स्वास्थ्य Archives - Page 8 of 8 - साझाकुरा
बिहिबार, माघ २, २०८२

स्वास्थ्य

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै
स्वास्थ्य

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य सङ्गठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । पछिल्लो समय मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।  सरकारी तथ्याङ्क अनुसार झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ । २० प्रतिशतलाई कोलेस्टेरोल छ । १० प्रतिशतलाई मधुमेह छ । आधुनिक जीवनशैली, अस्वस्थ खानपान र अल्छिपनाका कारण मुटु रोगको जोखिम बढिरहेको मुटु रोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले बताउनुभयो । जाँडरक्सी, सुर्ती चुरोट नखाए तथा चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा नखाए मुटु रोगबाट बच्न सकिन्छ । यस्तै,  सकभर मासु कम खाने, सागपा...
कोशी प्रदेशमा यो वर्ष मात्रै डेंगीबाट १७ जनाको मृत्यु, ३० हजार ३ सय ३० बढी संक्रमित
स्वास्थ्य

कोशी प्रदेशमा यो वर्ष मात्रै डेंगीबाट १७ जनाको मृत्यु, ३० हजार ३ सय ३० बढी संक्रमित

कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा डेङ्गु सङ्क्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् । तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार ४ सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । कोशी प्रदेशका १४ जिल्लाभरी डेङ्गु फैलिएको छ । निर्देशनालयका अनुसार मोरङमा ४ हजार २ सय ४२ जना सङ्क्रमित छन् भने एक जनाको मृत्यु भएको छ । झापामा २ हजार ९ सय ६४ जना सङ्क्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको भएको छ । यस्तै, उदयपुरमा पनि १ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।...
मणीपाल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
स्वास्थ्य

मणीपाल अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द

मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर बुधबार पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । चिकित्सकमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेको भन्दै नेपाल चिकित्सक संघ गण्डकीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्न आह्वान गरेकामा त्यसमा नेपाल चिकित्सक सङ्घले ऐक्यबद्धता जनाएको थियो । गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार आकस्मिकबाहेकका सेवा बन्द गरिएको निर्देशक भरत खत्रीले बताउनुभयो । आकस्मिकबाहेकका सेवा बन्द हुँदा गाउँगाउँबाट उपचारका लागि आएका बिरामी समस्यामा परेका छन् । ...
क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनार्थ अर्बुद रोग निवारण संस्थाले पदयात्रा गर्ने
समाचार, स्वास्थ्य

क्यान्सर डाइग्नोसिस सेन्टर स्थापनार्थ अर्बुद रोग निवारण संस्थाले पदयात्रा गर्ने

४१ औं वार्षिकोत्सवको अवसरमा नेपाल अर्बूद रोग निवारण संस्थाले क्यान्सर डाइग्नोसिस सेन्टर स्थापना गर्ने उदेश्यले पदयात्रा कार्यक्रमको आयोजना गर्नेभएको छ । आगामि भदौ ३० गते शनिबार “स्टेपिङ फरवार्ड फर क्यान्सर फ्री फ्युचर” भन्ने नारा साथ आयोजना हुने पदयात्रा कार्यक्रम इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा हुनेछ भने उक्त पदयात्रा काठमाण्डौंको खुल्लामञ्चबाट सुरु भई भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, टेकू, परोपकार, काष्ठमण्डप, दरबार स्क्वायर, न्यूरोड गेट, रानी पोखरी, दरबार मार्ग हुँदै ७ किलोमिटरको यात्रा पछि खुल्लामञ्चमा नै आई टुंगिने आयोजक संस्था नेपाल अर्बूद रोग निवारण संस्थाका केन्द्रिय सदस्य दीपेन्द्र बान्तवाले जानकारी दिए । “क्यान्सर रोगवाट बच्ने उपाय र विधि बारेमा चेतना जगाउने, पीडितको उपचारमा थप सहयोग जुटाई परिवारका सदस्यहरुको आर्थिक बोझ व्यवस्थापनमा सहयोग गर्ने तथा क्यान्सर रोगबाट बच्...
यी लक्षण,जसले क्षयरोगको संकेत गर्छ
अन्तरवार्ता, स्वास्थ्य

यी लक्षण,जसले क्षयरोगको संकेत गर्छ

डा.राजु पंगेनी टिबी एवं क्षयरोगले शरीरको कुनैपनि भागलाई असर गर्नसक्छ । तर, धेरैजसो फोक्सो, घाँटी, हड्डी, पेट, मस्तिष्कमा यसको असर रहन्छ । क्षयरोगबाट सबैभन्दा बढी फोक्सो प्रभावित हुन्छ । ७० देखी ८० प्रतिशतलाई फोक्सोको क्षयरोग देखापर्छ । क्षयरोग एक सङ्क्रमित व्यक्तिबाट अर्कोमा सर्छ । के कारणले हुन्छ यो माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको कारणले हुन्छ । यो ब्याक्टेरियाले प्रायः फोक्सोलाई निशाना बनाउँछ, तर यसले फोक्सोका साथै शरीरका अन्य भागहरूलाई पनि क्षति पु¥याउँछ । यो हावाबाट सर्ने रोग हो । क्षयरोग लागेको व्यक्तिले हाच्छ्युँ गर्दा वा खोक्दा माइक्रोब्याक्टेरिया हावाको माध्यमबाट अन्य व्यक्तिमा सर्छ । यदि कसैको प्रतिरक्षा प्रणाली कमजोर छ भने ऊ सजिलै क्षयरोगको सिकार हुन सक्छ । कसरी थाहा हुन्छ ? क्षयरोगको सामान्य लक्षणहरूमा २ हप्ता भन्दा बढी ज्वरो आउने हुन्छ, जुन...
क्यान्सर पिडितलाई सम्पूर्ण शय्या निःशुल्क
स्वास्थ्य

क्यान्सर पिडितलाई सम्पूर्ण शय्या निःशुल्क

भाद्र १३ चितवनमा रहेको बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले सम्पुर्ण शैया निशुल्क गर्ने भएको छ । कार्यकारी निर्देशक डा शिवजी पौडेलको नियुत्ति हुनासाथ बसेको ब्यवस्थापन समितिको पहिलो बैठकले त्यहाँ रहेका साधारण शैया निशुल्क गर्ने घोषणा गरेको हो । यो निर्णय आगामी असोज १ गतेदेखि कार्यान्वयनमा आउने निर्णय भएको कार्यकारी निर्देशक डा शिवजी पौडेलले बताए । उनले अस्पतालका सघन उपचार कक्ष ९आइसीयू०, पोष्टअप र क्याबिनबाहेकक अन्य सम्पूर्ण जनरल बेडहरुमा लाग्दै आएको शुल्क पुर्णरुपमा हटाईएको बताए । चितवन स्थीत बिपी कोईराला मेमोरियल क्यान्सर अस्पताललमा हाल सांलनमा रहेको कुल ४सय ५० मध्ये तीन सय ५० को हाराहारीमा रहेको साधारण शैया अवदेखि निशुल्क रुपमा उपलब्ध हुनेछ । त्यसैगरि अस्पतालमा भर्ना हुने बिरामीको खाना र खाजा समेत निशुल्क उपलब्ध गराईने भएको छ । उक्त बैठकले चितवन स्थीत बिपी कोईराला मेमोरिय...