editor@sajhakura, Author at साझाकुरा - Page 64 of 89
आइतवार, चैत्र १, २०८२

Author: editor@sajhakura

कार्य कक्षबाटै कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
अपराध, अर्थ/व्यापार, समाचार

कार्य कक्षबाटै कुश्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

सहकारीकाे रकम अपचलन गरेकाे आराेपमा पर्वत जिल्लाको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई कार्य कक्षबाटै पक्राउ गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरिदिनका लागि पर्वत प्रहरिलाई लिखित पत्रमार्फत आग्रह गरेको थियो। उनलाई पक्राउ गरी पोखरा पठाउने तयारी गरिएकाे प्रहरी निरीक्षक पौडेलले जनाए । सर्वसाधारणले मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले स्याङ्जामा सहकारीको सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएकाले उनलाई थप अनुशन्धानका लागि पक्राउ गरिएकाे प्रहरिकाे भनाई छ । ...
नेपाल औषधी व्यवसायी संघ संखुवासभा अध्यक्षमा डम्बरविक्रम प्रधान
समाचार, स्वास्थ्य

नेपाल औषधी व्यवसायी संघ संखुवासभा अध्यक्षमा डम्बरविक्रम प्रधान

नेपाल औषधी व्यवसायी संघ संखुवासभा दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा डम्बरविक्रम प्रधान र महासचिव सविर दर्जी निर्विरोध निर्वाचीत भएका छन् । मंगलबार खाँदबारीमा भएकाे संघको दोस्रो अधिबेसनले प्रधानकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे । अधिबेसनबाट उपाध्यक्षमा मनोज योञ्जन, कोषाध्यक्ष कुसुम रसाइली, सचिव इश्वर दाहाल, उपकोषाध्यक्ष रमेश शंकर र सदस्य प्रेमबहादुर तामाङ निर्वाचीत भएका छन् । ...
अरुणबरुणकाे अध्यक्षमा पुन  इश्वरकाजी कटुवाल
अर्थ/व्यापार, समाचार

अरुणबरुणकाे अध्यक्षमा पुन इश्वरकाजी कटुवाल

संखुवासभाको सदरमुकाम खाँदबारीमा केन्द्रीय कार्यालय रहेको अरुणबरुण बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा दोस्रो पटक इश्वरकाजी कटुवाल सर्वसम्मत निर्वाचीत भएका छन् । मंगलबार खाँदबारीमा सम्पन्न चौथो साधारणसभाबाट अध्यक्ष पदमा कटुवाल सर्वसम्मत निर्वाचीत भएका हुन् । समितिको उपाध्यक्षमा जनक पौडेली, सचिव दिपेन शाक्य र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन । समितिका अन्य ७ सदस्यहरु प्रजिना शाक्य, निर्मला गुरुङ, सुमन गौतम, रोहित कार्की, सन्तोष खत्री, सन्देश ओझा र उत्तम दाहाल दाहाल चयन भएका छन् ।  ...
आज धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली मनाइँदै
समाचार

आज धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली मनाइँदै

आज मंसिर पूर्णिमाको दिनलाई धान्य पूर्णिमाको रुपमा मनाइँदैछ । यस दिन धानको पर्वत बनाएर पूजा गर्नाले धन वृद्धि हुने विश्वास रहेको छ । नयाँ उब्जिएका अन्न सबैभन्दा पहिले पितृ तथा देवीदेवतालाई चढाएर मात्र आफुले खाने गरिन्छ । विशेषगरि नयाँ चामलबाट बनेको खीर, पुवा आदि पकाएर कुलदेवतालाई अर्पण गरिन्छ । यसैगरि आज नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने चलन छ । यस दिन इष्टमित्र, साथीभाई र पाहुनालाई योमरी खुवाउने परम्परा छ । आजको दिन शुद्ध भएर चामलको पिठो, चाकु, तील, मास, गुँदपाक, खुवा राखी योमरी बनाउने चलन छ । नेपाल भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी र मिठाइ हो । सबैलाई मनपर्ने भएकाले नै यसको नाम योमरी राखिएको संस्कृतिविदहरुको भनाइ छ । यसैगरी आजै विभिन्न कार्यक्रम गरी राष्ट्रिय ज्यापु दिवस पनि मनाइने भएको छ । ज्यापु दिवसको अवसरमा काठमाण्डौको बसन्तपुर लगायतका क्षेत्रहरुमा विशेष कार्...
‘हरिलाल राई स्मृति सम्मान’ प्रेमकुमार र राजकुमारीलाई
समाचार

‘हरिलाल राई स्मृति सम्मान’ प्रेमकुमार र राजकुमारीलाई

यस वर्षको ‘हरिलाल राई स्मृति सम्मान’ बाट नेपाल सरकारका अधिकृत प्रेमकुमार राई र खरिदार राजकुमारी राई सम्मानित हुने भएका छन् । सोमबार बसेको किरात राई कर्मचारी मञ्च, केन्द्रीय सचिवालयको बैठकले प्रेमकुमार र राजकुमारीलाई ‘हरिलाल राई स्मृति सम्मान’ बाट सम्मानित गर्ने निर्णय गरेको नेपाल सरकारका उपसचिवसमेत रहेका मञ्चका सचिव योग्यप्रसाद राईले जानकारी दिए । प्रेमकुमार नेपाल टेलिकम, संखुवासभामा कार्यरत छन् भने राजकुमारी मालपोत कार्यालय, पाँचथरमा कार्यरत छिन् । उनीहरू नगद रू. १५ हजार र सम्मानपत्रसहित सम्मानित हुनेछन् । मञ्चले दुर्गम क्षेत्रमा लामो समय सेवा गरेका तथा किरात समुदायको उत्थानमा सार्वजनिक क्षेत्रबाट गरेका योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानित गर्दै आएको सचिव राईले बताए । याे सम्मान नेपाल सरकारका नायब सुब्बा स्व. हरिलाल राईको नाममा खोटाङ जिल्ला, दिक्तेल रुपाकोट मझुवागढी ४ मा स्थायी...
बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या आएको छ ः शिक्षा संयोजक अधिकारी
अन्तरवार्ता, भिडीयाे, शिक्षा, समाचार

बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या आएको छ ः शिक्षा संयोजक अधिकारी

जिल्लाको शैक्षिक क्षेत्रको गुणस्तर अभिबृद्धिमा योगदान पुर्याउँदै आएको युनाईटेड वल्र्ड स्कृल्स नेपाल (यु डब्लु एस नेपाल) का शिक्षा संयोजक आशिस अधिकारीले जिल्लाका बिभिन्न बिद्यालयहरुमा गठन भएका बिद्यालय ब्यवस्थापन समिति सक्रिय नहुँदा शैक्षिक गुणस्तर अभिबृद्धिमा समस्या भएको बताएका छन् । खाँदबारी एफएम संखुवासभाले संचालन गर्ने रेडियो कार्यक्रम संम्बाद डवलीमा सहकर्मी नवीन गुरुङ्ग संगको अन्तरवार्तामा संयोजक अधिकारीले अधिकांश बिद्यालयमा ब्यवस्थापन र शिक्षकको सकृयता नहुँदा संस्थाले शैक्षिक गुणस्तर अभिबृद्धि लागि बिद्यालयलाई उपलब्ध गराउँदै आएको सहयोग थप प्रभावकारी हुन नसकेको बताएका हुन् । उनले युडब्लुएसले कतिपय स्थानीय सरकार र बिद्यालयहरु संग गरेको सम्झौता समेत कार्यान्वयनमा नआएको बताउँदै शैक्षिक सुधारका लागि स्थानीय पालिकाहरुले समेत कार्यक्रम निरन्तरताको जिम्मा लिनुपर्ने बताए । यु डब्लु एस संग...
कैद सजाय पुरा भएकै दिन कैदिको मृत्यु
समाचार

कैद सजाय पुरा भएकै दिन कैदिको मृत्यु

मोरङ कारागारमा एक कैदी बन्दीको छुट्ने दिन नै मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका १० का चण्डेश्वर सहनीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जनाए । मृतक सहनी कैद भुक्तान सकेर आज सोमबार छुट्दै थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर १९ गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो। अदालति फैसलापछि फरार रहेका उनि २०७९ माघ १७ गते प्रहरीले पक्राउ गरेपछि । जेल जिवन बिताईरहेका थिए । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शनिवार बिहान साढे ४ बजे उनलाई कोशी अस्पताल ल्याएको कारागार प्रशासनले जनाएको छ । छुट्ने दिन नै कैदिको मृत्यु भएपछि मृतकका आफन्तले घटनाका सम्वन्धमा सत्य तथ्य बाहिर नल्याए सम्म शव नबुझ्ने अडान राखेका छन् । छुट्ने दिनको खुशियालीमा रहेका आफन्तले कैदीको मृत्यु हुँदा समेत परिवारलाई कुनै जानकारी नद...
संखुवासभामा मानव अधिकार उलङ्घनका घटनामा वृद्धि
समाचार

संखुवासभामा मानव अधिकार उलङ्घनका घटनामा वृद्धि

संखुवासभामा मानवअधिकार उलङ्घनका घटना वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संखुवासभाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार जिल्लामा एक वर्षको अवधिमा ५० वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरेको छ । गत साउन २४ गते जिल्ला कारागार खाँदबारी भित्रै प्रहरीको कुटपिटबाट दुई कैदी हत्या हुनु गम्भीर मानवअधिकार उल्लघंनका घटना भएको इन्सेकको ठहर छ । आज सदरमुकाम खाँदबारीमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै ५० वटा घटनामा ५१ जना पीडित भएको इन्सेक संखुवासभा प्रतिनिधि भविन कार्कीले जानकारी दिए । अघिल्ला वर्षहरुमा झै संखुवासभामा हत्या, बलात्कार र कुटपिट जस्ता घटनाले निरन्तरता पाएको अवस्था देखिन्छ । संखुवासभामा ११ बालिका सहित १६ जना बलात्कृत, घरेलु हिंसाका २४, हत्या ५...
चार ठुला उद्योगको लाइन काटियो 
समाचार

चार ठुला उद्योगको लाइन काटियो 

बक्यौता महसुल उठाउन नेपाल विद्युत् प्राधिकरण आक्रामक बनेको छ । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेका जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको शुक्रबार काटेको छ । यी उद्योगहरूको आठ अर्ब ७४ करोड महसुल बक्यौता थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार मात्रै प्राधिकरणलाई डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुल नतिर्ने उद्योगको लाइन काट्न निर्देशन दिएका थिए । ठूलो रकम बक्यौता भएकाबाट कारबाही सुरु गर्न प्रधानमन्त्रीको सुझाव थियो । सोहीअनुसार प्राधिकरणले पहिलो चरणमा धेरै बक्यौता भएका उद्योगको लाइन काटेको हो ।  प्राधिकरणका अनुसार जगदम्बा स्टिलको बक्यौता सबैभन्दा धेरै छ । जगदम्बाको मात्रै चार अर्ब १४ करोड रुपैयाँ महसुल बक्यौता छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको एक अर्ब ९४ करोड, घोराही सिमेन्टको एक अर्ब ३६ करोड र अर्घाखाँची ...
निर्वाचन आयोगद्धवारा राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत
समाचार

निर्वाचन आयोगद्धवारा राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत

निर्वाचन आयोगले आगामी माघ ११ गते तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने कानुनी व्यवस्था भए बमोजिम प्रदेशसभा सदस्य पाँच सय ४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर एक हजार चार सय ९८ गरी २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत गरेको हो । निर्वाचनका लागि मतदाता स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कुल मतदाता पाँच सय ५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाई पाँच सय ४९ जना कायम राखिएको छ । । त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरतर्फको कुल मतदाता एक हजार पाँच सय छ मध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपमेयर एक र निलम्बनमा प...