स्थानीयको भावनालाई ठेस पुर्याएर कुनै आयोजना अघि बढाईनु हुँदैनः आयोग अध्यक्ष राम बहादुर थापा मगर
जेष्ठ ३०
राष्ट्रिय आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगरले स्थानीयको भावनालाई ठेस पुर्याएर कुनै आयोजना अघि बढाईनु उचित नहुने धारणा राख्नुभएको छ ।
अध्यक्ष राम बहादुर थापा मगरले बरुण हाईड्रो र मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको स्थलगत अवलोकन समेत गर्नूभएको छ । जेष्ठ २७ र २९ गते संखुवासभाको बरुण हाईड्रो र मकालु बरुण राष्ट्रिय निकुञ्जले आदीबासि जनजातिको दैनीक जिवनमा पार्ने असर र यसको रोकथाम तथा न्युनिकरणका लागि सरकारले खेल्नुपर्ने भुमिकाका बिषयमा अध्ययन भ्रमणपछि सरकारलाई प्रतिवेदन बुझाईने आयोजगका अध्यक्ष थापामगरले बताउनु भयो । आज संखुवासभाको सदरमुकाम खाँदबारीमा एक पत्रकार सम्मेलनको आयोजना गरि वहाँले आफ्नो टिमले गरेको स्थलगत भ्रमणका बारेमा जानकारी दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षता तथा राष्ट्रिय आदिवासी जनजाति आयोगका अध्यक्ष र...









