बाँदरको बढ्दो संख्या नियन्त्रण गर्न परिवार नियोजन गर्नूपर्छःः काँग्रेस नेतृ आरजू
नेपाली कांग्रेसकी नेत्री तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणाले बाँदरको बढ्दो संख्या नियन्त्रण गर्न परिवार नियोजन गर्नूपर्ने धारणा राखेकी छिन् ।
आइतवार समितिको बैठकलाई सम्बोधन गर्ने क्रममा देशभर नै अन्नबालिमा बाँदरले ठुलो क्षति पुर्याएको समचारहरु आईरहेकाले बाँदरकोे संख्या न्युनिकरणका लागि बाँदरलाई परिवार नियोजन गरेर सङ्ख्या घटाउनुपर्ने बिचार ब्यक्त गरेकि हुन् ।
छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरि नियन्त्रण र न्युनिकरण गरिएको उदाहरण पेश गर्दै उनले नेपालमा पनि बाँदर नियन्त्रणका लागि परिवार नियोजनको तरिका अपनाउन सकिने उनको भनाई थियो ।
सम्बोधनका क्रममा उनले ‘बाँदर संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर पनि मान्छेले खान नपाउने गरेर बाँदर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्यो । बाँदरलाई त परिवा...








