editor@sajhakura, Author at साझाकुरा - Page 27 of 89
आइतवार, चैत्र १, २०८२

Author: editor@sajhakura

सहकारी ठगीका आरोपी फरार मेयर नेपालीलाई भारतबाट नेपाल ल्याईदै
अपराध, समाचार

सहकारी ठगीका आरोपी फरार मेयर नेपालीलाई भारतबाट नेपाल ल्याईदै

असोज ११ सहकारी ठगी आरोपमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा पक्राउ गरिएको छ । सुरक्षा अधिकारीहरुले उनलाई नियन्त्रणमा लिईएको जनाएका छन् । इन्टरपोलमा समेत रेड नोटिस जारी गरि खोजि शुरु गरिएको उनलाई दिल्लीमा भारतिय प्रहरीले फेला पारेर नेपाल प्रहरीलाई बुझाउने तैयारी गरेको जनाईएको छ । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली गत २०८० जेष्ठ ५ गते देखि फरार भएका थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जेठ १६ गते...
सप्तकोशीमा बस खस्यो क्षतिकाे पिवरण आउन बाँकि
समाचार

सप्तकोशीमा बस खस्यो क्षतिकाे पिवरण आउन बाँकि

असाेज १० यात्रुबाहक बस सप्तकोशी नदीमा खसेको छ। केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। उनका अनुसार अहिले साँझ करिब ६ बजे यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी आएको छ। ‘बस खस्यो भन्ने जानकारी आएको छ। हामी घटनास्थलतर्फ जाँदै छौं। थप केही खुलेको छैन,’ तिवारीले भने। कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ। घटनाको थप विवरण प्राप्त हुन सकेको छैन। श्राेत: अन्नपुर्ण पाेष्ट...
सहकारी ठगीको करोडौं रकम फिल्ममा डुब्यो
अपराध, समाचार

सहकारी ठगीको करोडौं रकम फिल्ममा डुब्यो

२०८१ असोज १० सहकारी ठगी प्रकरणमा फिल्म क्षेत्र समेत तानिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन २०८१ मा सहकारी ठगीको रकम चलचित्र क्षेत्रमा समेत प्रयोग भएको भेटिएको उल्लेख छ । काठमाडौंको कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष दिनेश दर्शनधारीले ठूलो लागतमा सिनेमा र म्युजिक भिडियो बनाएको र त्यसमा सहकारीको ठूलो लगानी फसेको जनाइएको छ । कीर्तिपुरका स्थानीय दर्शनधारीले नेपाल प्रहरीका पूर्व एआईजी छविराज जोशीका छोरा रोचक जोशी, अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ तथा करिश्मा मानन्धरकी छोरी कविता मानन्धरलाई म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने भनेर ठूलो लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । दर्शनधारीका भाइ योगेन्द्र दर्शनधारीले निर्मल बुद्धभूमि बचत तथा कृषि फार्म नै चलाएको समेत प्रतिवेदनमा उल्लेख छ । सरकारले सहकारी संस्था बचत र...
पालिकाको उपचुनावका लागि आजदेखि दल दर्ता
समाचार

पालिकाको उपचुनावका लागि आजदेखि दल दर्ता

असाेज १० आउँदो मंसिर १५ गते हुने पालिकाको उपचुनावका लागि आजदेखि दल दर्ता शुरु हुँदैछ । आजदेखि आउँदो १६ गतेसम्म निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा दल दर्ताको काम हुनेछ । पलिकाको ३९ रिक्त पदमा उपचुनाव हुन लागेको हो  । निर्वाचन  आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय सिमिति प्रमुख, काठमाण्डौको कीर्तिपुर नगरपालिका मेयर तथा मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाका उपमेयर, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छन्  । त्यस्तै झापाको कन्काई नगरपालिका– ६, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८, सुनसरीको गढी गाउँपालिका– ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा गाउँपालिका– १२, बेलका नगरपालिका– ८, सप्तरीको डाक्नेश्वरी नगरपालिका...
पर्यटन प्रवर्धनका लागि खाँदबारी रनको तैयारी तिब्र
खेलकुद, समाचार, स्वास्थ्य

पर्यटन प्रवर्धनका लागि खाँदबारी रनको तैयारी तिब्र

असोज ९ दशैं तिहारको अवसर पारेर संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको खाँदबारी युथ क्लवले आयोजना गर्न लागेको खाँदबारी रनको तैयारी तिब्र रुपले अघि बढेको छ । प्रर्यटन प्रवर्धन, खाँदबारी रन भन्ने नाराका साथ आयोजना हुनलागेको प्रतियोगिता आगामी असोज १७ गते घटस्थापनाको दिन संचालन गरिने खाँदबारी युथ क्लवका महासचिव सुरेन शाक्यले बताए । अहिले प्रतियोगिता संचालनका लागि जिम्मेवारी बाँडफाँड, दाताहरुको अन्तिम नामावली तैयारी, स्वास्थ्संस्थासंगको समन्वय लगायतका कामहरु अघि बढाईएको महासचिव शाक्यको भनाई छ । प्रतियोगितामा बिभागिय , खुल्ला पुरुष र महिला टिमको सहभागिता रहने आयोजक खाँदबारी युथ क्लवका कार्यबाहक अध्यक्ष मुनहाङ् गुरुङ्गले जनाए । उनले बिभागिय टिमका धावकले १२ किलोमिटर, खुल्ला पुरुष सहभागिले १० किलोमिटर र खुल्ला महिला र ४० वर्ष माथिका सहभागिले ७ किलोमिटर दुरी पार गर्नूपर्ने प्रावधान रहेको खाँदबारी य...
भारि वर्षादकाे संभावना सचेत रहन आग्रह
समाचार

भारि वर्षादकाे संभावना सचेत रहन आग्रह

असाेज ९ मंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ। महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ। वर्षा गराउने प्रणाली नेपाल नजिक झन शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन्। महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि आइतबार बिहानसम्म अधिकांश स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अ...
गाउँ फर्कनेलाई पर्वतको महाशिलाले ६ महिनाको खाद्यान्न खर्चसहित १ लाख रुपैयाँ अनुदान दिने
समाचार

गाउँ फर्कनेलाई पर्वतको महाशिलाले ६ महिनाको खाद्यान्न खर्चसहित १ लाख रुपैयाँ अनुदान दिने

असोज ९, पर्वत – पर्वतको महाशिला गाउँपालिकाले गाउँ फर्कनेलाई खाद्यान्न खर्चसहित एक लाख रुपैयाँ अनुदान दिने भएको छ । आफू बसेको गाउँठाउँ छाडी अन्यत्र बसाइँ सरेकाहरू पुरानै ठाउँमा फर्किएमा एक लाख रुपैयाँ अनुदान ६ महिनालाई पुग्ने खाद्यान्न खर्च दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । गाउँलेहरू बसाइँ सरेर अन्यत्र जान थालेपछि पालिकाले यस्तो कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष भुसालको भनाइ छ । गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरिसकेको छ । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरूको भरणपोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ । गाउँपालिकाले चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिने जनाएको छ । अध्यक्ष भुसालका अनुसार एक वर्षमा महाशिला गाउँपालिकाबाट ९३ पर...
सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली सपरिवारसहित सम्पर्कविहिन
अपराध, राजनीति, समाचार

सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली सपरिवारसहित सम्पर्कविहिन

असाेज ९ गण्डकी- कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार हुनुहुन्छ । सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उहाँ सपरिवार सम्पर्कविहीन हुनुभएको थियो । प्रहरीले नगरप्रमुख नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी गरेपनि उहाँ अझै पक्राउ पर्न सक्नुभएको छैन । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।...
संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना, नाना र छाना अभियान उद्घाटन्
शिक्षा, समाचार, समाज

संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना, नाना र छाना अभियान उद्घाटन्

असाेज ८ संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना नाना र छाना अभियान उद्घाटन् तथा शुभकामना आदानप्रदान कार्यकमकाे आयाेजना गरिएकाे छ । मकालु त्रिसक्ति समूह माट्स नेपालकाे आयाेजनामा कार्यकमकाे शुभारम्भ गरिएकाे हाे । माट्स नेपालका उपाध्यक्ष मुकेस मुदेलकाे सभापतित्व तथा निमित्त प्रमुख जिल्ला अधिकारी माेहनमणी घिमिरेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यकममा भैरवी दल गुल्मका मुकुन्द न्याैपाने, पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी, शिक्षा बिकास समन्वय अधिकारी गाेपालमान भण्डारी, जिल्ला समन्वय अधिकारी शुक्रादेवी राई लगायतले बालबालिकाकाे हित प्रवर्धन र संरक्षणका लागि सबै सराेकारवालाहरुकाे हातेमालाे आवश्यक भएकाे धारणा राखेका थिए । कार्यक्रममा बालबालिका खाेजतलास काेशी प्रदेस समन्वय केन्द्रका अधिकृत सुमन अधिकारीले काेशी प्रदेसमा बाल गृहकाे अवस्था र बालगृह संचालनका लागि विभिन्न ठाउँमा स...
संखुवासभाको मादीमा भेटिएकाे शंकास्पद बस्तु (हेण्ड ग्रिनेट) डिस्पाेज  गरियाे
समाचार

संखुवासभाको मादीमा भेटिएकाे शंकास्पद बस्तु (हेण्ड ग्रिनेट) डिस्पाेज गरियाे

नवीन गुरूङ/उज्यालो संखुवासभा, ८ असाेज- संखुवासभाको मादी नगरपालिका- ६ काे शिरिसे भन्ने ठाउँमा भेटिएकाे शंकास्पद बस्तु (हेण्ड ग्रिनेट) नेपाली सेनाले डिस्पाेज गरेकाे छ । अाज मंगलबार विहान करिब पाैने ७ बजेतिर मादी-पिलुवा सडकबाट अन्दाजी २०।२५ मिटर तल रहेको भवानी प्रसाद दाहालको कोदो बारीको छेउमा शंकास्पद बस्तु (हेण्ड ग्रिनेट) स्थानीय २५ बर्षीष संजिब भुजेलले देखेपछि सबैलाई खबर गरेकाे र खाँदबारीबाट नयाँ भैरवी दलकाे डिस्पाेज टाेलीले डिस्पाेज गरेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले बताउनुभयाे । साे शंकास्पद बस्तु ३६ नम्बरकाे हेण्ड ग्रिनेट रहेकाे जनाएकाे छ । सशस्त्र द्वन्द्वकालकाे समयमा छाेडेकाे हुन सक्ने सेना र प्रहरीले अनुमान गरेकाे छ । डिस्पाेज गरिसकेकाले कुनै खतरा नरहेकाे प्रहरीले जनाएकाे छ । खाँदबारीबाट डिस्पाेज गर्ने टाेली नपुग्दा सम्म मादीमंगलबारे ...