समाचार Archives - Page 37 of 77 - साझाकुरा
सोमवार, माघ ६, २०८२

समाचार

माओवादी मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता लिने
राजनीति, समाचार

माओवादी मन्त्रीहरूले दिए राजीनामा, समर्थन पनि फिर्ता लिने

श्रावण ११ कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् । शुक्रबार माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएसँगै माओवादी कोशी प्रदेस सरकारबाट अलग्गिएको छ । शुक्रबार राजीनामा दिए पनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिएको पूर्व भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेतिले बताए उनले चाँडै नै माओवादी केन्द्रको संसदीय दलको बैठक डाकेर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिईने बताए । माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा ३ जना मन्त्री र एक जना राज्यमन्त्रीका रुपमा नियुक्त भएका थिए ।...
विद्युत प्राधिकरण नेतृत्वले सरकारलाई सहयोग नगरेको ऊर्जामन्त्री खड्काको आरोप
अर्थ/व्यापार, समाचार

विद्युत प्राधिकरण नेतृत्वले सरकारलाई सहयोग नगरेको ऊर्जामन्त्री खड्काको आरोप

श्रावण ११ ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरण नेतृत्वले सरकारलाई सहयोग नगरेको आरोप लगाएका छन् । सरकारी निकायले आफ्नो उत्तरदायित्व भुलेर उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्ने जस्तो गैरजिम्मेवार कार्य गरेकोमा उनले प्राधिकरणको नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा डेडिकेटेड तथा ट्रंक लाईनको वक्यौता रकम असुली गर्ने क्रममा प्राधिकरणले ६ वटा उद्योगको विद्युत आपूर्ति बन्द गरिएको सन्दर्भमा छलफल डाकिएको थियो । उक्त छलफलका क्रममा मन्त्री खड्काले सरकारको निर्णय नमान्ने भन्ने पनि हुन्छ र र भनि प्रश्न राखेका थिए । उद्योगि ब्यवसायीप्रति लचक देखिएका मन्त्री खड्काले विद्युत प्राधिकरणले उद्योगीहरुसँग बसेर छलफलको निश्कर्ष निकाली सरकारलाई बुझाउन समेत निर्देशन दिए । उनले विद्युत आपूर्ति नरोक्ने तर आवश्य...
विमान दुर्घटनाका पिडित परिवार भन्छन् : उचित क्षतिपुर्ति नदिए शव बुझ्दैनाैं
राजनीति, समाचार, समाज

विमान दुर्घटनाका पिडित परिवार भन्छन् : उचित क्षतिपुर्ति नदिए शव बुझ्दैनाैं

श्रावण ११ विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले उचित क्षतिपुर्तिकाे ब्यवस्था नगरे शव नबुझ्ने अडान राखेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुले अडान राखेका हुन् । गत बुधबार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । ‘ बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने, सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोगजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्ने मृतकका आफन्तकाे अडान छ । बुधबार भएको विमान दुर्घटनामा मृत्यु भएका सबैको शव पहिचान भईसकेकाे छ ।...
भारतमा फैलिँदै प्राणघातक चाँदीपुरा भाइरस
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा फैलिँदै प्राणघातक चाँदीपुरा भाइरस

श्रावण ११ भारतको गुजरात राज्यमा चाँदीपुरा भाइरसबाट ४४ जनाको मृत्यु भएको छ भने हालसम्म ५ दर्जन बढिको उपचार भैरहेको जनाईएको छ । गुजरातका स्वास्थ्य मन्त्रालयले त्यहाँ हालसम्म १२४ जनामा चाँदीपुरा भाइरस प्रमाणीत भएको छ ति मध्ये अधिकांश ग्रामिण भेगमाफेला परिसकेको छ। ग्रामिण भेगमा देखिएको उक्त भाइरस पछिल्लो समय गुजरातको हमदावाद, वडोदरा, राजकोट, सुरत लगायतका जनाधार रहेका ठूला सहरहरूमा पनि यो भाईरस संक्रमण फैलँदै गएको गुजरात सरकारले जनाएको छ । गुजरात बाहेक राजस्थानमा पनि चाँदीपुरा भाइरसको सङ्क्रमण देखिएको छ । राजस्थानमा हालसम्म ६ जनामा चाँदीपुरा भाइरसको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ। अन्य ५ जनाको उपचार भइरहेको छ। त्यस्तै मध्यप्रदेश र महाराष्ट्रमा पनि चान्दीपुरा भाइरस पुष्टि भएको छ। चान्दीपुरा भाइरस आरएनए भाइरस हो। यो सबैभन्दा धेरै पोथी प्लेबोटोमाइन प्रजातिको झिङ्गाबाट फैलिन्छ। ...
कोशी प्रदेश सरकार छाड्दै माओवादी
राजनीति, समाचार

कोशी प्रदेश सरकार छाड्दै माओवादी

श्रावण ११ नेकपा माओबादी केन्द्र आज कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ । गएको असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रीय सरकारमा गठबन्धन गर्ने सहमति भएपछि एमालेको नेतृत्वमा माओबादी सहित बनेको कोशी सरकारबाट माओबादी बाहिरिन लागेकोजनाईएको छ । केन्द्रिय तालमेल अनुशार नै प्रदेशमा पनि सरकार निर्माण हुने निश्चित भैसकेकाले माओबादी सरकारबाट बाहिरिन लागेको माओवादी केन्द्रले जनाएको छ।   कोशी प्रदेश सरकारमा माओवादीबाट स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, भौतिक पूर्वाधार विकास मन्त्री  गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर मन्त्रीमा नियुक्त भएका थिए । यस्तै माओबादीबाट पर्यटनमा बन्दना झागर राज्यमन्त्री रहेका थिए ।...
गायक एलपी जोशीको ८८ वर्षको उमेरमा निधन
समाचार

गायक एलपी जोशीको ८८ वर्षको उमेरमा निधन

श्रावण ११ गायक लक्ष्मीप्रसाद  अर्थात एलपी जोशीको ८८ वर्षको उमेरमा निजि निवास झापामा निधन भएको छ । झापाको दमक–१ मा बसोबास गरिरहनुभएका जोशी हिजो बेलुका देखि बेहोस अवस्थामा रहनुभएको र वहाँको लाइफ लाइन अस्पतालमा उपचारकै क्रममा निधन भएको जनाईएको छ । वि.सं. १९९३ मा धनकुटामा जन्मनुभएका गायक जोशीले रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौँ पूर्वेली लोकभाकाका  गीत कालजयी गीतहरु गाउनुभएको थियो । वहाँ कुशल गायक मात्र नभएर सफल अभिनेता पनि हुनुहुन्थ्यो । जोशीले चलचित्र ‘हिजो आज भोलि’ लगायत बिभिन्न  नौवटा चलचित्रमा अभिनय निभाउनु भएको थियो ।...
कीर्तिपुरका मेयर नकर्मीको निधन
समाचार

कीर्तिपुरका मेयर नकर्मीको निधन

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ । उनकाे पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर  श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिए । नकर्मी लामाे समयदेखि मिर्गौला राेगबाट पीडित थिए । मिर्गौलामा समस्या आएपछि उनी २ साउनमा वीरमा भर्ना भएका थिए । मेयर नकर्मीले आफ्नो स्वास्थ्यमा निरन्तर समस्या आएपछि १ साउनमा नै सुनिता शाक्यलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिएका थिए । श्राेत: अनलाईन खबर...
उद्धारको काम सकिएपछि त्रिभुवन विमानस्थल संचालनमा
समाचार

उद्धारको काम सकिएपछि त्रिभुवन विमानस्थल संचालनमा

साउन ९, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । आज बिहान सौर्य एअरलाइन्सको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो । उद्धारका क्रममा एक घण्टा बन्द भएको विमानस्थल अहिले नियमित सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो । बिहान ११ बजेर ११ मिनेटमा सौर्यको  एन–एएमई जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको ज्यान गएको छ । घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेनको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तसवीर रासस...
जहाज दुर्घटनाः क्याप्टेनको जीवितै उद्धार, १८ जनाको ज्यान गयो, सबै सौर्यकै कर्मचारी
समाचार

जहाज दुर्घटनाः क्याप्टेनको जीवितै उद्धार, १८ जनाको ज्यान गयो, सबै सौर्यकै कर्मचारी

साउन ९, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परि १८ जनाको ज्यान गएको छ । जहाजका क्याप्टेन जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरि अहिले केएमसी अस्पतालमा लगिएको छ । शाक्यको टाउकोमा चोट लागेको छ । दुर्घटना भएको जहाजमा सौर्य एअरलाइन्सकै प्राविधिक र इन्जिनियरहरू रहेका प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार जहाजमा १७ जना प्राविधिक र इन्जिनियर तथा दुई जना चालक दलका सदस्य थिए । दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको नेपाली सेनाले जानकारी दिएको छ । नेपाल प्रहरीले भने १५ जनाको ज्यान गएको र चार जनाको उद्धार गरिएको जनाएको छ । जहाज आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको थियो । इन्जिन परीक्षणका लागि प्राविधिक र इन्जिनियर सहित जहाज पोखरातर्फ उड्न लागेको पारंभि...
गाजाको दक्षिणी शहर खान युनिसमा इजरायलको आक्रमणबाट ७० जनाको ज्यान गयो
अन्तर्राष्ट्रिय, समाचार

गाजाको दक्षिणी शहर खान युनिसमा इजरायलको आक्रमणबाट ७० जनाको ज्यान गयो

श्रावण ८ गाजाको  दक्षिणी शहर खान युनिसमा इजरायली आक्रमणमा परि ७० जनाको ज्यान गएको छ । विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयकाअनुसार इजरायली आक्रमणमा परि कम्तिमा ७० जनाको ज्यान गएको हो । इजरायलले प्यालेस्टाइनी विद्रोहीलाई लक्षित गरी कारबाही अघि बढाउने भन्दै गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो घटना भएको बीबीसीले जनाएको छ । इजरायली सेनाले हिजो बिहान खान युनिसको पूर्वी क्षेत्रबाट उच्च विद्रोही गतिविधि र रकेट आक्रमण भएको बताएको थियो । यो क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई अल–मवासी आवासीय क्षेत्रमा जान भनिएको छ । श्राेत:उज्यालाे अनलाईन...