समाज Archives - साझाकुरा
आइतवार, बैशाख २७, २०८३

समाज

शोभा पाठकमाथी आक्रमण गर्नेहरुलाईै धरौटीमा छाड्न अदालतको आदेश
समाचार, समाज

शोभा पाठकमाथी आक्रमण गर्नेहरुलाईै धरौटीमा छाड्न अदालतको आदेश

बैसाख २४ माइतीघरमा धर्नामा बसेकी शोभा पाठकलाई आक्रमण गर्ने १० जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । धर्नामा रहेकी पाठकलाई आक्रमण गर्ने टोलिका मुख्य आरोपी एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका भण्डारी ९बस्नेत० र शर्मिला बस्नेतलाई जनही ५०र५० हजार धरौटीमा छाड्न आदेश दिएको हो । बाँकी ८ जनालाई भने जनही २५ हजार धरौटीमा छाड्न आदेश भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । अम्बिका र शर्मिलाका साथै गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत, नीता खत्रीविरुद्ध मुद्दा चलाइएको थियो ।...
गुल्मीमा राति ९ बजेपछि मदिरा बिक्री र सेवन गर्न रोक
समाचार, समाज

गुल्मीमा राति ९ बजेपछि मदिरा बिक्री र सेवन गर्न रोक

बैसाख २२ गुल्मी जिल्लामा राति ९ बजेपछि मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको वैशाख २१ गतेको बैठकले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई गर्न यस्तो निर्णय गरेको हो । प्रशासनका अनुसार पछिल्ला वर्षमा भएका अधिकांश आपराधिक घटना मदिरा सेवनसँग जोडिएको पाईएकाले राति ९ बजेपछि मदिरा बिक्री र सेवनमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।...
निर्वाचन सम्पन्न गर्न सबैको दायित्वः डिआईजि घिमिरे
समाचार, समाज

निर्वाचन सम्पन्न गर्न सबैको दायित्वः डिआईजि घिमिरे

पौष २४ कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी बिनोद घिमिरेले घोषित निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सबैपक्षको सामुहिक योगदान आवश्यक भएको बताउनु भएको छ । संखुवासभा मकालु गाउँपालिकाको हेदाङनामा निर्माण भएको ईलाका प्रहरी कार्यालय उद्घाटनका क्रममा संखुवासभा आईपुग्नुभएका डिआईजि घिमिरेले आज बिहान पत्रकार संगको संक्षिप्त भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारको प्रमुख प्राथमिकतामा रहेको फागुन २१ को निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबैपक्ष एकजुट भएर लाग्नुपर्ने बताउनु भएको हो । शान्तिपुर्ण र भयरहित वातावरणमा घोषित निर्वाचन सम्पन्न गरि देशलाई निकास दिन यतिवेला सबैको दायित्व भएकोमा जोड दिँदै संञ्चार जगतको भुमिका महत्वपुर्ण हुने धारणा राख्नुभएको थियो । पत्रकार भेटघाटमा आफ्ना बिचार राख्दै नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले परिवर्तित समयमा...
खाँदबारीमा २११ औं भानुजयन्ती मनाईयो
समाचार, समाज

खाँदबारीमा २११ औं भानुजयन्ती मनाईयो

संखुवासभा असार २९ मकालु साहित्य समाज संखुवासभाको आायोजना तथा खाँदबारी नगरपालिका वडा नं. १ को ब्यवस्थापनमा संखुवासभाको खाँदबारीमा साहित्यिक गोष्ठीको आयोजना गरि २११ औं भानु जयन्ती मनाईएको छ । समाजका अध्यक्ष तारा बहादुर बुढाथोकीको सभापतित्व तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको भानुजयन्ती कार्यक्रममा जिल्लाका बिभिन्न क्षेत्रका करिव एक दर्जन कवि तथा साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै आफ्ना कबिताहरु बाचन गरेका थिए । कार्यक्रममा साहित्यकार ताराबहादुर बुढाथोकी, कृष्ण चापागाईं, तारा घिमिरे, सुलोचना शर्मा, लेखक तथा साहित्यकार धर्म चापागाईं, शनम थापा, ध्रुव डिवान, सुमन अधिकारी लगायतले आफ्ना मौलिक रचनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्य, खाँदबारी नगरपालिका वडा नं...
जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा पत्रकार महासंघको संयोजनमा परिसंम्बाद कार्यक्रम संचालन
अन्तर्राष्ट्रिय, समाचार, समाज

जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा पत्रकार महासंघको संयोजनमा परिसंम्बाद कार्यक्रम संचालन

संखुवासभा,असार १० लागु औषध दुरुपयोग तथा ओसारप्रसार बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा संखुवासभाको खाँदबारीमा परिसम्बाद कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको संयोजनमा संखुवासभाको खाँदबारीमा परिसम्बाद कार्यक्रमको आयोजना गरिएको हो । बढ्दो लागु औषधको दुरुपयोग र ओसारपसार बिरुद्ध जनस्तरसम्म जनचेतना पुर्याउन परिसम्बाद कार्यक्रमको आयोजना पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यले बताए । महासंघका सचिब नवीन गुरुङले संचालन गरेको परिसम्बाद कार्यक्रममा संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, डिएसपी दक्ष कुमार बस्नेत, बरुण बहुमुखी क्याम्पस खाँदबारीका प्रमुख चीत्ररेखा अधिकारी, तुम्लिङटार स्पोर्टिङ्ग क्लवका देबेन्द्र घिमिरे र बरुण क्याम्पस स्वबियू सभापति हिमाल गुरुङ सहभागी भएका थिए ...
हिमाल आरोही किपा लामु शेर्पा संखुवासभामा सम्मानित
समाचार, समाज

हिमाल आरोही किपा लामु शेर्पा संखुवासभामा सम्मानित

हिमाल आरोही किपा लामु शेर्पा संखुवासभामा सम्मानित जेष्ठ २३ संखुवासभा । करिब दुई महिनाको अवधीमा विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४९मी.) र विश्वको पाँचौ अग्लो मकालु हिमाल (८४८५मी.) सफल आरोहण गर्ने संखुवासभा मकालु २ कि किप्पा ल्हमु शेर्पा सम्मानित भएकी छन् । विहीबार सदरमुकाम खाँदबारीमा जिल्ला समन्वय समिति संखुवासभाले किपा लामु शेर्पालाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मानित गरेको हो । जिल्लाको मकालु गाउँपालिका वडा नं. २ मा जन्मिएकी किपा लामुले यहि बर्ष करिब दुई महिनाको अवधीमा दुई अग्लो हिमाल आरोहण गरेर कीर्तिमानी कायम गरेकी हुन् । वि.सं. २०५३ माघ १५ गते बुबा पासाङ दोर्ची शेर्पा र आमा पासाङ डोमा शेर्पाको कोखबाट जन्मिएकी २८ बर्षीय किपा लामु ३ जना छोराछोरीका आमा हुन् । उनले गत १० अप्रिल अर्थात चैत्र २८ गते १२ दिनमा विश्वको पाँचौ अग्लो मकालु हिमाल चढेकी थिइन भने २३ मे अर्थात जेठ ९ गते ४ दिनमा नै...
प्रगतिशील लेखक संघबाट लेखक भिम कट्टेल सम्मानित
समाचार, समाज

प्रगतिशील लेखक संघबाट लेखक भिम कट्टेल सम्मानित

जेष्ठ १५ प्रगतिशील लेखक संघको आयोजनामा गाउँगाउँमा प्रलेस, टोलटोलमा साहित्य अभियान क्रममा लेखक भिम कट्टेल सम्मानित भएका छन् । खाँदबारी नगरपालि १ घिमिरे गाउँमा रहेको कृष्ण प्रणामी बहुउद्देश्यीय सत्सङ भवन साहित्यिक कार्यक्रममा कट्टेललाई सम्मान गिरएको हो । विभिन्न पुस्तकहरु लेखन सक्रिय कट्टेललाई प्रगतिशील लेखक संघले सम्मान गरेको हो ।  सङ्खुवासभा जिल्लाको सामाजिक, शैक्षिक र प्रशाशनिक क्षेत्रका अनुभवहरुलाई दस्तावेजीकरण गरी दुई पुस्तालाई जिवन्त बनाउँदै समृद्ध सङ्खुवासभा निर्माणमा योगदान पुर्याएक भन्दै संघले सम्मान गरेकाे छ । पाठक धारा टोलको व्यवस्थापनमा सम्पन्न भएको साहित्यिक कार्यक्रममा बिदुसी योगमाया हिमालयन आयुर्वेद विश्वविद्धालयका अध्यक्ष डा अर्जुन कार्की, उपकुलपति  प्रा डा रमेश ढुङेल,  रजिस्टार  डा डम्बर चेम्जोङ लगायत बिशिस्ट ब्याक्तित्वको उपस्थिति रहेको थियो । संघका अध्यक्ष ताराबहादुर बु...
मकालु हिमाल आरोहण गर्ने एकै घरका ५ सम्मानित
समाचार, समाज

मकालु हिमाल आरोहण गर्ने एकै घरका ५ सम्मानित

मकालु हिमाल आरोहण गर्ने एकै घरका ५ सम्मानित संखुवासभा जेष्ठ ५ संखुवासभाको मकालु २ निवासी एकै घरका ५ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् । नेपाल पत्रकार महासंघ संखुवासभाले आज एक भब्य कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । मुक्टुक लाक्पा शेर्पा, डिमा दोर्ची शेर्पा, आङ डि शेर्पा, पासाङ याङ्जी शेर्पा र पेछुम्बे शेर्पाले गत बैशाख २६ गते ८,४८५ मिटर अग्लो मकालु हिमालको शिखरमा पाइला टेकेका हुन्। एकै परिवारका पाँच जनाले मकालु हिमालको सफल आरोहण गर्नु नेपाली पर्वतारोहण इतिहासमै उल्लेखनीय उपलब्धि मानिएको छ। महासंघका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिब्यराज पोखरेल रहनुभएको थियो भने कार्यक्रमको बिशिष्ठ अतिथीहरुमा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, राष्ट्रिय अनुशन्धान प्रमुख एसपी उमेश पाण्डे, संखुवासभाका प्रहरी नायव उपरिक्षक...
पत्रकार महासंघको अगुवाईमा टुडिखेल रंगशालाको अनुगमन
समाचार, समाज

पत्रकार महासंघको अगुवाईमा टुडिखेल रंगशालाको अनुगमन

संखुवासभा जेष्ठ २ स्तरोन्नतिको क्रममा रहेको खाँदबारी नगरपालिका ७ स्थीत टुडिखेल रंगशालाको सर्वपक्षिय टोलिद्धारा अनुगमन गरिएको छ । नेपाल पत्रकार महासंघको अगुवाईमा जिल्ला समन्वय प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष डेगराज बस्नेत, खाँदबारी युथक्लवका अध्यक्ष सुरेन शाक्य, स्थानीय ७ नं. वडाका जनप्रतिनिधी र संचारकर्मीहरुको सहभागितामा अनुगमन गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले जानकारी दिए । खाँदबारी नगरपालिका ७ मा रहेको उक्त खेल मैदानको स्तरोन्नतिका लागि खाँदबारी नगरपालिकाले रु १ करोड र कोशी प्रदेश सरकारको रु १ करोड गरि दुई करोडको लगानीमा स्तरोन्नतिको काम भैरहेको खाँदबारी नगरपालिकाका ईन्जिनियर रुद्र घिमिरेले जानकारी दिए । खाँदबारी नगरपालिकाका पहिलो मे...
शिलिचोङमा राष्ट्रिय परिचयपत्रका लागि घुम्ति शिवीर संचालन
समाचार, समाज

शिलिचोङमा राष्ट्रिय परिचयपत्रका लागि घुम्ति शिवीर संचालन

जिल्ला प्रशासन कार्यालय संखुवासभाको आयोजना तथा सिलिचोङ गाउँपालिकाको सहजिकरणमा संखुवासभाको शिलिचोङका सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्रका लागि बैयक्तिक तथा जैविक बिवरण संकलन गर्न घुम्ति शिवीर संचालन हुने भएको छ । आज संचारकर्मी संगको भेटघाटमा प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेलले राष्ट्रिय परिचय पत्रका लागि बैयक्तिक बिवरण संकलनका लागि शिवीर संचालन गर्न टोलि त्यसतर्फ खटाईएको जानकारी दिए । शिवीरमा बनिसकेका राष्ट्रिय परिचय पत्र सहज रुपमा बितरण गरिने र हालसम्म पनि परिचय पत्र नबनाएका लक्षित सेवाग्राहीलाई परिचय पत्र बनाउनका लागि घरगाउँमै पुगेर आवश्यक विवरण संकलन गरिने प्रजिअ पोख्रेलले बताए । यसबाट अपांङगता भएका, जेष्ठ नागरिक तथा बृद्धबृद्धा र असक्त नागरिक लाभान्वीत हुने अपेक्षा राखिएको छ । शिवीर शिलिचोङ वडा नं. २, ३ र ५ मा संचालन हुने जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ। ...