राजनीति Archives - साझाकुरा
बिहिबार, असार ११, २०८३

राजनीति

श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन
राजनीति, समाचार

श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन

संखुवासभा जेष्ठ २४ राष्ट्रिय स्वतन्त्र र्पािर्ट संखुवासभाले पुन भक्त नारायण श्रेष्ठको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपले चयन गरेको छ । हिजो संखुवासभाको खाँदबारीमा प्रतिनिधिसभा सदस्य डा। सुजाता तामाङले उद्घाटन गर्नुभएकोे प्रथम ऐतिहाँसिक जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको र आज थप छलफल पछि २१ सदस्यीय नयाँ कार्यसमितिलाई पुर्णता दिईएको नवनिर्वाचित जिल्ला सचिव सुनिल श्रेष्ठले जानकारी दिनुभयो । शनिबार सम्पन्न अधिवेशनले श्रेष्ठलाई पुनः जिल्ला सभापतिको जिम्मेवारी सुम्पेको हो । पार्टीका संस्थापक जिल्ला सभापतिसमेत रहनुभएका भक्त नारायण श्रेष्ठलाई अधिवेशनमा उपस्थीत नेता कार्यकर्ताले बिगतमा वहाँले संगठन निर्माणको क्रममा गर्नूभएको मेहनत र पार्टि संगठन प्रतिको लगावका कारण प्रतिनिधीहरुले सर्बसम्मत रुपमा निर्वाचित गरेको जनाईएको छ । श्रेष्ठ स्थापनाकालदेखि नै सङ्...
राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टिको प्रथम ऐतिहाँसिक जिल्ला अधिवेशन खाँदबारीमा शुरु जेष्ठ २३ संखुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टि संखुवासभाको प्रथम ऐतिहाँसिक जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा शुरु भएको छ । जिल्ला सभापति भक्त नारायण श्रेष्ठको सभापतित्वमा भएको अधिेवेशन उद्घाटन समारोहमा राजनितिक दलका प्रमुख तथा प्रतिनिधी र राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता कार्यकर्ताको उल्लेख्य उपस्थीति रहेको थियो । कार्यक्रममा शुभकामना दिने क्रममा जनता समाजबादी पार्टिका नेता सिताराम तिम्सीनाले लामो समय देखि नेपालको राजनितिलाई आफ्नो पोल्टामा पारदै आएका ठुला राजनितिक दलका नेतृृत्वले पार्टिलाई सहि ढंगले नेतृत्व गर्न नसकेका कारण जनताले बैकल्पिक पार्टिका रुपमा रास्वपा संग आशा राखेर दुई तिहाँई नजिकको मयंङकर ठुलो पार्टिका रुपमा निर्वाचित गराएको धारणा राख्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्नुहुँदै ने...
मानव अधिकार आयोगको प्रतिवेदन बिरुद्ध एमाले सर्बाेच्च जाने
राजनीति

मानव अधिकार आयोगको प्रतिवेदन बिरुद्ध एमाले सर्बाेच्च जाने

जेष्ठ २२ राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध नेकपा एमाले सर्वोच्च अदालत जाने तैयारीमा जुटेको छ। शुक्रबार महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै आयोगको प्रतिवेदनमाथि न्यायिक पुनरावलोकनका लागि अदालत जाने जानकारी दिएका हुन्। ‘नेकपा एमालेले आवश्यक परे उपलब्ध कानुनी उपचारका सबै विकल्पहरू प्रयोग गर्ने’, विज्ञप्तिमा उल्लेख गरेको छ। आयोगको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको ठहर गर्दै नियोजित ढङ्गबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक रूपमा निषेध गर्नेगरी दोषारोपण गर्ने उद्देश्यबाट प्रेरित भई प्रतिवेदन तैयार गरिएको एमालेको आरोप छ। ...
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
राजनीति, समाचार

कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक

जेष्ठ २१ नेपाली कांग्रेसमा अहिलेसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अद्यावधिक गरेका छन् । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने समय दिएको छ । पार्दासम्म ३ लाख ७५ हजारले सदस्यता अद्यावधिक गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । त्यो सङ्ख्या बढेर साँझसम्म ४ लाख पुग्ने अनुमान समितिको रहेको रसाइलीजे जानकारी दिए । १४ औँ महाधिवेशनमा कांग्रेसका क्रियाशील सदस्य ८ लाख ७० हजार बढी थिए । अहिले त्यो घटेर ३ लाख ७५ हजारमा झरेको हो । ...
धवल शम्सेरसहित १८३ राप्रपा नेताद्वारा पार्टि परित्यागको घोषणा
राजनीति, समाचार

धवल शम्सेरसहित १८३ राप्रपा नेताद्वारा पार्टि परित्यागको घोषणा

जेष्ठ २१ राष्ट्रिय प्रजातन्त्र पार्टिका महामन्त्री डाधवलशम्सेर राणासहित १८३ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन् । काठमाडौँमा बिहीबार एक कार्यक्रमको आयोजना गरि उनीहरूले सामुहिक रुपमा राप्रपा त्याग गरेको घोषणा गरेका हुन् । पहिलो चरणमा डा. राणासहित उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केवशराज श्रेष्ठ, कार्य सम्पादन समितिका सदस्य नारायणप्रसाद कोइरालाले राप्रपा छोडेको घोषणा गरेका छन् । बिहीबार काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला नेतृत्व, जनवर्गीय संगठनका पदाधिकारी लगायतले राप्रपा त्यागेकोे उल्लेख गरिएको छ । राप्रपाबाट ठुलो संख्यामा नेताहरु बाहिरिएपछि राप्रपा संसदिय दलका नेता ज्ञानेन्द्र शाही र पार्टि अध्यक्ष राजेन्द्र लिङ्देन बिच खटबढेको जनाईएको छ । ...
घिमिरेकाे नेतृत्वमा रास्वपा नगर समिति चयन
राजनीति

घिमिरेकाे नेतृत्वमा रास्वपा नगर समिति चयन

संखुवासभा जेष्ठ १६ राष्ट्रिय स्वतन्त्र पार्टि खाँदबारी नगरपालिकाको नगर अधिवेशनबाट गणेश घिमिरेको नेतृत्वमा १२ सदस्यिय नयाँ कार्यसमिति चयन भएकाे छ आज खाँदबारीमा सम्पन्न नगर अधिवेशनले उपाध्यक्षमा प्रतीक्षा श्रेष्ठ, सचिबमा किरण प्रभात बुढाथाेकी, सह सचिबमा कृष्ण बराल, काेषाध्यक्षमा तुलसा शर्मा पाेखरेललाई सर्वसम्मत रुपले निर्वाचित गरेकाे छ । नवनिर्वाचित समितिका सदस्यहरुमा ईन्द्रा कुमारी तामाङ, कल्पना दर्जी, ईश्वर बराल, सुर्य बहादुर ओझा , रण बहादुर बिष्ट , मन बहादुर गुरुङ र रमनाथ खनाल रहेकाे रास्वपा जिल्ला सभापति भक्त नारायण श्रेष्ठले जानकारी दिए । ...
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक
राजनीति, समाचार

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक

बैसाख २३ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा सम्बैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाहले निर्देशन दिएका छन् । शाहको निर्देशनअनुसार परिषद् सचिवालयले भोली बैसाख २४ गते बिहीबार साँझ ५ बजेका लागि बैठक बोलाइएको जनाईएको छ । । संवैधानिक परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिसु रहेको छ। बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिसकिएको सचिवालयले जनाएको छ।...
निजामती र स्वास्थ्य सेवाका १२ ट्रेड युनियन खारेज
राजनीति, समाचार

निजामती र स्वास्थ्य सेवाका १२ ट्रेड युनियन खारेज

बेसाख २३ सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियनको दर्ता खारेजी गरेको छ । आज सार्वजनिक सूचना निकालेर नेपालका सबै राष्ट्रियस्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका ट्रेड युनियनहरू खारेज गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । विभागले सुचना निकालेर ८ वटा निजामती कर्मचारीका र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन खारेज गरिएको जनाएको छ । जारी सुचना अनुशार खारेज हुने ट्रेड युनियनहरूमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी सङ्गठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठन खारेजीमा परेको उल्लेख गरिएको छ । यसैगरी नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्म...
ट्रेड युनियन खारेजी पार्टीविरुद्धको लडाइँ नभएकाे  प्रधानमन्त्री बालेनकाे भनाई
राजनीति, समाचार

ट्रेड युनियन खारेजी पार्टीविरुद्धको लडाइँ नभएकाे प्रधानमन्त्री बालेनकाे भनाई

बैसाख २२ प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज कुनै पनि पार्टीविरूद्धको लडाइँ नभएको बताएका छन् । विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला उनले सरकारको निर्णय प्रणाली बचाउने प्रयास भएको बताएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज कुनै पनि पार्टीविरूद्धको लडाइँ नभएको बताएका छन् । विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला उनले सरकारको निर्णय प्रणाली बचाउने प्रयास भएको बताएका हुन् । यो कुनै पार्टीविरुद्धको लडाइँ होइन । यो प्रणाली बचाउने प्रयास हो । यो भविष्य बचाउने प्रयास हो’, प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो ।...
कर्मचारी संगठनहरुद्वारा आन्दोलनको चेतावनी
राजनीति, शिक्षा, समाचार

कर्मचारी संगठनहरुद्वारा आन्दोलनको चेतावनी

बैसाख २२ कर्मचारी संगठनहरुले कर्मचारीहरुको ट्रेड युनियनको व्यवस्था खारेज गर्ने निर्णय फिर्ता नलिए चरणवद्द आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशबाट कर्मचारीको ट्रेड युनियन खारेज गरिएको छ । सरकारी निर्णय विरुद्द कर्मचारीका ६ संगठनले विज्ञप्ति निकालेर ट्रेड युनियन अधिकार पुन:स्थापित गर्न माग गरेका हुन् ।...