‘आफ्नै जीवनी, आफ्नै लेखनी’ पुस्तक विमोचन - साझाकुरा
आइतवार, मंसिर २२, २०८२

‘आफ्नै जीवनी, आफ्नै लेखनी’ पुस्तक विमोचन


editor@sajhakura April 2, 2025

नवीन गुरुङ
चैत्र २०
खाँदबारीका स्थानीय तथा पूर्वकर्मचारी लोकमान मास्केको जीवनकथा ‘आफ्नै जीवनी आफ्नै लेखनी’ पुस्तक विमोचन भएको छ।
बुधबार संखुवासभाको सदरमुकाम खाँदबारीमा एक कार्यक्रमबिच जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकाकी उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्य, साहित्यकार ताराबहादुर बुढाथोकी र हिमालय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर पराजुलीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमख सुमन शाक्यले लामो समय सरकारी जागिरे जीवन बिताएका मास्केले खाँदबारीमा बिताएकाे बाल्यकाल, शिक्षा र जीवन भोगाइ आफ्नै मातृभूमिका कथाहरूलाई सिलसिलेवार रूपमा शब्दमा उनको बताए।
कार्यक्रममा साहित्यकारद्वय ताराबहादुर बुढाथोकी र भरत कुलुङले पुस्तकबारे चर्चा गरेका थिए। पुस्तक निकै आकर्षक र राम्रो, लेखनशैली सिलसिलेवार रहेको बताउँदै पठनयोग्य रहेको बताए। पुस्तक पढिरहँदा खाँदबारी र आसपासका क्षेत्रहरूको बारेमा जानकारी प्राप्त हुने उनीहरूको भनाइ थियो।
नेपाल विद्युत् प्राधिकरणमा उपनिर्देशक १२औँ तहबाट रिटायर्ड भएका मास्के स्थायी रूपमा ललितपुरमा बस्छन्।
थुप्रै सम्मानहरूबाट सम्मानित भइसकेका मास्केले पुस्तकमार्फत खाँदबारीको बारेमा विभिन्न तथ्यहरूसमेत उजागार गरेका छन्।

जागिरे जीवनको क्रममा विभिन्न ठाउँमा बसे पनि जीवनको उत्तरार्धमा बाल्यकाल बिताएको खाँदबारीमा नै आएर पुस्तक विमोचन गर्ने इच्छाअनुरूप कार्यक्रम गरेको लेखक मास्केले बताए। उनले आफ्नो इच्छा पूरा गर्नका लागि पुस्तक लेखेको बताउँदै लेखनको प्रेरणा श्रीमती शीला मास्केले दिएको बताए।

सहारा प्रिन्ट कनेक्सन डिल्लीबजार काठमाडौंले प्रकाशन गरेको पुस्तकभित्र ९ वटा अध्याय र अनुसूचीहरू राखिएको छ। पुस्तक ६४८ पृष्ठको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *