तुम्लिंङ्टारमा २१ दिन पछि बिमान अवतरण - साझाकुरा
बुधबार, फाल्गुन २७, २०८२

तुम्लिंङ्टारमा २१ दिन पछि बिमान अवतरण


editor@sajhakura February 19, 2025

तसवीरः मेघराज तामाङ्ग
संखुवासभा फागुन ७

खराव मौसमका कारण २१ दिन देखि उडान अवरुद्ध भएको तुम्लिङ्टार बिमानस्थलमा बुधबार हवाई उडान भएपछि यात्रुहरु लाभान्वित भएका छन् ।
मौसममा सुधार नआएपनि तुवाँलो केहि हटेकाले हवाई उडान सुचारु भएको हो ।
संखुवासभा जिल्लाकै एकमात्र बिमानस्थल तुम्लि«्टारमा तीन हप्ता बढि उडान नहुँदा बिरामी, ब्यवसायी र अन्य यात्रुहरु मारमा पर्दैआएका थिए । बुधबार मौसममा खासै सुधार नआएपनि बुद्ध एयरको ७२ सिटे जहाजले उडान भरेपछि यात्रुहरु लाभान्वीत भएका हुन् ।
गत माघ १४ गते देखि खराब मौसमका कारण बिमान उडान नहुँदा स्थानीय ब्यवसायीहरु समेत निराश बन्दै आएका थिए । लामो समय उडान अवरुद्ध हुँदा काउण्टर संचालन हुन सकिरहेको थिएन अव मौसमका क्रमिक सुधार भैदिए निरन्तर उडान सेवा दिन सकिने भएपनि मौसममा खासै सुधार नदेखिँदा अझै उडान अवरुद्ध हुने संभावना रहेको नागरिक उड्यान कार्यालयका प्रमुख नवराज दाहालको बताए । जहाज उडान अनुमतिका लागि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी आवश्यक हुन्छ आज चै पाँच किलोमिटर अलि बढि भिजिविलिटी भएकाले उडानको अनुमति दिईएको कार्याल्य प्रमुख दाहालको भनाई छ ।
तुम्लिङ्टार बिमानस्थलमा नियमित उडान नहुँदा ब्यापार ब्यवसाय समेत ठप्प भएको थियो भने आन्तरिक तथा बाह्य पर्यटकको राम्रै उपस्थीति हुनेगरेको तुम्लिङटार बिमानस्थल वरपरका होटल ब्यवसाय र फलफुल बिक्रेताहरु समेत चिन्तित बन्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *