अध्यक्षमा बोगटी सर्बसम्मत - साझाकुरा
बिहिबार, फाल्गुन २१, २०८२

अध्यक्षमा बोगटी सर्बसम्मत


editor@sajhakura June 21, 2025

संखुवासभा असार ६
अखिल नेपाल सरकारी अस्थाई, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो जिल्ला अधिवेशन संखुवासभाको खाँदबारीमा आज सम्पन्न भएको छ । अधिवेशनले एसन बोगटिको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मिना पोख्रेल, सुजन श्रेष्ठ र देवेन्द्र अधिकारी चयन भएका छन् ।
अधिवेशनले सचिवमा बिलाश घिमिरे, सहसचिवमा मनिश गौतम, कोषाध्यक्षमा टंक राईर सहकोषाध्यक्षमा बिष्णु खड्का कार्कीलाई सर्बसम्मत रुपले चयन गरेको उपाध्यक्ष मिना पोख्रेलले जानकारी दिईन ।
यसैगरि समितिको सल्लाहकारमा भक्त बहादुर घिमिरे, अम्मरलाल भट्टराई र राजेन्द्र अधिकारी सर्बसम्मत रुपमा चयन भएका छन् ।
अखिल नेपाल सरकारी अस्थाई, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले सरकारी सेवामा अस्थाई करार र ज्यालादारी कर्मचारीको हक हितका लागि आवाज उठाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *