्त्सना गरेको छ । सोमवार रात...
कोरोनाविरुद्धको खोप पत्ता लगाउने दुई वैज्ञानिकलाई नोबेल पुरस्कार
स्वास्थ्य

कोरोनाविरुद्धको खोप पत्ता लगाउने दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

यस वर्षको भौतिक विज्ञान तथा औषधि विज्ञान बिधाको नोबेल पुरस्कार अमेरिकी जीव शास्त्रीद्वय कटलिन करिको र ड्रे वायसमानलाई प्रदान गरिएको छ । कोभिड १९ विरुद्धको प्रभावकारी खोप विकास गर्न सक्षम बनाउने न्यूक्लियोसाइडमा आधारित परिमार्जन सम्बन्धी खोज गरेको आधारमा उनीहरुलाई नाबेल पुरस्कार प्रदान गरिएको हो । सन् २०२० को अन्त्यमा न्यूक्लियोसाइडमा आधारित दुई अत्यधिक सफल खोपहरूको अनुमोदन गर्न कटलिन करिको र ड्रे बायसमानको भुमिका महत्वपुर्ण रहेको भन्दै पुरस्कार प्रदान गरिएको हो । सो खोपले कोरोना कालमा लाखौँ मानिसको ज्यान जोगाएको थियो । सन् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापित यो पुरस्कार भौतिक शास्त्र, रसायन शास्त्र, जीवशास्त्र, साहित्य, शान्ति, चिकित्सा र अर्थशास्त्र विधानमा प्रदान गरिन्छ । नोबेल पुरस्कार विजेतालाई बाह्र लाख अमेरिकी डलर प्रदान गर्ने गरिन्छ । ...
जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन
समाचार, स्वास्थ्य

जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन

ओखलढुंगा । जिल्ला समन्वय समिती ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । शनिबार राती १० बजे शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा उपचारको क्रममा ७३ वर्षको उमेरमा खनालको निधन भएको हो । खनाल लामो समय देखी क्यान्सर रोग बाट पीडित थिए । जिसस प्रमुख खनाल केही महिना अघि थप अवस्थ भएपछी उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको उनका भतिज एवम् नेपाली काँग्रेस जिल्ला सभापती तेजेन्द्र खनालले बताए । यस अघि नेपाल तथा भारताका विभिन्न अस्पतालमा उनको उपचार प्रयास गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समिती सभापती खनालले जानकारी दिए ।खनाल नेपाली काँग्रेसको तर्फबाट जिल्ला समन्वय समिती ओखलढंगाको प्रमुख बनेका हुन् । खनाल नेपाली काँग्रेस जिल्ला कार्य समिती ओखलढुंको पुर्व कोषाध्यक्ष, उपाध्यक्ष साथै महासमिती सदस्य भएका थिए । खनालको परिवारमा दुई छोरा र दुई छोरी छन् । आज आईतबार पशुपती आर्य घाटमा खना...
केएमसीमा डाक्टर कुटिएपछि अस्पतालका स्वास्थ्यकर्मीहरूको विरोध प्रदर्शन, सिनामंगल क्षेत्रमा तनाव
स्वास्थ्य

केएमसीमा डाक्टर कुटिएपछि अस्पतालका स्वास्थ्यकर्मीहरूको विरोध प्रदर्शन, सिनामंगल क्षेत्रमा तनाव

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अध्ययनरत चिकित्सकलाई बिरामीका आफन्तले कुटपिट गरेका छन् । पोखरास्थित मणिपाल अस्पताललगायतमा भएको घटनापछि आन्दोलनरत चिकित्सकहरूसँग सरकारले सहमति गरेको भोलीपल्ट नै राजधानीमा पुनस् डाक्टर कुटिएका छन् ।केएमसीका अध्ययनरत एक चिकित्सकका अनुसार ओपीडीमा कार्यरत इन्टर्न डा, मनिष खड्कामाथि बिरामीका आफन्तहरूले हातपात गरेसँग त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन सुरु गरेका हुन् । उनको अनुसार इन्टर्न चिकित्सकले ओपीडीमा जम्मा भएर हल्लाखल्ला नगर्न र बाहिर गएर पर्खन भनेपछि एक बिरामीका आफन्तले ती चिकित्सकलाई गाली गर्दै कुटपिट गर्न सुरु गरेका थिए । उनीहरूले ती चिकित्सकलाई उचालेर भूइँमा पछार्नुका साथै चिकित्सकलाई जोगाउन गएकी एक महिला एटेन्डेन्टलाई पनि हातपात गरेका छन् । घटनापछि अस्पतालतमा कार्यरत चिकित्सक तथा इन्टर्नहरूका साथै स्वास्थ्यकर्मीले अस्प...
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति
स्वास्थ्य

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुंदे सहमती भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा हिजो भएको वार्तामा ६ बुँदे सहमति भएको हो । सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, त्यसका लागि सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने, दोषीलाई कानुनअनुसार कारबाही गर्ने, कानुन संशोधन गरेरै भए पनि दोषीलाई हदैसम्मको कारबाही गर्ने र त्यसका लागि आवश्यक कानुन संशोधन प्रक्रिया अघि बढाउने, कुटपिट र दुव्र्यवहारका घटनाको कारक पत्ता लगाउन उच्चस्तरीय कार्यदल गठन गर्ने र आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । पछिल्लो समय पोखरा, चितवन, हेटौँडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटनलगायतका अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितत...
सुनसरीमा १ सय २० केजी गाँजासहित ६ जना पक्राउ
स्वास्थ्य

सुनसरीमा १ सय २० केजी गाँजासहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरापुल नजिकै १ सय २० केजी गाँजासहित प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ ।  प्रहरीले बराहक्षेत्र जाने सडकबाट हिजाे  प्रदेश १–०२–०५० प ६३०४ नम्बरको माेटरसाइकल र  बीआर ०२ आर ९९९४ नम्बरको जीपमा लैजाँदै गरेकाे गाँजासहित उनीहरुलाई पक्राउ गरेकाे हाे।  पक्राउ पर्नेमा भारतका ३६ वर्षीय महोम्मद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरीका देवनागञ्ज गाउँपालिका ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन् । नियन्त्रणमा लिएकाे गाँजा, जीप, माेटरसाइकल र पक्राउ परेका छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएकाे प्रहरीले जनाएकाे छ । ...
डेङ्गीका  बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम
स्वास्थ्य

डेङ्गीका बिरामी बढ्दै, अझै एक महिना उच्च जोखिम

डेङ्गी सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । सङ्क्रमण जोखिम अझै एक महिना उच्च रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरिएको छ । लामखुट्टेकाे टोकाइबाट सर्ने डेङ्गी रोग यस वर्ष पनि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा देखिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रवार बिहान साढे १० बजे सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । त्यस्तै, पालिकामा पनि डेङ्गी नियन्त्रण र रोकथामका प्रयास भए पनि प्रभावकारी हुन सकेको छैन । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशका ७६ जिल्लामा गरी यसवर्ष ३२ हजार ८ सय ९७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकोमा २० जनाले ज्यान गुमाएका छन् । यसवर्ष उच्च प्रभावित पाँच जिल्ला सुनसरी, झापा, धादिङ, मोरङ र तनहुँ रहेका छन् । त्यसमा पनि १६ हजारभन्दा धेरै सुनसरीमा सङक्रमित भएका छन् । काठमाण्डौका तीन जिल्लामा पनि सङ्क्रमण जोखिम छ । काठमाण्डौ महानग...
मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा ७ जना पक्राउ
स्वास्थ्य

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा ७ जना पक्राउ

मणिपाल अस्पतालमा भएको तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङ छन् । उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान गरिने कास्कीका एसपी मोहन थापाले जानकारी दिए । बिरामीको मृत्यु भएको विषयलाई लिएर मणिपालमा डाक्टरमाथि कुटपिटका साथै अस्पतालमा तोडफोड भएको थियो । ...
आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह
स्वास्थ्य

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।  आज शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गर्नुभयो । उहाँले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो । चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उहाँले प्रतिबद्धता जनाउनुभयो ।  ‘यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ । पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ । आन्दोलन फिर्ता लिएर सेवामा फर्किन अनुरोध छ’, उहाँले भन्नुभयो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका धेरैजसो...