पाकिस्तानमा यात्रु बस भीरमा खस्दा ४० जनाको ज्यान गयो - साझाकुरा
आइतवार, असार २१, २०८३

पाकिस्तानमा यात्रु बस भीरमा खस्दा ४० जनाको ज्यान गयो


editor@sajhakura July 4, 2026

असार २०
पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा यात्रुबस भीरमा खस्दा कम्तीमा ४० जनाको ज्यान गएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।
हिजो क्वेटाबाट पेशावर हुँदै राजधानी इस्लामाबादका लागि छुटेको बस दाना सार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
तीब्र गति र क्षमताभन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा गहिरो ढुंगैढुंगा भएको भीरमा खसेको प्रारम्भिक अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *