पेशागत संकटमा कुमाल समुदाय (भिडियो सहित) - साझाकुरा
बुधबार, अशोज ८, २०८२

पेशागत संकटमा कुमाल समुदाय (भिडियो सहित)


editor@sajhakura June 29, 2025

संखुवासभाको तुम्लिङ्गटारमा कुमाल जातिको उल्लेख्य बसोबास रहेको छ । माटोको भाँडो बनाएर सदियौं देखि आफ्नो जिबिकोपार्जन गर्दैआएका कुमालसमुदायको यो पेशा अहिलेको आधुनीक सामग्रीको प्रयोगका कारण संकटमा पर्दैआएको वडा सदस्य टिकाराम कुमाल बताउँछन् । माटोबाट बिभिन्न घरायसी प्रयोगमा आउने सामग्रीहरु हाँडि, घ्याम्पे, ठेकी, खुत्रुके, फुलदानी, गमला, दीयो लगायत बिभिन्न सरसजावटका सामग्रीहरु उत्पादन गर्दैआएका थिए ।
अहिले बजारमा सहज र सस्तो मुल्यमा पाईने प्लाष्टिका घरायसी सामग्रीहरुले उनिहरुले परम्परागत रुपमा तैयार गर्दैआएका सामग्रीहरुलाई बिस्थापित गर्न थालेपछि अहिले उनिहरुको पेशा संकट पर्दैगएको घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाका प्रमुख प्रेमचन्द्र राई वताउँछन् ।
माटोको भाँडोहरु तैयार गरेर जिवीकोपार्जन गरिरहेका तिनै कुमाल समुदायको पेशालाई संकटबाट मुक्त गर्न अहिले घरेलु तथा साना उद्योग कार्यालयले दुख्खले पेशालाई निरन्तरता दिँदै आएका खाँदबारी ९ का शुक्रबहादुर कुमाललाई आधुनिक मेशिन अनुदानमा उपलब्ध गराएको छ ।
मेशीन प्राप्त गरेपछि संकटमा पर्दैगएको आफ्नो पेशाप्रति थप हौसला थपिएको कुमालले बताए । कुमाल समुदायको यो पेशालाई आधुनिकिकरण गर्दैलैजाने योजना अनुरुप हाललाई करिव २ लाखको आधुनीक प्रबिधीको मेशिन उपलब्ध गराईएको कार्यालय प्रमुख प्रेमचन्द्र राईले जानकारी दिए ।
वातावरणीय र मानव स्वास्थ्यको हिसावले पनि कुमाल समुदायले उत्पादन गरेका घरायसी सामग्रीहरु अत्यन्तै लाभदायक रहेकाले सबैले प्रयोग गर्ने वातावरण तैयार गर्नसके कुमाल समुदायको यो पेशालाई संकछबाट जोगाउन सकिने खाँदबारी ९ का वडाध्यक्ष बिमलराज गौतमको भनाई छ ।
(भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *