अख्तियारमा उजुरीका चाङ : स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी सङ्घीय मामिलासँग सम्बन्धीत उजुरी परेका छन् ।
आयोगको वार्षिक प्रतिवेदनका विषयमा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले गत आर्थिक वर्षमा प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३५ दशमलव ९५ प्रतिशत रहेको जनाएको हो ।
त्यस्तै शिक्षा (स्थानीय तहसमेत) १४ दशमलव ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६ दशमलव ०९ प्रतिशत, वन तथा वातावरणसँग सम्बन्धित चार दशमलव १४ प्रतिशत र स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित तीन दशमलव १२ प्रतिशत उजुरी प्राप्त भएको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६२ मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ ।
प्रतिवादीमध्ये छ सय २२ जना पुरुष र एक सय ३८ महिला छन् । गत आर्थिक बर्षमा आयोगमा विभिन्न माध्यमबाट कुल २० हजार नौ सय...









