मुल्य बृद्धिले ब्यवसायिलाई घर न घाटकाे बनायाे: निर्माण ब्यवसायी मिगुर शेर्पा - साझाकुरा
सोमवार, चैत्र ३०, २०८२

मुल्य बृद्धिले ब्यवसायिलाई घर न घाटकाे बनायाे: निर्माण ब्यवसायी मिगुर शेर्पा


editor@sajhakura April 12, 2026

संखुवासभा चैत्र २९
निर्माण ब्यवसायि संघ संखुवासभाले ईन्धनमा भएकाे अत्याधिक मूल्य बृद्धिका कारण निर्माण ब्यवसायिहरु मारमा परेकाे गुनासाे गरेका छन् ।
आज संखुवासभाकाे खाँदबारीमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै उनिहरुले ईन्धन र निर्माण सामग्रीमा भएकाे अत्याधिक मूल्य बृद्धिले निर्माण ब्यवसायिहरु घर न घाटकाे हुने स्थितिमा पुगेकाे निर्माण ब्यवसायी महासंघका पुर्व केन्द्रीय सदस्य मिगुर शेर्पाले बताए ।
त्यसैगरि निर्माण ब्यवसायी संघका जिल्ला महासचिब सुनिल श्रेष्ठले सरकारले निर्माण ब्यवसायिहरुलाई सरकारले राहत भन्दा पनि आहत थपिदिएकाे गुनासाे गरे ।
उनले सरकारले कहिले कालाे सुचिमा राख्ने, समयमै काम सक्न अनावश्यक धम्की र दवाब श्रृजना गर्ने जस्ता कामहरु गरिरहेकाेप्रति दुखेसाे गर्दै निर्माण ब्यवसायीका साझा समस्या प्रचार प्रसारका लागि पत्रकारहरुलाई आग्रह गर्दै पत्रकार महासंघ अध्यक्ष कृष्णराज शाक्यलाई बिज्ञप्ति हस्तान्तरण गरेका थिए । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *