संखुवासभा जेष्ठ १४
पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको कार्यालयमा साेमबार तालाबन्दी गरिएको छ ।
पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता शुद्धिकरणको नाममा जिल्लामा क्रियाशिल पत्रकारहरुको सदस्यता खारेज गरेकाे विरोधमा संखुवासभाका चारवटा संस्थाहरुले तालाबन्दी गरेको हो ।
पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीलाई कार्यालयबाट बाहिर निकाली प्रेस युनियन, प्रेस सेन्टर, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) र राष्ट्रिय फोटो पत्रकार समुहले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।
उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ संखुवासभामा ३९ जना सदस्यहरु रहेकोमा २०८० बैशाख १८ गते बसेको बैठकद्धारा ३३ जना सक्रिय पत्रकार सदस्यहरुको नवीकरण गर्न केन्द्रमा सिफारिस गरेकाे थियाे ।
आन्दाेलित संस्थाहरुले शुद्धिकरणको नाममा सदस्यता हटाएकोप्रति तिब्र असहमती जनाउदै विरोध स्...