editor@sajhakura, Author at साझाकुरा - Page 79 of 97
आइतवार, असार १४, २०८३

Author: editor@sajhakura

रिगलको आम माफी बदर पुन पक्राउको आदेश
मुख्य समाचार

रिगलको आम माफी बदर पुन पक्राउको आदेश

सरकारको शिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्ध्वारा कैद मिनाहा पाएका चेतन मानन्धरको हत्या आरोपी योगराज ढकाल रिगललाई दिईएको सजाय माफीको निर्णय बदर भएको छ। सजाय माफी मिनाहा बदर भएसंगै उनलाई पुन पक्राउ पुर्जि जारि गरिएको बताईएको छ । मन्त्रीपरिषदको शिफारिस तथा राष्ट्रपतिको निर्णयबाट उनि कैद मुक्त भएका थिए। आफ्ना पतिलाई हत्या गर्ने जघण्य अपराधी रिगललाई सरकारले छुट दिएको भन्दै चेतनकी पत्नी भारती शेर्पाले सर्बाेच्चमा दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्च अदालतको पूर्ण इजलासले बिहिबार फैसला गरेको हो । उक्त बिषयमा अझै आधिकारिक जानकारी आईनसकेको सर्वोच्च अदालतका सुचना अधिकारी गोविन्द घिमिरेरेको भनाई छ । सर्वोच्चले रिगललाई तत्काल पक्राउ गर्न परमादेश पनि जारी गरेको समचार माध्यमहरुले जनाएका छन् । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर हत्या गरेको अभियोगमा उनलाई जन्मकैदको सजाय दिईएकोमा गत संबिधान दिवसक...
बैंक ब्याजदर १० प्रतिशत मुनि झार्ने प्रधानमन्त्रि दाहालकाे प्रतिबद्धता
अर्थ/व्यापार, मुख्य समाचार

बैंक ब्याजदर १० प्रतिशत मुनि झार्ने प्रधानमन्त्रि दाहालकाे प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक ब्याजदर १० प्रतिशत भन्दा मुनि झार्ने बताएका छन् । बुटवलस्थित आम्दा हस्पिटलकाे २५ औं बार्षिक समारोहलाई सम्बोधन गर्नेक्रममा आज उनले उद्योगी– व्यवसायीको माग अनुसार बैंक ब्याजदर घटाउन सरकार फागिरहेकाे जानकारि गराए । उनले भने ‘बैंकको ब्याज दर सकभर एक अंकमा झार्ने सरकारको तयारी छ, नसके १० प्रतिशत भन्दा माथि जान्न दिन्नौं’, ‘उद्योग व्यवसाय क्षेत्र चलायमान बनाउने विषयलाई अहिले सरकारले प्राथमिकता दिएकाे छ, तिहारपछि विद्युत व्यापारमा पनि ठूलो घोषणा गर्दैछौं त्यसैले निराश नहुन म सबैमा अपील गर्छु ’ प्रधानमन्त्रि प्रचण्डले भने । बैक ब्याजदरले सर्वसाधारणकाे ढाड सेकिएकाे भन्दै अहिले अभियान्ता दुर्गाप्रसाईंले विभिन्न आन्दाेलनका कार्यक्रम अघिसार्दै ऋणिहरुलाई उचाल्दै ब्यवस्थाका बिरुद्ध नै बितिष्णा जगाउँदै आएका छन् ।...
अहिलेकाे निर्वाचन प्रणालीबाट राम्राे मान्छेले सपनामा पनि चुनाव जित्न सक्दैन : अध्यक्ष केसी
समाचार

अहिलेकाे निर्वाचन प्रणालीबाट राम्राे मान्छेले सपनामा पनि चुनाव जित्न सक्दैन : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरू सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताउनुभएको छ । आज बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा अध्यक्ष केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताउनुभएको हो । उहाँले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान् र राम्रो मान्छेले सपनामा पनि चुनाव जित्न नसक्ने जिकिर गर्नुभयाे । समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरू सांसद बन्ने गरेका अध्यक्ष केसीकाे भनाइ छ । उहाँ शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि प्रश्न उठाउनुभयो । उहाँले भन्नुभयो, ‘चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान्, राम्रो मान्छेले चुना...
टि–ट्वेन्टी विश्वकप छनौटमा आज नेपाल र ओमान भिड्दै
खेलकुद

टि–ट्वेन्टी विश्वकप छनौटमा आज नेपाल र ओमान भिड्दै

आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटका लागि एसिया क्षेत्रको छनोट खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यो खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्ने भएकाले महत्वका साथ हेरिएको छ । जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने ओमान पनि लगातार दुई जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ । टी–ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा नेपाल र ओमानबीच अहिलेसम्म चार खेल भएका छन् । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ । आजको खेल जित्ने टोलीले अर्को समुहको उपविजेतासँग सेमिफाइनलमा खेल्नेछ । अर्को समुहको निर्णायक खेलमा आज युएई र हङकङ तथा बहराइन र कुवेत भिड्नेछन् । यो समुहका दुई खेलबाट युएईको चार अंक छ भने बहराइन र हङकङको २–२ अंक छ ।...
भारतीय सयपत्री मालाको आयात बन्द
मुख्य समाचार

भारतीय सयपत्री मालाको आयात बन्द

सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमति पत्रको सिफारिस रोकेको छ । यससँगै तिहारमा भारतीय सयपत्री मालाको आयात नहुने भएको हो । बागमती प्रदेश सरकार, पुष्प विकास केन्द्र गोदावरीले एक सूचना प्रकाशित गर्दै यस वर्ष स्वदेशी उत्पादनले तिहारका लागि माग धान्न सक्ने देखिएका कारण भारतीय सयपत्री मालाको आयात अनुमति पत्रको सिफारिस गर्ने काम १ कात्तिकबाटै रोक लगाइएको जनाइएको छ । केन्द्रका अनुसार इजाजतपत्र बेगर आयात गरिएका वस्तु अवैध हुन्छन् । यस वर्ष सरकारी तथा निजी संस्थाको संयन्त्रबाट अनुगमन कडा गरिने र अवैध भेटिएमा जफत र दण्ड जरिवाना हुने भन्दै कार्यालयले सचेत समेत गराएको छ । विरुवा तथा वनस्पती सम्बन्धी सामग्री आयात गर्दा सम्बन्धित प्लान्ट क्वारेन्टाइन कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र आयात गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पुष्पजन्य सामग्री आयात गर्दा पुष्प विकास केन्द्रको सिफारिसमा ...
मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाकाे साताैं बार्षिक साधारण सभा सम्पन्न
समाचार, समाज

मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाकाे साताैं बार्षिक साधारण सभा सम्पन्न

चुरे ध्वस्त पार्न पाईंदैन, मरुभुमिकरण गर्ने नीति चाहिँदैन भन्ने नाराका साथ मानव अधिकार तथा शान्ति समाज संखुवासभा शाखाकाे साताैं बार्षिक साधारण सभा खाँदबारिमा सम्पन्न भएकाे छ । शाखा सभापति लाेकदर्शन शाक्यकाे अध्यक्षतामा तथा खाँदबारि नगरपालिकाका प्रमुख महेश थपलियाकाे प्रमुख आतिथ्यतामा भएकाे उद्घाटन समाराेहमा संखुवासभाका सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र संञ्चारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि नगरप्रमुख महेश थपलियाले अहिलेकाे समाज जटिल र संङ्क्रमण तर्फ धकेलिदै गएकाे परिस्थितिमा मानव अधिकारकाे संरक्षण, सामाजिक सदभाव, सहिष्णुहता कायम राख्ने वातावरण निर्माणमा मानव अधिकार तथा शान्ति समाजकाे भुमिका महत्वपुर्ण हुने धारणा राखे । अहिले विश्व युद्ध र हिंसातर्फ पनि उद्धेलित रहेकाले विश्व समुदायलाई समेत युद्धलाई त्याग गरि शान्ति र अहिंसाकाे...
त्रिभुवन विमानस्थलबाट प्रहरी पक्राउ
समाचार

त्रिभुवन विमानस्थलबाट प्रहरी पक्राउ

नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा एक जना प्रहरी जवान पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरेको हो । तामाङले सेटिङमा जाने व्यक्तिहरुलाई विमानस्थलको जाँच पार गराउन भूमिका खेल्ने गरेको आरोप लागेको छ । नक्कली शैक्षिक प्रमाणको आधारमा रकम असुली गरेर विदेश पठाउन खोजेको विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले यस अघि उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरेको थियो। उनको बयानका आधारमा प्रहरी जवान जीवराजको संलग्नता खुलेपछि पक्राउ गरिएको कार्यालयले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला प्रहरी परिसर, टेकु पठाएको पनि कार्यालयले जनाएको ईमेज खबरले समचार प...
टि–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सिंगापुरमाथि नेपालको जीत
खेलकुद

टि–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा सिंगापुरमाथि नेपालको जीत

आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरविरुद्ध शानदार जित निकालेको छ । आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको हो । सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १६ दशमलब ३ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको हो । टियु क्रिकेट मैदान किर्तीपुरमा टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको थियो । सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । टी–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली क्षेत्रको छनौट प्रतियोगिता आजबाट काठमाडौंमा सुरु भएको हो । आठ टोली सहभागी प्रतियोगितामा समुह चरणका खेलहरु कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह ‘ए’ मा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया छन् भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् । दुबै समुहबाट शिर्ष दुई टोली सेमिफाइ...
इजरायलमा मारिएका थप तीन नेपालीको शव पहिचान
समाचार

इजरायलमा मारिएका थप तीन नेपालीको शव पहिचान

गत असोज २० गते हमासको आक्रमणमा मारिएका तीन नेपाली विद्यार्थीको शव पहिचान भएको छ । इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जनामध्ये थप तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको हो । तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको हो । योसँगै आठजना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ । बाँकी दुईजनाको शव पहिचानका क्रममा रहेको छ ।...
इजरायलको आक्रमणबाट गाजामा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु
अन्तर्राष्ट्रिय

इजरायलको आक्रमणबाट गाजामा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ ।...