श्रावण १७
संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. १ कि एक सुत्केरीलाई सेनाको हेलिकप्टरबाट उद्धार गरि थप उपचारका लागि काठमाण्डौ पठाईएको छ । संखुवासभाको खाँदबारी नगरपालिकामा १ की ३३ बर्षिया प्रभा ढुङ्गानाको प्रशुतिका क्रममा अत्याधिक रक्तस्राव भएका कारण ज्यान जोखिममा परेकाले उनलाई सहज उपचारका लागि प्रशुती गृह थापाथली पठाईएको जिल्ला अस्पताल संखुवासभाले जनाएको छ ।
आज आईतबार अस्पताल भर्ना भएकी खाँदबारी १ की ३३ वर्षीया प्रभा ढुंगानालाई जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएकोमा अप्रेशन पछि अत्याधिक रक्तस्राव भएपछि दिउँसो करिव पौने ४ बजे रनेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताए।
राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत हेलिकप्टर सेवा मार्फत उनलाई काठमाण्डौ स्थीत थापाथली प्रसूति गृह काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
