मुख्य समाचार Archives - साझाकुरा
बिहिबार, असार ११, २०८३

मुख्य समाचार

लुम्बिनीमा भुमिगत बंकर बनाउँदै अमेरिकी संस्था
मुख्य समाचार, समाचार

लुम्बिनीमा भुमिगत बंकर बनाउँदै अमेरिकी संस्था

लुम्बिनीको भावी गुरुयोजनाविपरीत अमेरिकी संस्था राडरिक यासे इन्कले भूमिगत बंकर निर्माण गरेको भन्दै बिबाद उत्पन्न भएको छ । सन् २०१३ मा युनिभर्सल पिस सेन्चुरीका नामबाट राडरिक यासे इन्क नामक संस्थाले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको शान्तिवार्ताका लागि सुबिधा सम्पन्न बैठक÷ सम्मेलनस्थल बनाउने अभियानस्वरूप धर्मगुरु साल्पा रिम्बोचेले पुर्वाधार निर्माण अभियान सुरु गरेको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको संरचनाको हालसम्म ३० प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको उल्लेख गरिएको छ । तर, उक्त राडरिक यासे इन्क नामक संस्थाले विभिन्न सरकारका पालामा थप दुईवटा प्लट लिई भूमिगत बंकर नै निर्माण गर्न थालेपछि बिवाद सतहमा आएको स्थानीयको भनाई छ । लुम्बिनी शान्तिभुमीमा लुम्बिनी विकास कोषले उपलब्ध गराएको जग्गामा भूमिगत बंकर निर्माण गरिएपछि युनिभर्सल पिस सेन्चुरीका धर्मगुरु साल्पा अहिल...
भोटखोलामा पहिलो पटक पुग्यो सरकारी गाडी
मुख्य समाचार, समाचार

भोटखोलामा पहिलो पटक पुग्यो सरकारी गाडी

जेष्ठ २० बिश्व शक्ति राष्ट्रचिन र भारतलाई जोड्ने त्रिदेशिय लिंङ्क रोड संखुवासभाको भोटखोलामा पर्ने चिनको नाका किमाथांन्कामा पहिलो पटक सरकारी गाडि पुगेको छ । किमाथांन्काको पालिकास्थरिय योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष शाहना लामा सहितको टोलि पहिलो पटक भोटखोला गाउँपालिकाको गाडि लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाहरुमा खुशीयाली छाएको भोटखोला १ किमाथान्काका वडाध्यक्ष नुर्बू च्याबाले बताए । केहि हप्ता अगाडी किमाथान्का नाकासम्म ४ वटा ट्याक्टर समेत पुगेको थियो । ट्याक्टर पुगेको खुशीयालीमा त्यस क्षेत्रका बासिन्दाहरुले खुशीयाली नै मनाएका थिए । सदरमुकाम खाँदबारीबाट १५७ किलोमिटरको दुरीमा रहेको नेपालको किमाथान्का नाका चीनसंग सिमाना जोडिएको क्षेत्र हो । २०७७ साल माघ द्दछ गते खाँदबारी किमाथांन्का सडक खण्डको सबैभन्दा कठिन मानिएको अप्ठ्यारो चट्टानी क्षेत्र रहेको च्याम्ताङ् दे...
बिभेदकारी सञ्चार नितिको बिरोधमा संखुवासभाका पत्रकारहरु
मुख्य समाचार, समाचार

बिभेदकारी सञ्चार नितिको बिरोधमा संखुवासभाका पत्रकारहरु

जेष्ठ ११ नेपाल पत्रकार महासंघ संखुवासभाले सरकारको बिज्ञापन नितिको बिरोध गर्दै हस्ताक्षर अभियान संचालन गरेको छ । पत्रकार महासंघ केन्द्रको निर्देशन अनुशार गत जेष्ठ १८ गते मन्त्रीस्तरिय निर्णय गर्दै सरकारी बिज्ञापन सरकारी संचारमाध्यममा मात्रै प्रकाशन प्रसारण गर्न माताहतका कार्यालयहरुलाई निर्देशन दिएको थियो । सरकारी बिज्ञापनहरु सबै सञ्चार माध्यमहरुलाई समानुपातिक ढंगले बितरण गर्नूपर्ने, लोकतन्त्रको पहरेदारका रुपमा रहेको सञ्चार जगतको घाँटि निमोठ्ने गरि ल्याईएको बिधेयक तत्काल खारेज गर्नूपर्ने लगायतका माग रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले बताउनु भयो । खाँदबारीको चाँदनी चोकमा संञ्चालन गरिएको सरकारी निति बिरुद्धको हस्ताक्षर अभियानमा संखुवासभाका संचारकर्मी, स्थानीय तह, सरकारी तथा गैह्रसरकारी संस्थाको ऐक्यबद्धता र सरकारी निति बिरुद्ध आवश्यक आवाज बुलन्द गर्न...
बंगलादेशी सेनाप्रमुखद्वारा अन्तरिम सरकार गठनको घोषणा
अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

बंगलादेशी सेनाप्रमुखद्वारा अन्तरिम सरकार गठनको घोषणा

श्रावण २१ प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिई भारततर्फ लागेपछि त्यहाँको सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका छन् । ‘सेनाप्रमुख जमानले सबै राजनीतिक दलसँगको छलफलपछि त्यहाँ अन्तरिम सरकार गठनको निर्णय गरिएको जानकारी दिएका छन् । उनले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग त्यहाँ उत्पन्न बिषम परिस्थीतिसंग जुझ्नका लागि आवश्यक पहलकदमी शुरु गर्नलागिएको बताएका छन् । उनले आन्दोलनको क्रममा भएका सबै सहित र तिनका परिवारलाई सरकारले न्याय सुनिश्चित गर्ने प्रतिवद्धता समेत जनाएका छन् । जनरल वाकरले प्रधानमन्त्री शेख हसिना आफ्नो पदबाट राजीनामा बुझाएर देश छाडेर गएको पुष्टी गरेका छन् ।...
चितवनको दद्रेनी खोला पुल नजिक स्कुल बसमा आगजनी
मुख्य समाचार

चितवनको दद्रेनी खोला पुल नजिक स्कुल बसमा आगजनी

चितवन – भरतपुर महानगरपालिका २० दद्रेनी खोला पुलमा नचिनेका मानिसको समूहले स्कुल बसमा आगजनी गरेको छ । विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बाग्मती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसमा छ जनाको समूहले आगजनी गरेर भागेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । आगजनीबाट बस जलेर पूर्ण रूपमा क्षति भएको छ । बस जलाउने व्यक्तिहरूको पहिचान गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । बसमा लागेको आगो स्थानीय र प्रहरी मिलेर निभाएका थिए । उज्यालाे अनलाईन...
एनसेलको खरिदबिक्री काण्ड अध्ययनका लागि उच्च स्तरिय समिति गठन
मुख्य समाचार

एनसेलको खरिदबिक्री काण्ड अध्ययनका लागि उच्च स्तरिय समिति गठन

नेपाल सरकारले एनसेल शेयर खरिद बिक्रि प्रकरणको सम्बन्धमा अध्ययन गर्न पाँच सदस्य रहेको एक उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरिय अध्ययन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिईन् । उनले उच्चस्तरिय समितिलाई ३० दिनको कार्यावधी दिएको जानकारी गराउँदै समितिको सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्लेलाई नियुक्ति गरिएको बताईन् । ...
नेपाली युवालाई रूसी सेनामा पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मुख्य समाचार

नेपाली युवालाई रूसी सेनामा पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक

अबैध रूपले नेपाली युवालाई रूसी सेनामा पठाउने १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । रूस–युक्रेन युद्धपछि नेपाली युवालाई विदेश पठाएको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाण्डौले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनीष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् । उनीहरूमध्ये हरिबहादुर विश्वकर्मा, सुजाता दाहाल र ईश्वरी अधिकारी प्रमुख व्यक्ति रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विश्वकर्माले १८ जना पठाएको र ११ जनालाई पठाउने क्रममा रहेको जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीले बताउनुभयो । एसएसपी खत्रीका अनुसार विश्वकर्मा पूर्व सैनिक हु...
आजैदेखि टिकटक बन्द
मुख्य समाचार

आजैदेखि टिकटक बन्द

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटक आजैदेखि बन्द हुने बताएका छन्। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको श्रेष्ठले जानकारि दिए । उनले प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि टिकटक स्वत बन्द हुने बताए । ‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गरिएकाे श्रेष्ठकाे भनाई थियाे । ...
कलाकार तथा अभिनेत्री दिपाशा बीसीको निधन (नृत्यको भिडियो सहित)
मुख्य समाचार, समाज

कलाकार तथा अभिनेत्री दिपाशा बीसीको निधन (नृत्यको भिडियो सहित)

कलाकार तथा अभिनेत्री दिपाशा बीसीको निधन भएको छ। बुधबार राति विष सेवन गरेकी उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। अत्यधिक विष सेवनको कारण मृत्यु भएको संचारमाध्यममा उल्लेख गरिएको छ। नजिकको स्रोतका अनुसार उनले व्याजमा पैसा लिएको र समयमै तिर्न नसकेपछि ऋणदाताले बुवा आमालाई टर्चर दिएको कारण आत्महत्याको बाटो रोजेको कलाकारहरुले जनाएका छन्। फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी दिपाशाको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो। दिपाशा संखुवासभा स्थीत सुर्य सेकेण्डरी बोर्डिङ्ग स्कुल खाँदबारीले गत कार्तिक २१ गते आयोजना गरेको अभिभावक सम्मान तथा शुभकामना साँझमा भब्य प्रस्तुति दिएर दर्शक र श्रोताको मन जित्न सफल भएकि थिईन् । उनले हज्जारौं दर्शक र श्रोताको उपस्थीति रहेको उक्त सांगितिक कार्यक्रममा आधा दर्जन गितमा आकर्षक नृत्य प...
मेयरद्वारा आफ्नाे ६ महिनाको सुविधा भूकम्प पीडितलाई
मुख्य समाचार, समाज

मेयरद्वारा आफ्नाे ६ महिनाको सुविधा भूकम्प पीडितलाई

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा जाजरकाेट र रुकुम पश्चिमका भुकम्प पिडितलाई दिने घाेषणा गरेका छन् । उनले भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्प पीडितहरुको पुनर्स्थापना, गाँस, बास र आवास ब्यवस्थापनमा सहयाेगका लागि आफुले मासिक पाउँदै आएकाे ३९ हजार सुबिधा जाेडेर हुने जम्मा २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् । ...