कर्णाली नदीमा खसेको मिनिबसमा रहेका पाँच जनाको सनाखत - साझाकुरा
आइतवार, असार २१, २०८३

कर्णाली नदीमा खसेको मिनिबसमा रहेका पाँच जनाको सनाखत


editor@sajhakura July 4, 2026

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साँङ्बागेतडाबाट कर्णाली नदीमा खसेको मिनिबसमा रहेका पाँच जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्तिमार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदीसहित सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो । चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका हुन् ।
सिर्जना कालिकोटको रास्कोट नगरपालिका–२ खड्का गाउँकी तथा मेखे र जोखे तिरुवा कालिकोटको पचालझरना गाउँपालिका–१ का बासिन्दा हुनुहुन्छ । दुर्घटनामा ज्यान गुमाएका जोखेको शव आफन्तले सनाखत गरिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार बिकका अनुसार अरु ४ जनासहित गाडीको खोजी भैरहेको छ । सनाखत भएका ५ जनाबाहेक अरु यात्रु थिए वा थिएनन् भन्ने अझै खुलेको छैन । १०५५ नम्बरको मिनिबस अस्ति बिहीवार कर्णाली नदीमा खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *