admin, Author at साझाकुरा - Page 4 of 18
शुक्रबार, चैत्र ६, २०८२

Author: admin

लेक लागेर मुस्ताङमा युक्रेन र भारतीय पर्यटकको मृत्यु
मुख्य समाचार, शिक्षा, स्वास्थ्य

लेक लागेर मुस्ताङमा युक्रेन र भारतीय पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर युक्रेनी र भारतीय नागरिकको मृत्यु भएको छ । गत असोज १९ गतेपोखराबाट १० जनाको समूहसहित मुस्ताङ भ्रमणका लागि पुगेकी युक्रेनी महिला ३५ वर्षीया अन्ना पानिनाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी दिनेश गौतमले जानकारी दिए । उनले कागबेनीमा बास बसेर असोज १९ गते पैदल हिँडेर झोङ हुँदै मुक्तिनाथ जाने क्रममा बीच बाटोमै उनलाई लेक लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश गौतमले बताए। युक्रेनी महिला पानिनालाई श्वासप्रश्वास र टाउको दुख्ने समस्या देखिएको थियो। लेक लागेका कारण बिरामी परेकी उनलाई जोमसोम अस्पतालमा उपचार लगिएको थियो। उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। लेक लागेर मृत्यु भएकी महिलाको शव हेलिकोप्टरमार्फत् काठमान्डौं लगिएको उनले जनाए । त्यसैगरी भारतको तामेलनाडुबाट मुक्त...
काभा भलिबलः अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित
खेलकुद

काभा भलिबलः अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित

काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानमाथि रोमाञ्चक जित निकालेको छ । आज बुधवार दिउँसो श्रीलङ्कामा भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा हरायो । पहिलो सेट जितेको नेपालले दोस्रो र तेस्रो सेट गुमाएको थियो । त्यसपछि चौथो र पाँचौँ सेट जित्दै नेपालले रोमाञ्चक जित हात पारेको हो । पहिलो सेट नेपालले २५–१९ ले जित्यो । दोस्रो र तेस्रो सेट नेपालले २६–१९ र २५–२२ ले गुमायो । यस्तौ चौथो र पाँचौँ सेट नेपालले २५–२१ र १५–१० ले जित्यो । प्रतियोगितामा यसअघि भएका दुई खेलमा नेपालले एकमा जित र एकमा हार बेहोरेको छ । पहिलो खेलमा बङ्लादेशलाई ३–१ ले हराएको नेपाल हिजो मङ्गलवार भएको दोस्रो खेलमा आयोजक श्रीलङ्कासँग ३–० ले पराजित भएको थियो । अब नेपालले पर्सि शुक्रवार साउदी अरेबियासँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । छ टोली सहभागी भएको प्रतियोगितामा राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शी...
स्थानीय संस्कृति संम्वर्धन र पर्यटन प्रवर्धनका लागि चिचिलामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन (पत्रकार सम्मेलनको भिडियो सहित)
समाचार, समाज

स्थानीय संस्कृति संम्वर्धन र पर्यटन प्रवर्धनका लागि चिचिलामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन (पत्रकार सम्मेलनको भिडियो सहित)

यहि असोज २७ गते संखुवासभाको चिचिला गाउँपालिकामा अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन हुने भएको छ । भारत, अमेरिका र चिनियाँ प्रतिनीधिहरुको सहभागितामा सम्मेलन हुन लागेको पत्रकार सम्मेलन मार्फत चिचिला गाउँपालिकाले जानकारी दिएको हो । कार्यक्रम चिचिला गाउँपालिकाको आयोजना तथा मकालु साहित्य समाजको संयोजनमा हुन लागेको हो । चिचिला गाउँपालिकाको साँस्कृतिक तथा पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गर्न लागिएको हो । कार्यक्रममा मुख्य गरि भारत आसामका आदिवासी समुदाय कार्वी कुर्फो आमेईको साँस्कृतिक टोलीको सहभागिता रहने गाउँपालिका अध्यक्ष पासाङ नुर्बू शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा चिचिला गाउँपालिका भित्रका जातजातिहरुको साँस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने जिल्लाका अन्य स्थानीय तहहरुबाट समेत झाँकी सहितको जनप्रतिनीधिहरुको सहभागिता रहने पत्रकार सम्मेलनमा बताईएको छ । कार्यक्रमम...
भाटेखोला नजिक केन्द्रबिन्दु बनाएर फेरि गयो भुकम्प
समाचार

भाटेखोला नजिक केन्द्रबिन्दु बनाएर फेरि गयो भुकम्प

बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर शनिबार बिहान ११ः५ बजे पुन भूकम्प गएपछि स्थानीयहरु त्रसित भएका छन् । निरन्तरको धक्काका कारण स्थानीयबासिन्दाहरु अहिले पनि खुल्ला आकासमुनी चौरमा पाल टाँगेर बस्दै आएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिवार बिहान ठिक ११ः५ बजे ५.३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । गत मंगलबार देखि यता बझाङमा मात्रै साना ठुला गरि ि१३ वटा भूकम्पको धक्का महसुस गरिएको मापन केन्द्रले जनाएको छ । गत मंगलबार दिउँसो २ः४० मा पहिलो पटक ५ः३ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यस यता सोहि दिन ३ जेर ६ मिनेट जाँदा ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो । भुकम्पका कारण एक जनाको मृत्यु समेत भएको थियोभने दर्जनौं घरहरूमा क्षति पुगेको थियो । बारम्बारको पराकम्पका कारण अहिले बझाङ्गको जनजिवन अस्तब्यस्त बनेकोछ भने स्थानीयहरु घरबाहिरै द...
जेलमा रहेकी नर्गिसले पाईन् यस बर्षको नोबेल शान्ति पुरस्कार
अन्तर्राष्ट्रिय

जेलमा रहेकी नर्गिसले पाईन् यस बर्षको नोबेल शान्ति पुरस्कार

जेलमा रहेकी ईरानी मानव अधिकारकर्मी नर्गिस मोहम्मदीलेले यस बर्षको नोवेल शान्ति पुरस्कार प्राप्त गरेकि छिन । महिलाविरुद्ध हुने हिंसा र दमनविरुद्ध तथा सबैका लागि मानवअधिकार र स्वतन्त्रताका लागि उनले पुर्याएको योगदानका लागि उनलाई पुरस्कृत गरिएको बिबिसिले जनाएको छ । उनी हाल तेहरानस्थित इभिनमा जेल जिवन बिताईरहेकी छिन् । यो जेलमा उनि संगै सैयौंको संख्यामा सरकारविरोधी प्रदर्शनकारी, राजनीतिक बन्दी, पत्रकार र देस बिरुद्ध गतिबिधी गर्ने विदेशी नागरिकलाई थुनामा राखिएकोछ। बिभिन्न अभियोग लगाई इरान सरकारले उनलाई १३ पटकसम्म पक्राउ गरि जेलमा राख्दै आएको छ । जसमध्ये उनी पाँच पटकसम्म त्यहाँको कानुन अनुशार दोषी ठहर भएकी छन्। उनलाई अहिले ३१ वर्ष जेल सजाय तोकिएको छ। ईरानको जेलमा रहेकी उनलाई दिईएको नोबेल शान्ति पुरस्कार सम्पूर्ण इरानी जनताको जितको बलियो प्रमाण भएको उनको परिवारले जनाएको छ । गत वर्ष बेलारुसक...
एमाले नेता रघजी पन्तले संसदमा प्रस्तुत गरे मनैछुने कवीता
रोचक, समाज

एमाले नेता रघजी पन्तले संसदमा प्रस्तुत गरे मनैछुने कवीता

खल्तीमा तलब हालेर हिँड्यो बजार चामलको बोराले नाघ्यो तीन हजार रहर दाल किलोको दुई सय पचास बजारभाउ सुन्दा गुम्छ होस हवास तरकारीले भाउ नै नसोध भने झैँ गर्छ गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ दशैँको पेस्की आउने कहिले कहिले, पेस्कीमा महँगी आयो सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिल्यै अँध्यारो छायो आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ रु मेरो प्रश्न छ जवाफ देऊ सरकार, जनताको दशैँ यसपालि कसरी टर्छ र ?...
सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोह चलिरहेको स्थानमामा ड्रोन आक्रमण हुँदा एक सय बढिको मृत्यु
अन्तर्राष्ट्रिय

सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोह चलिरहेको स्थानमामा ड्रोन आक्रमण हुँदा एक सय बढिको मृत्यु

सिरियामा एक सैनिक अधिकृतको दीक्षान्त समारोह चलिरहेको स्थलमा ड्रोन आक्रमण हुँदा एक सय बढिको मृत्यु भएको छ भने आक्रमणमा परि अन्य २ सय ४० बढि घाईते भएका छन् । होम्सस्थीत सैन्य कलेजमा आयोजना गरिएको दीक्षान्तसमारोहमा अन्धाधुन्द आक्रमण गरिँदा ठुलो मानवीय तथा भौतिक क्षति पुगेको त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी अलजजिराले प्रसारण गरेको छ । स्वास्थ्यमन्त्री हसन अल–घाबासले सैयौंको संख्यामा घाइते भएकाहरुको अवस्था निक्कै गम्भीर रहेको बताएका छन् । समारोहमा सिरियाका रक्षामन्त्री सहभागी भएर फर्किएलगत्तै ड्रोन आक्रमण गरिएको थियो । यो घटनालाई सिरियाली सैनिकमाथिको अहिलेसम्मकै घातक आक्रमणका रुपमा लिईएको छ । दीक्षान्त समारोहमा सैन्य अधिकृतसहित उनीहरुका परिवार र आफन्त सहभागी रहेका थिए । पछिल्ला १२ वर्षदेखि सिरिया चरम गृहयुद्धको चपेटामा फसिरहेको छ । आक्रमण कसले कुन उदेश्यले गरेको हो भन्ने कुरा नख...
रुसले युक्रेनको खार्किभमा भैरहेको श्रद्धाञ्जलीसभा स्थलमा आक्रमण गर्दा ५१ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

रुसले युक्रेनको खार्किभमा भैरहेको श्रद्धाञ्जलीसभा स्थलमा आक्रमण गर्दा ५१ जनाको मृत्यु

युक्रेनको खार्किभ स्थीत दक्षिणपूर्वी भागमा अवस्थीत ह्रोजा गाउँमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा थप ५१ जना शोकाकुल नागरिकको ज्यान गएको छ ।ह्रोजा गाउँका उनीहरु एक जना आफन्तको श्रद्धाञ्जली सभामा सहभागी भैरहेको समयमा रुसले उक्त स्थलमा क्षेप्यास्त्र प्रयोग गर्दा उनिहरुको ज्यान गएको बीबीसीलाई उध्रित गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । छ । आक्रमणमा बालबालिका सहित कम्तीमा ५१ जनाको मृत्यु भएको युक्रेनका संचारमाध्यमहरुले उल्लेख गरेका छन् । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आक्रमणमा मारिएका व्यक्तिप्रति सम्मान व्यक्त गर्दै शवमाथि घुँडा टेकेर श्रद्धाञ्जली अर्पण गरिरहेको तस्वीर सार्वजनिक भएको छ । गृहमन्त्री इगोर क्लाइमेन्कोले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै एक जना मृतकको सम्झनामा गाउँलेहरुले श्रद्धाञ्जली सभा आयोजना गरिरहेका थिए ।...
कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी देशभरमै पहिलो
समाचार

कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी देशभरमै पहिलो

जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै पहिलो बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएको आर्थिक वर्ष २०७९र८० को कार्यसम्पादन सम्झौता ९सीपीएएस० मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट जिल्ला बनेको हो । गएको आर्थिक वर्षमा ९६ दशमलव ४४ अङ्क प्राप्त गरी अति उत्कृष्टसहित गुल्मीले प्रथम स्थान हासिल गरेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । गृह मन्त्रालयले दिएको छ वटा सूचक मापनभित्र रहेका ७७ वटा उपसूचकलाई पूरा गरी गुल्मी देशभरका जिल्ला प्रशासन कार्यालयभन्दा आफूलाई अब्बल र उत्कृष्ट जिल्ला बनाउन सफल बनेको हो । गृह मन्त्रालयले दिएका सूचकहरूमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, मुद्दा फर्स्योट, शासकीय प्रबन्ध, लागुऔषध नियन्त्रण, अपराध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण लगायतका ...
शेयर बजार ९ अङ्कले बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार
अर्थ/व्यापार

शेयर बजार ९ अङ्कले बढ्यो, १ अर्ब १८ करोड रुपैयाँको कारोबार

शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव २४ विन्दुले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ विन्दुमा पुगेको छ । आज बैंकिङ समूहबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै समता घरेलु लघुवित्त कम्पनीको शेयर साढे छ प्रतिशतले ओरालो लागेको छ । आज ४३ लाख २३ हजार कित्ता शेयर एक अर्ब १८ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।...