जसपा अध्यक्ष यादव साइवर ब्युरोमा
भाद्र १४, पुर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो नामबाट अज्ञात ब्यक्तिले फेक आईडि बनाएर अश्लिल सामग्री पोष्ट गर्ने गरेको भन्दै साइवर ब्युरोमा उजुरी दिएका छन् ।
नेता यादवको फेक आईडिबाट महिलाहरुको अश्लिल फोटोहरु अपलोड हुने गरेको र यसबाट आफ्नो चरित्र हत्या भएको भन्दै उनले कडा कार्वाहिको मागसहित साईबर ब्युरोमा उजुरी दर्ता गरेको उनको निजी सचिवालयले जनाएको छ ।
...








