श्रावण १७
संखुवासभामा साउन दोश्रो हप्ता सम्म ७५ प्रतिशत धान रोपाइँ सकिएको कृषी ज्ञान केन्द्र संखुवासभाले जनाएको छ । जिल्लाको माथिल्लो भेगका हिमालि क्षेत्रहरु र पहाडी क्षेत्रहरुमा करिव करिव धान रोपाईं सकिएको छ भने होचा स्थानहरुमा धमाधम रोपाईंको काम भैरहेको ज्ञान केन्द्र संखुवासभाले जनाएको छ ।
कृषि ज्ञान केन्द्र संखुवासभाका कार्यालय प्रमुख छत्रबहादुर विश्वकर्माका अनुसार हालसम्म ७५ प्रतिशत बढिमा सम्पन्न भएको छ। कार्यालयले हरेक सोमबार प्रदेशमा उद्यावधिक तथ्यांक पठाउने काम गरिँदै आएको उनको भनाई छ।