संखुवासभा चैत्र २२
कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल संखुवासभामा सीटी स्क्यान मेसिन खरिद प्रक्रिया रोक्न निर्देशन दिएकाे भन्दै संखुवासभामा काेशी प्रदेसका स्वास्थ्य मन्त्रि राईप्रति जन आक्राेस बढ्दै गएकाे छ ।
काेशी प्रदेश सरकारले सिटिस्क्यान मेसिन खरिदका लागि यो वर्ष ७ करोड रुपैयाँ बिनियाेजन गरेकाे थियो।
जिल्ला अस्पताल संखुवासभामा संखुवासभासहित भोजपुर, धनकुटा र तेह्रथुमसम्मका बिरामीकाे घुईंचाे लाग्ने गरेकाे छ ।
संखुवासभामा सिटिस्क्यान मेशिन नहुँदा सामान्य दुर्घटना भएका बिरामी समेत सीटी स्क्यान गराउन धेरै रकम खर्चेर सुविधा सम्पन्न अस्पतालमा पठाउनु पर्ने बाध्यात्मक अवस्था छ।
मेसिन खरिद कार्यक्रम कार्यन्वयन नगर्ने मन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालयले पत्र मार्फत जानकारी गराएको संखुवासभा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए। उनले आवश्यकताकाे महशुस गरि रेडबुकमा समाविष्ट याेजनाहरु बिचैमा काटीँदा राताे कितावकाे अवमुल्यन भएकाे प्रतिकृया दिँदै तत्काल निर्णय सच्याउन माग गरेका छन् ।
सिटिस्क्यान मेसिन खरिद प्रकृया राेकिएकाे भन्दै संखुवासभाका राजनितिक दल र नागरिक समाजले बिज्ञप्ति मार्फत बिराेध जनाउँदै आएका छन् ।