स्थानीयको भावनालाई ठेस पुर्याएर कुनै आयोजना अघि बढाईनु हुँदैनः आयोग अध्यक्ष राम बहादुर थापा मगर - साझाकुरा
आइतवार, जेष्ठ ३१, २०८३

स्थानीयको भावनालाई ठेस पुर्याएर कुनै आयोजना अघि बढाईनु हुँदैनः आयोग अध्यक्ष राम बहादुर थापा मगर


editor@sajhakura June 13, 2026

जेष्ठ ३०
राष्ट्रिय आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगरले स्थानीयको भावनालाई ठेस पुर्याएर कुनै आयोजना अघि बढाईनु उचित नहुने धारणा राख्नुभएको छ ।
अध्यक्ष राम बहादुर थापा मगरले बरुण हाईड्रो र मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रको स्थलगत अवलोकन समेत गर्नूभएको छ । जेष्ठ २७ र २९ गते संखुवासभाको बरुण हाईड्रो र मकालु बरुण राष्ट्रिय निकुञ्जले आदीबासि जनजातिको दैनीक जिवनमा पार्ने असर र यसको रोकथाम तथा न्युनिकरणका लागि सरकारले खेल्नुपर्ने भुमिकाका बिषयमा अध्ययन भ्रमणपछि सरकारलाई प्रतिवेदन बुझाईने आयोजगका अध्यक्ष थापामगरले बताउनु भयो । आज संखुवासभाको सदरमुकाम खाँदबारीमा एक पत्रकार सम्मेलनको आयोजना गरि वहाँले आफ्नो टिमले गरेको स्थलगत भ्रमणका बारेमा जानकारी दिनुभएको थियो ।
नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष कृष्णराज शाक्यको अध्यक्षता तथा राष्ट्रिय आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोगका अध्यक्ष थापामगरले आफ्नो टिमले बरुण र हेदाङ्ना गढिमा स्थानीयहरुसंग आयोजना र प्रभावीत क्षेत्रका बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको जानकारी गराउँदै बरुणको धार्मिक साँस्कृतिक तथा पौराणिक महत्वलाई असर पुग्ने भएकाले बरुणमा हाईड्र पावर निर्माणका लागि स्थानीयले बिरोध जनाईरहेको जानकारी दिए ।
उनले स्थानीयको भावनालाई बेवास्था गर्दै आयोजना निर्माण गरिँदा त्यसको दिर्घकालिन असर पुग्ने बताउनुहुँदै मकालु बरुण राष्ट्रिय निकुञ्जले स्थानीय बिकासलाई प्रमुख प्राथमिकतामा राख्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
आज खाँदबारीमा आयोजना गरिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष थापामगरले आफुले गरेको अवलोकन भ्रमणको प्रतिवेदन सरकारलाई चाँडै बुझाउने प्रतिक्रिया दिनुभएको थियो । आयोगका अध्यक्ष थापामगरसंगको अन्तरक्रिया कार्यक्रममा बरुण र मकालु बरुण राष्ट्रिय निकुञ्जका प्रभावित क्षेत्रहरुका बासिन्दाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *