अर्बूदको २४ औं जिल्ला सभा सम्पन्न - साझाकुरा
मङ्लबार, फाल्गुन १९, २०८२

अर्बूदको २४ औं जिल्ला सभा सम्पन्न


editor@sajhakura December 15, 2025

संखुवासभा मंशिर २९

नेपाल अर्बूद रोग निवारण संस्था संखुवासभाको २४ औं जिल्ला सभा आज खाँदबारीमा सम्पन्न भएको छ ।
कृष्णराज शाक्यको सभापतित्व तथा समाजसेवी युवा नेता दीपन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला सभामा समाजसेवी रमोद श्रेष्ठ, नेपाल मानव अधिकार तथा शान्ति समाज संखुवासभाका अध्यक्ष लोकदर्शन शाक्य, फोटो पत्रकार महासंघका जिल्ला अध्यक्ष सुजन बज्राचार्य, खाँदबारी नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ बिशिष्ठ अतिथीका रुपमा रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख आतिथी दीपन कुमार श्रेष्ठले क्यान्सर रोग प्राणघातक रोगका रुपमा फैलँदै गएको र यसबाट बच्ने उपायका बारेमा आवश्यक जनचेतना नहुँदा धेरैले अकालमै ज्यान गुमाउनु परिरहेको प्रशंग उल्लेख गर्नूभएको थियो ।

कार्यक्रममा बिशिष्ठ अतिथी समाजसेवी रमोद श्रेष्ठले समयमा क्यान्सर रोगको परिक्षण नहुँदा लाखौं करोडौं रुपैयाँ उपचारमा खर्च गर्नूपर्ने परिस्थीति आईरहेकाले नियमित स्वास्थ्य परिक्षण र समुदायस्तर सम्मै सचेतना बढाउनु आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
कार्यक्रममा खाँदबारी नगरपालिका वडा नं. १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठले सुर्तिजन्य पदार्थको बिक्रि बितरण र प्रयोगको अवस्थामा ब्यापक कमि ल्याउन वडाले बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्दैआएको बताउनु भएको थियो ।
नेपाल अर्बूद रोग निवारण संस्थाका सचिव सुरेन शाक्यले संचालन गर्नूभएको कार्यक्रमलाई समापन मन्तब्य राख्नुहुँदै जिल्ला सभापति कृष्णराज शाक्यले नेपालमा बार्षिक २२ हजार बढिमा क्यान्सर रोग देखापरिरहेको र बार्षिक ज्यान गुमाउनेको संख्या पनि १४ हजार बढि रहेको तथ्यांक प्रस्तुत गर्दै सुर्तिजन्य पदार्थको प्रयोग न्युनिकरणका लागि सरोकारवाला सबैले हातेमालो गर्न आवश्यक रहेको धारणा राख्नुभएको थियो ।

क्यान्सर रोग प्राणघातक रोगका रुपमा नरहे पनि समयमा परिक्षण र उपचारमा ढिलाई हुँदा धेरैले ज्यान गुमाउनु परिरहेकाले यसबाट सिंगो समुदायलाई जोगाउन समुदायस्तर सम्मै जनचेतना जगाउन स्थानीय सरकारले ठोस कदम चाल्न आवश्यक रहेको अध्यक्ष शाक्यको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *