मतदाता बिच श्रेष्ठकाे चर्चा - साझाकुरा
शनिबार, फाल्गुन ९, २०८२

मतदाता बिच श्रेष्ठकाे चर्चा


editor@sajhakura February 20, 2026

संखुवासभामा बिकासप्रेमी यूवा नेता दीपन कुमार श्रेष्ठ अहिले चर्चाको शिखरमा
संखुवासभाको बिकासमा अहोरात्र खटिरहने दीपन कुमार श्रेष्ठ यतिवेला संखुवासभामा चर्चाको शिखरमा छन् । ग्रामीण बिकासमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका दीपन कुमार श्रेष्ठ जिल्लाको सबै भुगोल संग परिचित नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुन् । हरेक क्षेत्रको सम्भावना र चुनौतिहरुलाई नजिकबाट बुझेका श्रेष्ठको परिपक्क राजनितिक अनुभव र निश्कलंङ्क छवीले जिल्लाको समग्र बिकासको चाहना पुरा हुने आसा पलाएको छ ।
सुखमा होस या दुखमा आफ्नो राजनितिक कर्ममा निरन्तर लागिरहेका श्रेष्ठ नेपाली काँग्रेसको राजनितिमा सानै उमेरदेखि होमिएका ईमान्दार नेता हुन । जिल्लाको समसामयीक राजनिति मात्र नभएर ईमान्दार समाजसेवी समेत हुन् । जिल्लाको समग्र बिषयमा जानकार श्रेष्ठले जिल्लामा भएका हरेक राजनितिक परिघटनाहरुमा अग्रणी भुमिका निर्वाह गर्दैआएका छन् । २०५२ सालको द्धन्दकालिन राजनितिक बिद्रोह होस या २०६२÷०६३ को बृहत जनआन्दोलन नै किननहोस दुवै बिषम परिस्थीतिमा जिल्लाको जिम्मेवार राजनितिज्ञका रुपमा आफुलाई उभ्याएका थिए ।
२०६२÷०६३ को निरन्कुश राजतन्त्रका बिरुद्धमा आवाज उठाउँदा श्रेष्ठले पटक पटक राजनितिक बन्दीका रुपमा हिरासतको जिवन समेत बिताउनु परेको थियो । हालसम्म कुनै दाग नलागेका स्वच्छ छबिका उनले जेन्जी आन्दोलनले उठाएका मागहरु अव आउने नेतृत्वले सम्बोधन गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् । राजनितिक रुपले मात्रै नभएर श्रेष्ठले आफुलाई समाजसेवीका रुपमा समेत स्थापीत गर्दैआएका छन् । गाउँबस्तीका हरेक दुःख सुखमा अग्रसरता देखाएका उनै श्रेष्ठ यतिवेला नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेपछि यतिवेला काँग्रेस कार्यकर्तामात्र नभएर अन्य राजनितिक दलका युवाहरुमा समेत खुशियाली छाएको छ । शिक्षा,स्वास्थ्यमा सहज पहुँच, कृषी, जलश्रोत तथा पर्यटन पुर्वाधार, र रोजगारीको अवसर श्रृजना गरि युवाहरुलाई स्वदेशमै बस्ने वातावरण निर्माण नै श्रेष्ठको मुल चुनावी एजेण्डा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *