माघ १८,
तस्बिरः एजेन्सी
अमेरिकाको वासिंङ्टन डिसिमा हिजो भएको विमान र सैन्य हेलिकप्टर दुर्घटनामा परेका ६७ जनाकै मृत्यु भएको पुष्टि भएको छ ।
वाशिङ्टन डीसी स्थीत विमानस्थलमा अवतरण हुन लागेका यात्रुवाहक विमान र सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग एक आपसमा ठोक्किँदा दुवै बिमानहरु पोटोम्याक नदीमा खस्न पुगेको थियो ।
दुर्घटनामा विमानमा रहेका ६४ जना र हेलिकोप्टरमा रहेका तीन जना गरि ६७ जनाकै निधन भएको समाचार संस्था एपीले जनाएको छ ।
अमेरिकामा सन् २००१ पछिकै भएको यो सबैभन्दा ठुलो हवाई दुर्घटना मानिएको छ । सन् २००१ नोभेम्बर २१ मा अमेरिकी एअरलाइन्सको विमान न्यूयोर्कको बेले हार्बरमा आवासीय क्षेत्रमा खस्दा दुई सय ६० जनाले ज्यान गुमाएका थिए ।
एनटीएसबीका अधिकारीले दुर्घटनाबारे प्रारम्भिक रिपोर्ट एक महिनामा भित्रमा आउने बताएका छन् । दुर्घटनाको कारण सम्वन्धमा बिस्तृत अध्ययन भैरहेको जनाईएको छ ।