चैत्र १८
गत चैत्र १५ गते आन्दोलनका नाममा पत्रकार हत्या र संचारमाध्यम माथी भएको आक्रमणको निन्दा गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाले नेपाल सरकारको ध्यानाकर्षण गराएकाे छ ।
प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेल मार्फत सरकारलाई पठाईएको ध्यानाकर्षण पत्रमा पत्रकारको शुरक्षा र संचार माध्यम माथिको आक्रमणको तत्काल छानबिन गरि उचित क्षतिपुर्ति दिलाउन माग गरिएको छ ।
राजाबादीहरुले संचालन गरेको आन्दोलनमा सुरेश रजकको नृशंस हत्या गरिएको, केहि संचारकर्मीहरुमाथि निर्घात कुटपिट गरिएको, संचारगृहहरुमा आगो लगाई क्षतिपुर्याईको उल्लेख गर्दै मृतक पत्रकार रजकको हत्यारा र संचारगृहमा आक्रमण गर्ने दोषीलाई तत्काल कार्वाही गर्न माग राखिएको छ ।
सुचना र संचारमार्फत लोकतन्त्र गणतन्त्रको प्रत्याभुति दिलाउन अहोरात्र खटिएका संचारकर्मी अशुरक्षित रहेकाले शुरक्षाको ग्यारेण्टी गर्न समेत सरकारलाई ध्यानकर्षण गराईएको छ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाका तर्फबाट शाखा अध्यक्ष कृष्णराज शाक्य, प्रेस युनियनका सभापति दीपेन्द्र शाक्य, प्रेस चौतारीका अध्यक्ष जनक चापागाईं, प्रेस सेण्टरका अध्यक्ष अनिष बिष्ट सहित जिल्लाका दर्जन बढि संचारकर्मीहरुको उपस्थीति रहेको थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दिब्यराज पोख्रेलले पत्रकार र संचार गृहमाथीको आक्रमण निन्दनीय रहेको बताउँदै पत्रकार महासंघ लगायत संचार सम्वद्ध संस्थाहरुबाट प्राप्त ध्यानाकर्षण पत्र आजै नेपाल सरकार समक्ष पुर्याउने प्रतिवद्धता जनाएका थिए ।
