नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न - साझाकुरा
मङ्लबार, माघ ७, २०८२

नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न


editor@sajhakura September 2, 2024

नेकपा (एमाले) जिल्ला कमिटी सङ्खुवासभाको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । एमाले जिल्ला अध्यक्ष खड्ग बहादुर राईको अध्यक्षतामा आईतबार सम्पन्न बैठकमा स्थाई समिती सदस्य तथा कोशी प्रदेश ईन्चार्ज शेरधन राई प्रमुख अतिथी रहनु भएको थियो ।

बैठकको उद्घाटन गर्दै प्रमुख अतिथी राईले पार्टीका कोही कार्यकर्ता जिम्मेवारी बिहिन नरहने बताउनु भयो ।
राईले यो बर्ष ‘पार्टी सुदृढिकरणको बर्ष’ रहेको बताउंदै सबै कार्यकर्तालाई बिधि निती पद्धती र नेतृत्वको लाईनमा रहन आग्रह गर्नुभयो । वहाँले पार्टी सदस्य र कार्यकर्ताहरुले गर्न हुने र नहुने कामबारे जानकारी गराउंदै राष्ट्रिय सङ्कल्प र मिसनमा एकढिक्का भएर लागीपर्न आब्ह्वान गर्नुभयो । ‘पार्टी र नेतृत्वको कमजोरी भए हामिलाई भन्नुस अथवा बैठकमा राख्नुस तर चिया पसल र चौताराहरुमा नभन्नुस’ राईले भन्नुभयो । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका राईले आफुहरुले प्रदेशको गुरु योजना बनाएर छोडेको र सोही योजना अनुसार अहिले काम भईरहेको बताउनुभयो । आईतबार सम्पन्न
बैठकमा बिशिष्ठ अतिथी स्थाई कमीटी सदस्य एवं प्रचार तथा प्रकासन बिभाग प्रमुख राजेन्द्र गौतमले अपर अरुणमा जनताको स्वमित्व रहने बताउनु भएको छ । अपर अरुणमा ईच्छुक हरेक घरमा शेयर शुनिश्चितताको ग्यारेन्टी गर्दै वहाँले भन्नुभयो ‘पैसा नहुनेलाई श्रमदान मार्फत समेत शेयर कायम गर्ने ब्यबस्था लागु हुनेछ ।’
सङ्खुवासभाका पुर्व प्रतिनिधिसभा सदस्य समेत रहनु भएका गौतमले एक अर्को प्रसंगमा किमाथांका जोड्ने सडकको काममा ढिलाई भएको भन्दै ४८ प्रतिशत कम लागतमा ठेक्का लाग्नु बिडम्वना भएको बताउनुभयो । योगमाया बिश्वबिद्यालयको केन्द्रीय कार्यालय खाँदबारीमा रहने र काम सुरु भईसकेको पनी वहाँले बताउनुभयो । चुनाव अघि होस् वा पछी बिकासको काममा एमाले जनताको साथमा रहेको गौतमको भनाई थियो ।
तेस्रो पुर्ण बैठकको अबसरमा नेकपा समाजवादीका जिल्ला सचिवालय सदस्य लक्ष्मी दाहाल अधिकारी र छेरुक मुनाल भोटे नेकपा एमालेमा प्रबेश गर्नुभएको छ । अधिकारी समजबादी निकट अनेमसंघकी केद्रीय सदस्य तथा जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो । बैठकमा जनसंगठन र बिभगको जिम्मेवारी बाँडफांड र पालिका कमिटीहरुको प्रतिबेदन प्रस्तुत गरीएको कार्यालय सचिव झलक बुढाथोकीले बताउनुभयो । सुर्य बहनदुर दाहालको अध्यक्षतामा सल्लाहकार परिषद र यदुनाथ नेपालको अध्यक्षतामा ज्येष्ठ कम्युनिष्ठ मञ्च समेत गठन गरीएको छ । कार्यक्रममा प्रदेश कमिटीमा मनोनीत नयाँ सदस्यहरुलाई रुद्राक्ष माला र अबिरले लगाएर बधाई तथा शुभकामना प्रदान गरीएको छ । कार्यक्रम जिल्ला सचिव गोपाल श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *