नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४८औँ स्मृति दिवस - साझाकुरा
शुक्रबार, साउन ८, २०८३

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४८औँ स्मृति दिवस


editor@sajhakura July 23, 2026

श्रावण ७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट दल तथा सङ्गठनहरूले स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा अन्य कार्यक्रम आयोजना गरेका छन्।
वि.सं. १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र माता तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा रहँदै नेपाल कम्युनिस्ट आन्दोलनलाई संगठित र विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठका भाइ पनि हुनुहुन्छ।
पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट मेनिफेस्टो पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। साथै, विभिन्न पुस्तक, लेख तथा वैचारिक दस्तावेजमार्फत नेपाली समाजको वर्गीय विश्लेषण प्रस्तुत गर्दै कम्युनिस्ट आन्दोलनलाई वैचारिक आधार प्रदान गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *