असार १९
युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेहरुको सङ्ख्या ३० नाघेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा राष्ट्रपति जेलेन्स्कीले आक्रमणको छिट्टै बदला लिने प्रतिकृया दिए ।
यसैबीच युरोपियन युनियनका शीर्ष कूटनीतिज्ञले मस्को माथि नयाँ प्रतिबन्धहरू प्रस्ताव गरेका छन् भने जेलेन्स्कीले प्याट्रियट एयर–डिफेन्स मिसाइलहरू निर्माण गर्ने इजाजतपत्रका लागि दबाब दिएका छन्।
संयुक्त राष्ट्रसङ्घका प्रमुख महासचिव एन्टोनियो गुटेरेसले विनासकारी रूसीको आक्रमणको निन्दा गर्दै युद्धविरामको आह्वान गरेका छन् ।
नागरिक र नागरिक पूर्वाधार माथि आक्रमणहरू अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट उल्लङ्घन भन्दै उनले यसलाई तुरुन्तै रोक्नुपर्ने बताएको उनका प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गरे। यद्यपी क्रेमलिनले आफ्नो कुनै सम्झौता नगर्ने दावी गर्दै किएभ माथि ‘दबाब’ बढाउने प्रतिवद्धता गरेको छ। मेयर भिटाली क्लिट्स्कोले यसलाई ‘राजधानीमा रूसको सबैभन्दा ठुलो आक्रमण’ भनेर वर्णन गरेका छन्।
युक्रेनको राज्य आपतकालीन सेवाले उक्त आक्रमणमा ३० जनाको मृत्यु भएको पुष्टि गरेको छ।सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले ९१ जना घाइते भएको बताए। रेड क्रसको युक्रेनी शाखाले यसको मुख्य गोदाम नष्ट भएको र करिब २० लाख डलरको मानवीय सहायता गुमेएको बताएको छ।
आक्रमणले कूटनीतिज्ञहरू बस्ने भवनलाई पनि क्षति पुगेको बताउदै ईयूकी प्रवक्ता अनिट्टा हिप्परले कूटनीतिज्ञहरू भने सुरक्षित रहेको उल्लेख गरिन्। क्रिवी रिगमा मिसाइलले प्रहार गर्दा दुई जना घाइते भएको केन्द्रीय सहरको सैन्य प्रशासनका प्रमुखले बताए। किएभले आफ्ना सहयोगीहरूलाई थप हवाई सुरक्षा पठाउन आग्रह गरेको छ।
युजेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘केही समय देखि युक्रेन विरुद्ध ठुलो आक्रमणको तयारी गरिरहेको’ बताएका थिए।