editor@sajhakura, Author at साझाकुरा - Page 69 of 89
शनिबार, फाल्गुन ३०, २०८२

Author: editor@sajhakura

जग्गादाता मन बहादुर सम्मानित
समाचार, समाज

जग्गादाता मन बहादुर सम्मानित

नेपाली काँग्रेस चिचिला ५ नं वडा कार्य समिति संखुवासभाले चिचिला ५ नं वडा कार्यालयलाई निशुल्क रुपमा जग्गा दिने जग्गादाता मन बहादुर राई (ठालुमान) लाई एक कार्यकमका बिच सम्मान गरेकाे छ । चिचिला ५ का पुर्व वडाध्यक्ष समेत रहेका जग्गादाता राईले संखुवासभा चिचिला ५ काे वडा कार्यालय भवन निर्माणका लागि करिब ५ राेपनी जग्गा निशुल्क प्रदान गरेका थिए । नेपाली काँग्रेस ५ नं वडा कार्य समितिका सभापति फत्तिमान गुरुङकाे सभापतित्व तथा निवर्तमान जिल्ला सभापति दीपन कुमार श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे सम्मान कार्यक्रममा नेपाली काँग्रेस काेशी प्रदेस सदस्य राजेन्द्र घले काँग्रेस जिल्ला सचिब टकमान घलेकाे समेत उपस्थिति रहेकाे थियाे । जग्गादाता सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला सचिब टकमान घलेले कराेडाैं मूल्य बराबरकाे जग्गा सरकारलाई निशुल्क उपलब्ध गराउने मनकारी समाजसेवी मन बहादुर राई (ठालुमान)ले च...
नेपाल संम्बत ११४४ को उपलक्ष्यमा नेवा देयः दवुद्वारा र्र्याल्ली सहित शुभकामना आदानप्रदान (भिडियाे)
समाचार, समाज

नेपाल संम्बत ११४४ को उपलक्ष्यमा नेवा देयः दवुद्वारा र्र्याल्ली सहित शुभकामना आदानप्रदान (भिडियाे)

नेवा देय दबु खाँदबारी नगरकार्य समिति संखुवासभाले नेपाल संम्बत ११४४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । खाँदबारी भानुचोकबाट शुरु भएको धिमेबाजा सहितको र्र्याल्लीले खाँदबारी नगरका बिभिन्न क्षेत्रको परिक्रमा गरि जिल्ला समन्वय समितिको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । नगरकार्यसमितिका अध्यक्ष पुष्प बहादुर श्रेष्ठको सभापतित्व तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेवारी भेषभुषामा सजिएका सैयौंको संख्यामा युवायुवतीहरुको उपस्थीति रहेको रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सुमन शाक्यले शंखधर साख्वाले नेपाल संम्बतको शुभारम्भका लागि गरेको योगदानको चर्चा गर्दै साख्वाको तस्वीरमा माल्यार्पण गरेका थिए । नेपाल संम्बतलाई राष्ट्रिय संम्वत घोषणा गरि सरकारी कागजातमा समेत नेपाल संम्बत उल्लेख गर्ने निर्णय गरे...
आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै
समाचार

आजदेखि नेपाल संवत् ११४४ शुरु, नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

नेवार समुदायको नयाँ वर्ष तथा नेपाल संवत् ११४४ आजबाट शुरु भएकाे छ । नयाँ संम्बतकाे पहिलो दिन आज म्हःपूजा (आत्मपूजा) गरि मनाइँदैछ । दैवीक उर्जाशक्ति एवं विश्व ब्रम्हाण्ड आफ्नै शरिरभित्र रहेको विश्वास गर्दै आफूलाई चिन्ने र पुज्ने पर्वको रुपमा म्हःपूजा गरिन्छ । नेवारी भाषामा म्ह: काे अर्थ शरीर र शरिरलाई पुजा गरिन्छ । आत्मशान्तिका लागि यस दिन तान्त्रिक विधिपूर्वक आफ्नो शरिरलाई पूजा गर्ने परम्परा रही आएको छ । म्हःपूजाका दिन नेवार समुदायका हरेक सदस्यले पिठाे र रंङ्गकाे मण्डप बनाएर पूजा आराधना गर्ने गर्दछन् । मानिसभित्रको शक्ति दिपको रुपमा प्रकट गर्न म्हःपूजा गर्ने परम्परा रहिआएको छ । नेपाल संवत सूरु हुने दिन म्हः पूजा गर्ने परम्परा रहेपनि तिथि घटवढ भएका कारण यसपटक आज म्हःपूजा गरिँदैछ । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरेर नेपाल सम्बतकाे ...
आजैदेखि टिकटक बन्द
मुख्य समाचार

आजैदेखि टिकटक बन्द

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटक आजैदेखि बन्द हुने बताएका छन्। आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको श्रेष्ठले जानकारि दिए । उनले प्राविधिक काम गर्न एक डेढ घन्टा लाग्ने र त्यसपछि टिकटक स्वत बन्द हुने बताए । ‘सामाजिक सदभाव बिगार्ने, उच्छृङ्खल गतिविधि गर्ने, राष्ट्रियता कमजोर बनाउन टिकटक प्रयोग गरिएकाले बन्द गर्ने निर्णय गरिएकाे श्रेष्ठकाे भनाई थियाे । ...
दियाे बाल्दा एक घरमा आगलागी
समाचार

दियाे बाल्दा एक घरमा आगलागी

२७ कार्तिक २०८०, सोमबार संखुवासभाको खाँदबारी १ स्थित नेपाली सेनाका ब्यारेक नजिकै एक घरमा आगलागि हुँदा एक परिवार बिचल्लिमा परेकाे छ । राति करिब पाैने १२ बजेतिर शुकमाया राईको घरमा आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट हुँदा परिवार बिचल्लिमा परेकाे हाे । लक्ष्मी पुजाकाे दियाेबाट आगलागि भएकाे प्रारंभिक अनुमान गरिएकाे जिल्ला प्रहरीले जनाएको छ । आगो फैलिसकेपछि मात्र थाहा पाएकोले कुनै पनि सामान निकाल्न नभ्याईएकाे परिवारिक श्रोतले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयकाे सहयाेगमा आगाे नियन्त्रण गरिएकाले ठुलाे क्षति हुन नपाएकाे स्थानीय हरि श्रेष्ठले बताए । बाक्लाे बजारमा आगलागि भएपनि नेपाली सेना, प्रहरी र स्थानीयकाे सक्रियताले ठुलाे क्षति टरेकाे उनकाे भनाई छ । आगलागि नियन्त्रणका लागि खाँदबारी नगरपालिकाले दमकलकाे ब्यवस्थापन गरेपनि समयमा पुग्न नसकेकाे र दमकलमा प्रसस्त पानी नल्याई...
(भिडियो सहित)डेंगीको रोकथाम र नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न
समाचार, स्वास्थ्य

(भिडियो सहित)डेंगीको रोकथाम र नियन्त्रण सम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ कार्तिक २०८०, बिहीबार नवीन गुरुङ्ग संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा डेंगीको रोकथाम र नियन्त्रण सम्बन्धी जनप्रतिनिधी र सरोकारवालासँग अन्तरक्रिया सम्पन्न भएको छ ।बिहिबार सदरमुकाम खाँदबारीमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिकियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकु काठमाडौ र स्वास्थ्य कार्यालय संखुवासभाको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो ।उक्त कार्यक्रममा स्वास्थ्य मन्त्रालय, इपिडिकियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीले डेंगी नियन्त्रणका लागि स्थानीय तह आफै सक्रिय लाग्नुपर्ने बताएका छन् । उनले संघीय सरकारले स्थानीय तहलाई सशक्तिकरण गर्ने, तीन तहका सरकार बीच समन्वय गर्ने र स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गर्ने लगायतका काम गर्ने भएकाले स्थानीय तह आफैले डेंगीको रोकथाम र नियन्त्रण गर्न लाग्नुपर्ने बताए । ‘संघीय सरकारले सबै क...
कलाकार तथा अभिनेत्री दिपाशा बीसीको निधन (नृत्यको भिडियो सहित)
मुख्य समाचार, समाज

कलाकार तथा अभिनेत्री दिपाशा बीसीको निधन (नृत्यको भिडियो सहित)

कलाकार तथा अभिनेत्री दिपाशा बीसीको निधन भएको छ। बुधबार राति विष सेवन गरेकी उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। अत्यधिक विष सेवनको कारण मृत्यु भएको संचारमाध्यममा उल्लेख गरिएको छ। नजिकको स्रोतका अनुसार उनले व्याजमा पैसा लिएको र समयमै तिर्न नसकेपछि ऋणदाताले बुवा आमालाई टर्चर दिएको कारण आत्महत्याको बाटो रोजेको कलाकारहरुले जनाएका छन्। फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी दिपाशाको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो। दिपाशा संखुवासभा स्थीत सुर्य सेकेण्डरी बोर्डिङ्ग स्कुल खाँदबारीले गत कार्तिक २१ गते आयोजना गरेको अभिभावक सम्मान तथा शुभकामना साँझमा भब्य प्रस्तुति दिएर दर्शक र श्रोताको मन जित्न सफल भएकि थिईन् । उनले हज्जारौं दर्शक र श्रोताको उपस्थीति रहेको उक्त सांगितिक कार्यक्रममा आधा दर्जन गितमा आकर्षक नृत्य प...
जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु भएर फेरि गयाे ५.८ काे भुकम्प
समाचार

जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु भएर फेरि गयाे ५.८ काे भुकम्प

जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु भएर फेरि अहिले ४:३२ बजे ५.८ रेक्टरकाे भुकम्प गएकाे छ । भुकम्पबाट थप क्षति पुगेकाे छ । भूकम्पपछि स्थानीयहरु खुल्ला ठाउँ र चाैतारामा बसिरहेका छन् । गएको शुक्रवार राति जाजरकोटमै केन्द्रविन्दु भएर गएको भूकम्पकाबाट जाजरकोट र रुकुम पश्चिममा गरि १ सय ५३ जनाको ज्यान गएको थियाे भने अरबाैंकाे भाैतिक संरचनामा क्षति पुगेकाे थियाे । आज गएकाे भुकम्पले कुनै मानविय क्षति नपुगेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ । ...
सांसदकाे १५ दिनको सुबिधा भूकम्प पीडितलाई सहयोग गर्ने काँग्रेसकाे निर्णय
समाचार

सांसदकाे १५ दिनको सुबिधा भूकम्प पीडितलाई सहयोग गर्ने काँग्रेसकाे निर्णय

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले आफ्ना दलका तर्फबाट भूकम्पपीडितका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीस्थित उहाँको निवासमा बसेको बैठकले भूकम्पमा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । ...
मेयरद्वारा आफ्नाे ६ महिनाको सुविधा भूकम्प पीडितलाई
मुख्य समाचार, समाज

मेयरद्वारा आफ्नाे ६ महिनाको सुविधा भूकम्प पीडितलाई

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा जाजरकाेट र रुकुम पश्चिमका भुकम्प पिडितलाई दिने घाेषणा गरेका छन् । उनले भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्प पीडितहरुको पुनर्स्थापना, गाँस, बास र आवास ब्यवस्थापनमा सहयाेगका लागि आफुले मासिक पाउँदै आएकाे ३९ हजार सुबिधा जाेडेर हुने जम्मा २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् । ...