editor@sajhakura, Author at साझाकुरा - Page 46 of 89
आइतवार, चैत्र १, २०८२

Author: editor@sajhakura

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
शिक्षा, समाचार

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक भएको हो । एसईइ परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय जानकारी अनुसार वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ । नेपाल टेलिकममार्फत १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिने, स्विफ्ट टेक्नोलोज...
सङ्खुवासभामा तीन दिने फोटोग्राफी तथा भीडियाेग्राफी तालिम संचालन
समाचार

सङ्खुवासभामा तीन दिने फोटोग्राफी तथा भीडियाेग्राफी तालिम संचालन

घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाको आर्थिक सहयोग तथा प्रेस युनियन संखुवासभाकाे संयाेजनमा जिल्लाका संचारकर्मीलाई लक्षित गरि फोटोग्राफी तथा भिडियोग्राफी सम्बन्धी तीन दिने आधारभूत तालिम संचालन गरिएकाे छ । मंगलबार बाट शुरु भएकाे तीन दिने तालिममा ३० बढि प्रशिक्षार्थीकाे सहभागिता रहेकाे छ । संचार जगतलाई आधुनिक, प्रविधिमैत्री र समयानुकुल बनाई उनिहरुकाे क्षमता बढाउन तालिमले ठुलाे सहयाेग पुग्ने अपेक्षा आफुले राखेकाे उद्घाटन समाराेहका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । समन्वय समिति प्रमुख शाक्यले पछिल्लो समय आएका विभिन्न नयाँ टेक्नोलोजीकाे प्रयाेगले ब्यवसायिक पत्रकारिताकाे बिकासमा ठुलाे टेवा पुग्ने धारणा राखेका थिए । कार्यक्रमका विशिष्ट अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले जनतालाई बिकास संग जाेड्न संन्चार जगतकाे भुमिका अत्यन्त महत्वपुर्ण हुनेहु...
मकालु गाउँपालिकाले यसरी गर्यो कीर्तिमानी आरोही लाक्पा शेर्पालाई सम्मान
समाचार

मकालु गाउँपालिकाले यसरी गर्यो कीर्तिमानी आरोही लाक्पा शेर्पालाई सम्मान

संखुवासभाको मकालु गाउँपालिकाले हिमाल आरोही लाक्पा शेर्पालाई सम्मानित गरेको छ । मकालु हिमालको सातौ पटक सफल आरोहण गरेर कीर्तिमान कायम गरेको भन्दै शेर्पालाई गृह जिल्ला संखुवासभामा सम्मानित गरेको हो । गाउँपालिका प्रमुख ओङ्दी छिरीङ शेर्पालगायत सिंगो गाउँपालिका टिमले कीर्तिमानी शेर्पालाई जिल्लामै बोलाएर सम्मानित गरेको हो । शेर्पाले मकालु गाउँपालिकाको लोगोसमेत मकालु हिमालको चुचुरोम पु¥याएकाछन् । शेर्पा मकालु हिमाल आरोहणमा प्रख्यात मानिन्छन् । उन्ले यसपटक फिक्सिङ टिमको नेतृत्व गर्दे मकालु हिमालको चुचुरोमा पुग्न सफल भएका हुन् । विश्वको पाचौ अग्लो हिमालको चुचुरोमा पुग्नु आफैमा गौरवको कुरा हो । संखुवासभा मकालुका शेर्पाले हिमाल आरोहण मार्फत समग्र पर्यटन क्षेत्र र सिंगो राष्ट्रलाई चिनाउन गरेको योगदानको प्रशंसा गर्दे गाउँपालिकाल सम्मानित गरेको हो । श्राेत: स्टेट नेपाल डट कम...
करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि
मनोरन्जन, समाचार

करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

असार ९ गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् । उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे । दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे । अनलाईन खबर...
कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुनिल कार्की र महेश खड्कालाई ।
खेलकुद, समाचार

कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिताको उपाधि सुनिल कार्की र महेश खड्कालाई ।

संखुवासभा असार ८ कोशि प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुल्ला पुरुष डबल तर्फको उपाधि सुनिल कार्की र महेश खड्काको जोडीले जितेका छन् । जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रथम कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिताको फाईनल खेलमा पविन लिङथेप र निश्चल खत्रीको जोडिलाई सोझो सेटले हराउदै ब्याडमिन्टन प्रतियोगितामा कार्की र खड्का विजयी भएका छन् । विजयी जोडिले सिल्ड मेडल र प्रमाणपत्र सहित नगद रु ६० हजार प्राप्त गरेका छन् भने उपविजेताले नगद रु ३५ हजार सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । उक्त खेलमा प्रमिश श्रेष्ठ र प्रनिश सिंह ठकुरीको जोडि , बिसाल तामाङ र विवेक श्रेष्ठको जोडि तृतिय हुदै नगद रु १०/१० हजार साथमा सिल्ड मेडल र प्रमाणप प्राप्त गरेका छन् । संखुवासभाको खाँदबारीमा असार ६ देखि ८ गते सम्म संचालन भएको कोशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगितामा खुला तर्फ बिभिन्न प्रदेशका ...
ट्रिफरकाे ठक्करबाट एककाे मृत्यु
समाचार

ट्रिफरकाे ठक्करबाट एककाे मृत्यु

संखुवासभा असार ८ संखुवासभा चैनपुरमा ट्रिफरले मोटरसाइकललाई ठक्कर दिँदा चैनपुर नगरपालिकाका कर्मचारी पदम श्रेष्ठको मृत्यु, भएकाे प्रहरिले जनाएकाे छ । सनिवार साँझ ६:३० बजे चैनपुर नगरपालिका वडा नम्बर ८ बानेश्वर स्थित भ्यु होटल नजिक कोशी राजमार्गमा सवारी दुर्घटना भएको थियो । चैनपुरबाट खराङ तर्फ जाँदै गरेको प्रदेश१-०२-००१ख ८२४९ नम्बरको टिफरले सोही दिशाबाट जाँदै गरेको को १५प ९८३१ नम्बरको मोटरसाईकललाई पछाडिबाट ठक्कर दिँदा माेटर साईकल चालक चैनपुर ७ बस्ने अन्दाजि ५० बर्षिय पदम श्रेष्ठ गम्भिर घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर ल्याई चेकजाँच गर्दा डाक्टरले ७ बजे मृत घोषणा गरेको बताईएकाे छ । दुर्घटनामा परेकाे दुबै सवारी साधन अहिले इलाका प्रहरी कार्यालय चैनपुरकाे नियन्त्रणमा छ । ट्रिफर चालक चैनपुर १० खराङ बस्ने बर्ष अन्दाजी ३४ बर्षिय कमानसिंह तामाङलाई इलाका प्रहरी कार्यालय च...
कोशी प्रदेशस्तरिय ब्याडमिण्टन प्रतियोगिता खाँदबारीमा शुरु
खेलकुद, समाचार

कोशी प्रदेशस्तरिय ब्याडमिण्टन प्रतियोगिता खाँदबारीमा शुरु

संखुवासभा असार ६ काेशी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिता आजबाट संखुवासभाको खाँदबारीमा शुरु भएको छ । खुला तर्फ बिभिन्न प्रदेशका ८ टिमको सहभागिता रहेको प्रतियोगिता असार ६ गते देखि ८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । त्यसैगरि भेट्रान्स तर्फको प्रतियोगितामा भारतका बिभिन्न प्रान्तहरु सिक्किम दार्जिलिंङ्, कलकत्ता र कोशी प्रदेशका ३० जोडि प्रतिश्पर्धी टिम रहने आयोजकको भनाई छ । पुरुष डवल तर्फको प्रतियोगितामा प्रथम हुने टिमले रु ६० हजार र उपबिजेताले रु ३५ हजार प्राप्त गर्नेछन् भने भेट्रान्सतर्फ प्रथम हुनेले रु ५० हजार र उपबिजेताले रु ३० हजार प्राप्त गर्ने आयोजक संस्था जिल्ला ब्याडमिण्टन संघका अध्यक्ष राजु श्रेष्ठले जनाए । बिहिबार दिउँसो समुद्घाटन गरिएको प्रतियोगितालाई सम्बोधन गर्दै प्रमुख अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले राष्ट्रिय स्तरको प्रतियोगिता संचालनका लागि ख...
अपराध, समाचार

अभियन्ता हाैँ’ भन्दै रकम असुल्ने ४ पक्राउ

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै धम्काएर रकम असुल्ने चार जना काठमाण्डौबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोकर्णेश्वर बस्ने राजु सुनार, आदर्श क्षेत्री, अस्मिता खत्री र प्रेमप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूले ‘बेथिति एवम् भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर त्यसको शाखा गोकर्णेश्वर नगरपालिकाका वडामा समेत विस्तार गरेका थिए । सरकारी कार्यालय, पालिका, विद्यालय, सङ्घ–संस्था, कम्पनी, टोल सुधार संस्थालगायतमा गएर ‘तिमीहरूको विरुद्धमा भ्रष्टाचार र घुसखोरीको उजुरी परेको छ, हामीले अनुसन्धान गर्ने हो’ भन्दै रकम असुली माग्ने गरेको प्रहरीले जनाएको छ । आफूहरूले भनेअनुसारको रकम नदिएमा छानबिन गरेर मुद्दा हालिदिने धम्की पनि उनीहरूले दिँदै आएका थिए । यस्तै विभिन्न व्यक्तिको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै हैरानी दिने कामसमेत गरेकाले चार ज...
६ केजी सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता
अपराध, समाचार

६ केजी सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

६ केजी सुनसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार कपनबाट शेरब ग्याल्बो भन्ने सोनामा गुरुङलाई पक्राउ गरेको हो। गुरुङसँग नेपाली नागरिकतासमेत भेटिएको र त्यसउपर छुट्टै अनुसन्धान हुने सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए। उनी ब्रेकसुमा लुकाएर सुन तस्करी गर्ने गिरोहका सदस्य हुन्। उनीसँग स्रोत नखुलेको ४८ लाख रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ। लामो समयदेखि नेपालमा बस्दै आएका गुरुङ क्रिप्टोकरेन्सी तथा युएसडिटीको अवैध कारोबारमा समेत संलग्न रहेको सिआइबीले जनाएको छ। सुन तस्करी प्रकरणमा सिआइबीले हाल दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।...
ताप्लेजुङका पहिरोपीडित विद्यालयमा
समाचार

ताप्लेजुङका पहिरोपीडित विद्यालयमा

ताप्लेजुङको विभिन्न क्षेत्रमा गएको पहिरोका कारण दर्जनौँ परिवार विस्थापित भएका छन् । करिब एक सातादेखि परिरहेको अविरल वर्षाका कारण विस्थापित हुन पुगेका परिवारलाई अस्थायी रूपमा सामुदायिक विद्यालय र आफन्तको घरमा राखिएको छ । शनिबार बिहान गएको पहिरोले मिक्वाखोला गाउँपालिका– ५ पापुङमा तीन परिवार,पहिरोकै कारण सिरिजंघा गाउँपालिका– ६ मामाङ्खेम थत्रुवा टोलमा दुई दर्जन घर विस्थापित भएका छन् । सिरीजंघा– ७ खेबाङमा तीन घरपरिवार पहिरोमा परी विस्थापित बनेका छन् । विस्थापित परिवारका करिब सयजनालाई लक्ष्मी माध्यमिक विद्यालयमा राखिएको छ । ...