द्वन्दग्रस्त इजरायलमा फसेका नेपाली नागरिक नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति त्यसतर्फ प्रस्ताजाने भएको छ।
बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ पठाईने तैयारी गरिएको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले उल्लेख गरेको छ। सचिवालयका अनुसार दुबईमा ट्रान्जिट गरी इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ प्रस्थान गर्ने सेड्युअल छ । घर फर्किन चाहने ३ सय ५० बढी नेपालीहरू तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा बसेका छन्।
प्यालेस्टाइनको इस्लामिक समूह हमासको आक्रमणबाट १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ भने केहि सम्पर्क बिहिन भएका छन् । त्यसैगरि केहि उपचारको क्रममा रहेका छन् भने केहि शुरक्षित शहरमा रहेकाले उनिहरु फर्कने नफर्कने दोधारमा रहेको मन्त्रालयको भनाई छ ।
हराईरहेका नेपालीहरुको खोजिका लागि दूतावासले ईजरायली सरकारसंग बारम्बार पहल गरिरहेको जनाईएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार ईजरायलमा ४ हजार ५ सय नेपाली केयरगिभर र २६५ जना अध्ययनका लागि ईजरायलमा गएकाले अहिले ईजरायलमा ४ हजार ७ सय ६५ जना नेपाली रहेका छन् ।