“पर्यटन प्रवर्धन,खाँदबारी रन”काे सम्पुर्ण तैयारि पुरा
नेपालीहरुको महान चाड दशैं, तिहार र छट पर्वको अवसरमा संखुवासभाकाे खाँदबारी युथ क्लबले आयाेजना गर्ने "खाँदबारी रन”काे सम्पुर्ण तैयारि पूरा भएकाे क्लबले जनाएकाे छ ।
भाेली आईतबार बिहान् ठिक ७:३० बजे खाँदबारी स्थित टुडिखेलबाट विशेष कार्यक्रमका साथ रन शुरुगरिने सम्पुर्ण तैयारि पुरा भएकाे क्लबका महासचिब सुरेन शाक्यले जानकारी दिए खाँदबारी रनमा करिब पाँचसय बढिकाे सहभागिता रहने अपेक्षा रहेकाे शाक्यले जनाए । भाेलि हुने प्रतियाेगितामा बिभागिय पुरुष टिम,खुल्ला पुरुष टिम र खुल्ला महिला टिम गरि तिन वटा बिधामा प्रतिश्पर्धा गराईने क्लबले जनाएकाे छ ।
बिभागिय पुरुष टिमका लागि खाँदबारी टुडिखेलबाट खाँदबारी ३ स्थीत ठुलोढुङ्गा पुगि लबिङ्गहिलको मार्ग हुँदै पुन खाँदबारी टुडिखेल, खुल्ला पुरुष टिमका लागि खाँदबारी टुडिखेल हुँदै खाँदबारी ३ स्थीत चेवा झर्ने बाटो पुगि लबिङ्ग हिलको मार्ग हुँदै पुन खाँदबारी टुडि...









