संखुवासभामा कोदो दिवस मनाईयो - साझाकुरा
सोमवार, साउन १८, २०८३

संखुवासभामा कोदो दिवस मनाईयो


editor@sajhakura August 2, 2026

पूर्वी पहाडी जिल्ला संखुवासभामा दोस्रो राष्ट्रिय कोदो दिवसका अवसरमा कोदो रोपेर दिवस मनाईएको छ । हिजो शनिबार कृषि ज्ञान केन्द्र संखुवासभाको आयोजनामा खाँदबारी नगरपालिका–४ स्थित डाँडापांङ्मामा कोदो रोपेर दिवस मनाइएको हो। स्थानीय चण्डीहाङ राईको बारीमा कृषि ज्ञान केन्द्रकाकर्मचारीहरु, राष्ट्रिय कृषि आधुनिकीरण कार्यक्रममा कार्यालयका प्रतिनिधि, र स्थानीयहरुले कोदो रोपेर दिवस मनाएका हुन् ।

पहाडी जिल्लाहरूमा पछिल्लो समय कोदो रोप्ने प्रचलन घटदै गएकाले कृषकहरुमा कोदोको महत्व र यसमा पाईने पौष्टिकता बारे जनचेतना जगाउने उदेश्यले रैथाने बाली कोदो रोपाईं गरिएको दोस्रो राष्ट्रिय कोदो दिवस आयोजक कार्यालय कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख छत्रबहादुर विश्वकर्माले बताए। उनले यस संखुवासभा जिल्लामा धान, मकै, गहुँ र कोदो मुख्य खाद्यान्न बालीअन्तर्गत रहेको तथा कोदोमा आइरन तत्वसमेत धेरै पाइने भएकाले रैथाने कोदो बालीको प्रवर्द्धन गर्न सरकार लागि परेको बताएका थिए ।
कृषि ज्ञान केन्द्र संखुवासभाको तथ्यांकअनुसार गत वर्ष संखुवासभामा ६ हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो भने ८ हजार ७ सय ३२ मेट्रिकटन कोदो उत्पादन भएको थियो भने उत्पादकत्वप्रति हेक्टर १।३१ मेट्रिकटन रहेको छ । यो वर्ष धमाधम कोदो रोपाइँ भइरहेको हुँदा तथ्यांक आउन बाँकी रहेको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *