शिक्षा Archives - साझाकुरा
सोमवार, असार ८, २०८३

शिक्षा

शिहेश्वरि माध्यमिक विद्यालय मकालु-५ नुममा एकदिवसिय बिपद प्रतिकार्य तालिम
शिक्षा, समाचार

शिहेश्वरि माध्यमिक विद्यालय मकालु-५ नुममा एकदिवसिय बिपद प्रतिकार्य तालिम

शिहेश्वरि माध्यमिक विद्यालय मकालु-५ नुममा एकदिवसिय बिपद प्रतिकार्य तालिम सम्पन्न भएकाे छ । ईन्द्रदल गुल्म खांदबारिकाे आयाेजनामा साे तालिम सम्पन्न भएकाे हाे । उक्त तालिममा कक्षा ९ र १० का १ सय १५ छात्र ,छात्राले बिपद प्रतिकार्यकाे कक्षामै तालिम प्रापत गरेका थिए भने स्कुल प्राङ्गणमा करिब ४ सय ५० बढि शिक्षक र विद्यार्थीलाई बिपद प्रतिकार्य सम्बन्धि प्रयाेगात्मक प्रशिक्षण दिईएकाे थियाे । कार्यक्रममा अग्नि जन्य बिपद, बाढिपहिराे र उद्धार र राहत सम्बन्धि प्रशिक्षण दिईएकाे थियाे । यस्ता प्राकृतिक बिपदहरु जुनसुकै समयमा आउनसक्ने भएकाले सँधै सचेत रहनुपर्नेमा जाेड दिईएकाे थियाे ।...
“हर  प्रहर गाउ र नगरी  टोल टोलमा नेपाल प्रहरी” कार्यक्रम
शिक्षा, समाचार

“हर प्रहर गाउ र नगरी टोल टोलमा नेपाल प्रहरी” कार्यक्रम

जिल्ला प्रहरी कार्याल्य संखुवासभाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “हर प्रहर गाउ र नगरी टोल टोलमा नेपाल प्रहरी” कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी निरिक्षक धिरज राईले महेन्द्र माध्यमिक बिद्यालय खाँदबारीमा अध्ययनरत एक सय बढि बालबालीकालाई शुक्रबार ल्रैंगिक हिंसा न्युनिकरण सम्वन्धी सचेतनामुलक प्रशिक्षण दिएका थिए । जिल्ला प्रहरी कार्यालय संखुवासभले बिगत लामो समय देखि यस किसिमका चेतनामुलक कार्यक्रमहरु गाउँ, टोल समुदाय र बिद्यालयहरुमा नियमित रुपमा संचालन गर्दैआएको प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए । डिएसपी मैनालीले यस किसिमका ज्ञानवर्धक र जनचेतनामुलक अभियानले अपराध न्युनिकरणमा ठुलो सहयोग पुग्ने बताए । ...
एसईईको नतिजा  २९ भित्र सार्वजनिक गर्ने तयारी
शिक्षा, समाचार

एसईईको नतिजा २९ भित्र सार्वजनिक गर्ने तयारी

बैसाख २४ राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा वैशाख २९ भित्र ल्याउनेगरी काम भइरहेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार इन्ट्री सकिएर रुजुगर्ने काम भइरहेको छ । ‘हिजोदेखि रुजु गरिरहेका छौं । काम धमाधम भइरहेको छ । २९ गतेभित्र नतिजा सार्वजनिक गर्छाैं । ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेकाे एसईई गत चैत १९ देखि २९ सम्म सञ्चलान भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो ।...
कर्मचारी संगठनहरुद्वारा आन्दोलनको चेतावनी
राजनीति, शिक्षा, समाचार

कर्मचारी संगठनहरुद्वारा आन्दोलनको चेतावनी

बैसाख २२ कर्मचारी संगठनहरुले कर्मचारीहरुको ट्रेड युनियनको व्यवस्था खारेज गर्ने निर्णय फिर्ता नलिए चरणवद्द आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशबाट कर्मचारीको ट्रेड युनियन खारेज गरिएको छ । सरकारी निर्णय विरुद्द कर्मचारीका ६ संगठनले विज्ञप्ति निकालेर ट्रेड युनियन अधिकार पुन:स्थापित गर्न माग गरेका हुन् ।...
स्थापना दिवसका अवशरमा नागरिक सम्बाद
शिक्षा, समाचार, स्वास्थ्य

स्थापना दिवसका अवशरमा नागरिक सम्बाद

मानव अधिकार तथा शान्ति समाज नेपालको २९ औं स्थापना दिवसका अवसरमा संखुवासभा शाखाले नागरिक सम्बादको आयोजना गरेको छ । शान्ति समाजले सोमबार सदरमुकाम खाँदबारीमा बैज्ञानिक शिक्षा र गुणस्तरिय स्वास्थ्य सेवा नागरिकको आधारभुत अधिकार बिषयक नागरिक सम्बादको आयोजना गरेको हो । लोकदर्शन शाक्यको सभापतित्वमा भएको कार्यक्रममा संखुवासभा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अनन्तकुमार गौली प्रमुख आतिथी रहनुभएको थियो भने संखुवासभा बिशिष्ठ अतिथी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष युवराज शाक्य, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, नेपाल रेडक्रस सोसाईटि संखुवासभाका सभापति सरोज कुमार बज्राचार्य, शान्ति समाजका पुर्व केन्द्रिय सदस्य निर्मला गुरुङ्ग, श्रृजनशिल सामुदायिक बिकास केन्द्रका अध्यक्ष राधादेवी बस्नेत नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्य, नागरिक समाजकी बेदकुमारी चापागाईं, लग...
महेन्द्र मा.बि. ले मनायो ७२ औं बार्षिकोत्सव (तसवीर सहित)
शिक्षा, समाचार

महेन्द्र मा.बि. ले मनायो ७२ औं बार्षिकोत्सव (तसवीर सहित)

संखुवासभा फागुन १३ संखुवासभा खाँदबारी ३ स्थीत महेन्द्र माध्यमिक बिद्यालयले बिबिध कार्यक्रमका साथ ७२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा बिद्यालयले पुर्व प्रधानअध्यापक, पुर्व बिद्यार्थी, जग्गादाता, चन्दादाता र अक्षयकोष दाताहरुलाई सम्मान गरेको हो । ७२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम समापन समारोहका प्रमुख अतिथी कोशी प्रदेशका माननीय संसद पुर्वमन्त्री राजेन्द्र कुमार कार्कीले महेन्द्र माध्यमिक बिद्यालयले जिल्लाको शैक्षिक उन्नयन र खेलकुदको बिकासका लागि गरेको योगदान अतुलनिय रहेको भन्दै शैक्षिक गुणस्तरमा पनि बिद्यालयको स्थीति उत्कृष्ट रहेको धारणा राखेका थिए । कार्यक्रममा जिल्लाका राजनितिक दलका प्रमुख बिभिन्न बिद्यालयका प्रधानअध्यापक, प्रमुख जिल्ला अधिकारी बिनोद खड्का नेपाली लगायत शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी र संचारकर्मीहरुको उल्लेख्य उपस्थीत...
वरुण क्याम्पसले फागुन ९ मा वरुण लोक सांस्कृतिक नृत्य प्रतियोगिता गर्ने
शिक्षा, समाचार

वरुण क्याम्पसले फागुन ९ मा वरुण लोक सांस्कृतिक नृत्य प्रतियोगिता गर्ने

फागुन १० सङ्खुवासभा सदरमुकाम खाँदबारीमा रहेको वरुण बहुमुखी क्याम्पसले 'संस्कृति संरक्षण र प्रवर्द्धनमा युवा सहभागीता' नारासहित वरुण लोक सांस्कृतिक नृत्य प्रतियोगिता शुक्रबारबाट शुरु हुने भएकाे छ । अरुण उपत्यकाको अगुवा शैक्षिक संस्था वरुणको आयोजनामा शुक्रबार हुन लागेको प्रतियोगितामा सुनसरी, मोरङ, धनकुटा, भोजपुर, तेह्रथुम जिल्लाका प्रतिनिधिमुलक क्याम्पस सहित सङ्खुवासभाका सम्पुर्ण क्याम्पसहरुको सहभागिता रहने प्रतियोगिता संयोजक नवराज कार्कीले जानकारी गराए ।  रैथाने कला संस्कृतिहरुको संरक्षण एवम् पुस्तान्तरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा आयोजित प्रतियोगितामा भोटे सेलो, कौडा नृत्य, सोरठी नृत्य, राउटे नृत्य, संगीनी नाच, कुमाल नृत्य, हुर्‍रा नाच, साकेला सिलि, धान नाच, मारुनी नृत्य आदिलाई एकै स्टेजमा प्रस्तुत हुने संयोजक कार्कीले बताए ।विश्वविद्यालय अनुदान आयोग र खाँ...
नयाँ शिक्षा ऐनको माग राख्दै संखुवासभामा शिक्षकहरु आन्दोलित
शिक्षा, समाचार

नयाँ शिक्षा ऐनको माग राख्दै संखुवासभामा शिक्षकहरु आन्दोलित

संखुवासभा, फागुन ६ (फोटो फिचर सहित) शिक्षक संगठनहरुको छाता संगठन नेपाल राष्ट्रिय शिक्षक महासंघले नयाँ शिक्षा ऐन लागु हुनुपर्ने माग राख्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । देशका ७ सय ५३ वटै पालिकाहरुमा आजबाट महासंघले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । यसै सन्दर्भमा नेपाल शिक्षक महासंघ संखुवासभाले खाँदबारी नगरपालिका लगायत जिल्लाका दशैवटा पालिका प्रमुखहरुलाई शिक्षा ऐन २०२८ खारेजी तथा नयाँ शिक्षा ऐनको माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । आज नेपाल राष्ट्रिय शिक्षक महासंघ र जिल्ला स्थीत शिक्षक संगठनहरुका प्रतिनिधीहरुले सबै शिक्षक संगठनहरुको अगुवाई गर्दै खाँदबारी नगरपालिकाका मेयर महेश थपलिया नगर शिक्षा संयोजक दीपकमणी घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । उनिहरुले शिक्षा ऐन २०२८ समय सान्दर्भिक र शिक्षकको हितमा नभएकाले नयाँ शिक्षा ऐन लागु गरि शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न आ...
केहि संचारमाध्यमले खेदो गरिरहेका छन्, आरोप प्रमाणित गर्न चुनौति दिन्छु? उर्जा जलश्रोत तथा सिंचाई मन्त्री खड्का
अर्थ/व्यापार, शिक्षा, समाचार

केहि संचारमाध्यमले खेदो गरिरहेका छन्, आरोप प्रमाणित गर्न चुनौति दिन्छु? उर्जा जलश्रोत तथा सिंचाई मन्त्री खड्का

संखुवासभा माघ ११ कृष्णराज शाक्य नेपाल सरकार उर्जा जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आफुमाथिको आरोप प्रमाणीत गर्न संचारमाध्यमलाई चुनौति दिएका छन् । गृहजिल्ला संखुवासभाको हिमालय माध्यमिक बिद्यालयको ७५ औं बार्षिकोत्सव तथा हिरक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खड्काले आफु बिरुद्ध केहि संचारमाध्यमहरुले लगाएको आरोम मिथ्या भएको बताउँदै उक्त आरोप प्रमाणित गरेर देखाउन चुनौति दिएका हुन् । नेपालका केहि संचारमाध्यमले आफुलाई खेदो गरिरिहेको र बिभिन्न अनर्गल मिथ्या आरोप लगाईरहेको भन्दै उक्त आरोप प्रमाणित भए आफुले राजनिति नै छाडिदिने बताएका हुन् । अहिले सरकार जलश्रोतको उपयोगमा जुटेको छ । सरकारका ढल्ने नयाँ सरकार बन्ने भन्ने हल्लाका कुरामा कुनै सत्यता नभएको भन्दै मन्त्री खड्काले यो सरकार पटक पटकको अस्थीर सरकारलाई बिस्थापित गर्दै बलियो सरकारका रुपमा स्थापित भएकाले सरकार ढल्नेकुरा हाँस्यास्पद भएको...
हिरक महाेत्सब मनाउँदै हिमालय मा.बि खाँदबारी
शिक्षा, समाचार

हिरक महाेत्सब मनाउँदै हिमालय मा.बि खाँदबारी

संखुवासभा माघ ९ संखुवासभाको खाँदबारी स्थीत श्री हिमालय माध्यमिक बिद्यालयले ७५ औं स्थापना दिवस तथा हिरक महोत्सवको उपलक्ष्यमा बिबिध कार्यक्रमहरुको आयोजना गर्दैआएको छ । पुर्व बिद्यार्थीहरुलाई सम्मान, बिभिन्न बिधाका खेलकुद, साँस्कृतिक नृत्य लगायतका प्रतिश्पर्धात्मक कृयाकलाप र श्रृजनात्मक हस्तकला प्रदर्शनिको कार्यक्रम समेत आयोजना गरिएको छ । माघ ५ गते देखि सप्ताहब्यापी रुपमा बिबिध कार्यक्रमका साथ मनाईएको हिरक महोत्सवको समापन कार्यक्रममा सिंचाई तथा जलश्रोत मन्त्री दीपक खड्कालाई प्रमुख अतिथीका रुपमा निमन्त्रणा गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर पराजुलीले जानकारी दिनुभयो । हिमालय माध्यमिक बिद्यालयका पुर्व बिद्यार्थीहरु अहिले नेपाल सरकारका उच्च पदस्थ प्रसासकका रुपमा समेत रहेका छन् भने सैयौंको संख्यामा पुर्व बिद्यार्थीहरु निजामति सेवा र युरोपियन देशहरुमा पुगेर प्रगतिउन्मु...